ट्रेंडिंग:

>> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु

शुद्धोधनमा पोषिलो खाना प्रदर्शनी मेला

२७ फाल्गुन २०८१, मंगलवार
२७ फाल्गुन २०८१, मंगलवार

कपिलवस्तु, २७ फागुन ।

कपिलवस्तु जिल्लाको शुद्धोधन गाउँपालिकाको लबनीमा पोषणको अवस्थामा सुधार ल्याउन खाद्य प्रणालीको पोषिलो खाना प्रदर्शनी मेला २०८१ आयोजना गरिएको छ । डब्लुएचएच, फरवार्ड नेपाल तथा कालिका स्वाबलम्बन सामाजिक केन्द्रले सञ्चालन गरेको सुधारीएको खाद्य प्रणाली कार्यक्रमको सहयोगमा शुद्धोधन गाउँपालिकाको कार्यालयले मेला आयोजना गरेको हो ।

२२ वटा स्थानीय पोषण सुधारका सचेतनामुलक सामग्री सहितको स्टल राखिएको मेलामा जनकल्याण युवा क्लब, शुद्धोधन किशोर किशोरी सञ्जाल र शुद्धोधन युवा क्लवले सहआयोजकको भूमिका निर्वाह गरेका थिए ।स्टलहरूमा स्थानीय खानाका परिकार, पोषणमा सुधार ल्याउने पोषण बगैंचामा उत्पादन गर्न सकिने तरकारी र फलफुल, जियो कृषि डिजिटल कृषि तथा पशु परामर्श सेवा, दुग्ध जन्य उत्पादन, स्थानीय कृषि उत्पादन र स्वास्थ्य सेवा सामाग्रीको प्रदर्शनी गरिएको थियो । स्थानिय परिकार तर्फ कालानमक चामलको खिर, सातु भेली, रामदानाको लड्डु, गुलगुला, फारा, ढिकरी, कर्कलोको पकौडा (रिकोच), कोदोको सेलरोटी, जैविक बिषादी बनाउने उपाय, माछा र कुखुरा पालन बारेको प्रदर्शनी र सचेतना प्रवाह गरिएको थियो ।

स्थानीय सामग्रीको उत्पादन र उपभोग गरि पोषणको अवस्थामा सुधार ल्याउन सहयोग पु¥याउने उद्देश्यले मेला आयोजना गरिएको डब्लु एचएच कालिका तर्फबाट सुधारीएको खाद्य प्रणाली कार्यक्रमकी संयोजक कमला सापकोटाले जानकारी दिईन । आफ्नै उत्पादन, आफ्नै परिकार भन्ने नारालाई प्रबद्र्धन गरि आफ्नै श्रोत साधनमै पोषणको अवस्था सुधार्न सकिने बिषयमा सचेतना प्रवाहमा मेला सहयोगी हुने उनको भनाई थियो ।

सरसफाई र पोषणमा ध्यान दिन सके स्वास्थ्यका धेरै समस्या समाधान हुने भएकाले समुदायमा सचेतना आवश्यक रहेको लुम्बिनी प्रदेशसभा सदस्य मुधुसुदनशरण चौधरीले बताए । जैविक मलको प्रयोग गरि बिषादीरहित उत्पादनमा ध्यान दिन आवश्यक रहेको जिल्ला समन्वय समिति प्रमुख बाबुराम आचार्यको भनाई थियो । खानपानमा सुधार गर्न सकिए पोषणको अवस्थामा समेत सुधार आउने शुद्धोधन गाउँपालिकाका प्रमुख कमलेशशरण चौधरीले बताए । कार्यक्रममा युवा क्लबका सदस्यहरूले सडकनाटक सहितका सचेतनामुलक कार्यक्रम प्रदर्शन गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?