© २०२३
दाङ,२६ फागुन ।
दाङमा लागू औषधसहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रुकुम (पूर्वी भाग) भुमे गाउँपालिका वडा नम्बर २ खवाङ बस्ने ४४ वर्षका फर्क बहादुर घर्ती, सोही ठाउँका अन्दाजी ५३ वर्षका रूपधन घर्ती र ६४ वर्षका जुनबहादुर पुन रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
लागू औषध ब्युरो शाखा कार्यालय नेपालगञ्ज बाँके तथा जिल्ला प्रहरी कार्यालय दाङबाट प्रहरी निरीक्षक कविराज रोकायको कमाण्डमा खटेको संयुक्त प्रहरी टोलीले बाटोमा हिँडिरहेको अवस्थामा उनीहरुलाइ पक्राउ गरेको सूचना अधिकारी शाहले जानकारी दिए ।
प्रहरीले उनीहरूको साथबाट २९ किलो ६ सय ९५ ग्राम लागू औषध चरेश बरामद गरेको छ । पक्राउ परेका तीनैजनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।