Butwal Today

रुसी सेनामा कार्यरत रोल्पाका पूर्व वडाध्यक्षको युक्रेनी ड्रोन आक्रमणमा मृत्यु

२७ फाल्गुन २०८१, मंगलवार
अ+
अ-

रोल्पा ।

पूर्वी रोल्पाको सुनछहरी गाउँपालिका-५, जैमा कसलाका ४४ वर्षीय तिर्खबहादुर बुढाथोकीको रूसमा निधन भएको छ। अवैध रूपमा रुसी सेनामा भर्ना भएर रूस पुगेका बुढाथोकीलाई युक्रेनी सेनाको ड्रोन आक्रमणले प्रहार गरेको थियो। उक्त आक्रमणमा परेर उनी गत फागुन २४ गते ज्यान गुमाए।

बुढाथोकी २०८० असोजमा अवैध रूपमा रूस पुगेका थिए र डेढ वर्षदेखि रुसी सेनामा कार्यरत थिए। उनका परिवारमा श्रीमती, एक छोरी र एक छोरा छन्। बुढाथोकीको मृत्युको खबरपछि परिवारले धार्मिक परम्परा अनुसार कुशको शव बनाएर अन्तिम संस्कार गरेका छन्।

बुढाथोकी २०७४ सालको स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट वडाध्यक्षको रूपमा निर्वाचित भएका थिए र २०७९ सालमा पुनः उम्मेदवार बने पनि पराजित भएपछि रूस जानुभएको थियो।