© २०२३
बुटवल, २७ फागुन ।
सामाजीक क्षेत्रमा सक्रिय लायन्स क्लब अफ बुटवल स्टार्सले कपिलवस्तुको बाणगंगा नगरपालिका २ मा रहेको पिपरा अस्पताललाई थाइराइड रोग पहिचान गर्ने अत्याधुनिक मेसिन हस्तान्तरण गरेको छ ।
स्वास्थ्य सेवाको स्तरोन्नति गर्दै समुदायलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सोमबार एक कार्यक्रमका बीच ‘सेमिल्युमिनेसेन्स एनलाईजर’ मेसिन २५ लाख बराबरको हस्तान्तरण गरेको लायन्स क्लब अफ बुटवल स्टार्सका अध्यक्ष भुपेन्द्र अर्यालले बताए । उपकरण हस्तान्तरण कार्यक्रममा बोल्दै बाणगंगा नगरपालिकाका नगर प्रमुख चक्रपाणी अर्यालले अब थाइराइड सम्बन्धी समस्याहरूको पहिचान गर्न निजी अस्पताल र बुटवल धाउनुपर्ने बाध्यताको अन्त्य हुने विश्वास व्यक्त गरे ।
अब स्थानीय स्तरमै थाईराईडको पहिचानसंगै उपचार गर्न सहज हुने उनले बताए । उनले पिपरा अस्पताल नगरकै गौरब भएकाले यस अस्पतालमा सेवा सुविधा वृद्धि गर्न नगर निरन्तर रुपमा लागेको नगरप्रमुख अर्यालले बताए । उनले अझै पनि स्थानीय सरकारले ठोस रुपमा कार्य गर्न नसकेको अवस्थामा सामाजिक क्रियाशिल क्लबहरुले गरेका योगदान महत्वपूर्ण रहेको बताए ।
क्लबहरुको साथ र सहयोगको अपेक्षा गरेको धारणा राखेका थिए । कार्यक्रममा बोल्दै लायन्स इन्टरनेशनल ३२५ पि का गर्भनर पुरुषोत्तमभक्त प्रधानाङ्खले स्टार्सले सामाजिक क्षेत्रमा महत्वपूर्ण कार्यक्रम गर्दै आएको उच्च मुल्यांकन गरेको बताए । थाइराइड ग्रन्थी सम्बन्धी हाइपोथाइराइडिज्म र हाइपरथाइराइडिज्म जस्ता रोगको समयमै पहिचान हुन नसक्दा भविष्यमा गम्भीर स्वास्थ्य समस्या निम्त्याउने भएकाले यो मेसिन बिरामीहरूका लागि महत्वपूर्ण सावित हुने उनको विश्वास छ ।
अस्पतालका मे.सु डा.सरस्वती भट्टराईले यो नयाँ उपकरणको उपलब्धताले अब यस क्षेत्रका बिरामीहरूलाई टाढा जानु नपर्ने र पिपरा अस्पतालमै गुणस्तरीय सेवा उपलब्ध गराउन सहज हुने भन्दै खुशी व्यक्त गरिन् ।
‘सेमिल्युमिनेसेन्स एनलाईजर (क्लिया मेसिन) चाइनाबाट ल्याइएको उपकरणले विश्व स्तरका ए ग्रेडका ल्याबहरुमा प्रयोग हुदै आएको १ घन्टा ८० स्याम्पल टेष्ट गर्ने सकिने सयोजक मानबहादुर श्रेष्ठले जानकारी दिए ।
नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलले अब केही दिनमै मेसिन सेट गरेपछि थाइराईड सम्बन्धी सेवा पिपरा अस्पतालबाटै हुने जानकारी दिए ।
त्यस्तै कार्यक्रमा फस्ट भिडिजि बालाराम भट्टराई, सेकेन्ड भिडिजि सन्दीप कसौधन , नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनी, डिष्ट्रिक चिफ सुरेन्द्र घिमिरे , जोन चेरपर्सनद्वय एन्जिल खान र राम सौभाग्य थारु, लायन्स क्लब अफ कपिलबस्तु दिदिबहिनीका अध्यक्ष भगवति देवि भुसाल, लायन्स क्लब अफ कपिलबस्तुका अध्यक्ष नवदत्त घिमिरे, लायन्सका पदाधिकारी, यस क्षेत्रका जनप्रतिनिधि, कर्मचारीहरुको सहभागिता रहेको थियो ।