© २०२३
लुम्बिनी ।
पत्रकार सम्मेलन गर्दै रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नम्बर ११ मोगलहा चौकमा हिन्दु, मुस्लिम, बौद्ध समुदायको दाईजो मुक्त सामूहिक विवाह समारोह तथा लुम्बिनी सााँस्कृतिक महोत्सव हुने भएको छ ।
हिन्दु, मुस्लिम, बौद्ध समुदायको दाईजो मुक्त सामूहिक विवाह गर्नुको उद्देश्य दाईजो प्रथाका कारण समाजमा अन्य थुप्रै सामाजिक कुरितीहरू निम्तिएकाले यसको अन्त्य गर्नु रहेको छ ।
कुरितिलाई रोक्न दाइजो मुक्त सामूहिक विवाह समारोह आयोजना गरिएको कार्यक्रमका संयोजक अब्दुल कासिम खानले बताए । यस दाइजो मुक्त सामूहिक विवाह समारोहमा १० जना जोडीको सामूहिक विवाह गर्ने खानले बताए ।
कार्यक्रम गर्नका लागि करिब २० देखि २५ लाख खर्च लाग्ने आयोजकले जानकारी गराए । यसको आर्थिक सहयोग गर्ने लुम्बिनी विकास कोष, लुम्बिनी साँस्कृतिक नगरपालिका र वडाहरुले संस्थाले सहयोग गर्ने नव युवा क्लबका अध्यक्ष अहमद खानले जानकारी गराए ।