Butwal Today

औद्योगिक क्षेत्रको समस्याबारे जिससको ध्यानाकर्षण

२७ फाल्गुन २०८१, मंगलवार
अ+
अ-

नवलपरासी, २७ फागुन ।
जिल्ला स्थित औद्योगिक क्षेत्रका समस्यालाई उद्योग बाणिज्य संघका प्रतिनिधिहरूले समस्या समाधानका लागि आवश्यक पहल गर्न जिल्ला समन्वय समिति (जिसस)को ध्यानाकर्षण गराएको छन् ।औद्योगिक क्षेत्रको समस्याहरूबारे अध्ययन र जानकारी लिईने शुरक्षित औद्योगिक वातावरण बनाउन अभियान चलाउदै आएका संघका उद्योग उपाध्यक्ष गिरीराज पाण्डे र बाणिज्य उपाध्यक्ष राजेश कुमार गुप्तले जिसस प्रमुख भगौती प्रसाद यादवलाई जानकारी गराउदै ध्यानाकर्षण गराएका हुन् ।

औद्योगिक क्षेत्रको विभिन्न समस्या मध्ये अहिले प्रमुख तिन वटा समस्या पहिलो प्राथमिकतामा राखेर समाधानका लागि पहल गर्न उपाध्यक्षद्वय पाण्डे र गुप्ताले गराएका थिए । प्रमुख तिन समस्यामा विद्युतको अनियमित कटौती,पर्यटन मार्ग अग्लो हुदा औद्योगिक क्षेत्र डुबानमा पर्ने हुदा जलनिकासको उचित ब्यवस्थापन र औद्योगिक क्षेत्रमा काम गर्ने स्थानिय महिला तथा मजदुरहरूको सुरक्षार्थ शुरक्षार्थ प्रहरी विटको स्थापना रहेको उपाध्यक्षद्वयले समन्वय प्रमुखलाई जानकारी गराएका थिए ।

पर्यटन मार्गले औद्योगिक क्षेत्र डुबानमा पर्ने निश्चित प्राय छ, उद्योग उपाध्यक्ष पाण्डेले भने, सडकको नाली अग्लो बन्दा यस्तो समस्या देखिएको छ,तर अब बैकल्पिक जलनिकासका लागि ढल निकासका लागि पहल गरिदिन पर्यो । ति कार्यमा उद्योगहरू पनि सहकार्र्य गर्न तत्पर छन् । त्यसै गरि विद्युत कटौतीका समस्याबारे पुर्व सुचना गराएर मात्र विद्युत कटौती गर्नु पर्ने उद्योगको आसय रहेको जानकारी गराईएको थियो ।

पूर्व जानकारी गराएर विद्युत कटौती भयो भन्ने उद्योगको क्षति कम हुने भनाई उनको थियो । त्यसै गरि प्रहरी विटका लागि पनि जिल्ला शुरक्षा समितिसँग पहल गरिदिनका लागि जिसस प्रमुख यादवसँग आग्रह गरेका थिए । जिल्लामा एक खर्ब बढीको औद्योगिक क्षेत्रको लगानी छ । यसले अर्बौ रुपिया राजश्व बुझाउदै आएको छ । हजारौ युवा युवतीलाई रोजगारी प्रदान गरेको छ । यसले जिल्लाको पहिचान पनि बनाएको छ ।

जिल्लास्तरबाट पहल गरेर औद्योगिक क्षेत्रको ब्यवस्थापन गर्न सकियो भने आर्थिक चलायमानमा पनि योगदान रहने उपाध्यक्षद्वय पाण्डे र गुप्ताको दाबी रहेको थियो । बरु समन्वय गरेर ती उद्योगसँग सामाजिक उत्तरदायित्व भनेर खर्चिने केही आर्थिक स्रोतहरूलाई समेत जिल्लाको सामाजिक क्षेत्रको विकासमा योगदान पुग्ने थियो । जिल्ला अहिले औद्योगिक हब पनि बन्दै गएको छ, बाणिज्य उपाध्यक्ष गुप्ताले भने, औद्योगिक क्षेत्रलाई चाहिने आवश्यक कच्चा पदार्थको आपूर्ति महेशपुर भन्सार भएर गराउन सकियो भन्ने महेशपुर भन्सारलाई पनि लक्ष्य अनुसारको राजश्व संकलनमा योगदान पुग्ने र उद्योगी ब्यवासायीलाई पनि भैरहवा भन्सारमा लामा लागेर भन्सार छुटाउने समस्याबाट पनि राहत मिल्ने उनले बताएका थिए । भन्सारमा समेत पुगेर औद्योगिक समस्या समाधानका लागि सुझाव लिइने र सरोकारवाला कार्यालयहरूसँग जिससले समन्वय गरिदिनका लागि पनि आग्रह गरेका थिए ।

पर्यटन मार्गको निर्माण गर्दा सडकको दुबै किनारमा बन्ने नाली जमिन सतह भन्दा माथि बनाइँदा सडकले औद्योगिक क्षेत्रलाई मात्रै नभई स्थानीय बस्ती  र बालीनाली हुने खेतलाई समेत डुबान हुने बताएका थिए । जमिन सतह भन्दा अग्लो नालीले रोस्लान भोड्का उद्योगका कर्मचारीले उद्योग परिसरका पानी अहिले नै पम्पिगँसेटले उक्त नालीमा फाल्न परेको देखाएका थिए । बर्षायामका पानीले त उद्योगलाई नै डुबाउने छ । यस्ले सडक अग्लो बनाउँदा सबै औद्योगिक क्षेत्र डुबानको चपेटामा पर्नेछ । डुबान सडकले हुँदै आएको छ । तर किसानको बाली डुब्दा उद्योगले क्षतिपूर्ति ब्यहोर्न परेको छ । औद्योगिक क्षेत्रको समस्याका लागि आफुले छिट्टै नै सरोकारवाला कार्यालयहरूसँग समन्वय गरि सार्वजनिक बहस चलाउने र निकास निकाल्ने जिसस प्रमुख यादवले आश्वासन दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?