© २०२३
दाङ,२७ फागुन ।
घोराही वजारलाई व्यवस्थित गर्न नागरिकले माग गरेका छन् । घोराही उपमहानगरपालिका उपभोक्ता हित संरक्षण शाखाको आयोजनामा बजार व्यवस्थापनका लागि सरोकारवालाहरुसंग अन्तर्कृया तथा अभिमुखिकरण कार्यक्रममा घोराहीका नागरिकले पार्किङ सहितको वजारलाई व्यवस्थित गर्नुपर्ने धारणा राखेका हुन् ।
ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख राजेश साहीले नेपालमा सबैभन्दा धेरै दुर्घटना हुने जिल्ला मध्ये दाङ ६ नम्बरमा पर्ने बताए । अव्यवस्थित वजार र पार्किङ नहुँदा सडक दुर्घटना बढेको बताएका हुन् । जवसम्म मानसिकतामा परिवर्तन आउदैन तबसम्म सडक ब्यबस्थापन हुन सक्दैन उनले भने, युवाहरुले मादकपदार्थ सेवन गरेर मोटरसाइकल चलाउने गर्दा दुर्घटना हुने गरेको छ ।
जिल्ला प्रशासन कार्यालय दाङका प्रशासकिय अधिकृत बिजय गौतमले बजार ब्यबस्थापन गर्नलाई सबैले जिम्मेवारी लियर काम गर्नुपर्ने बताए । नागरिकले आफू सूरक्षित हुने सामान्य तरिकालाई पालना गर्ने हो भने सबै सूरक्षित हुने बताए ।
घोराही उपमहानगरपालिकाका उपप्रमुख हुमा डिसीले वजार व्यस्थापन गर्नका लागि महिला नगर प्रहरी राख्ने तयारी रहेको बताइन् । नगरपालिकाभित्र नाङलो पसल गर्नेहरुले सडक दुर्घटना बढेका कारण महिलाहरुलाई तालिम दिएर तयारी गरेको उनले बताइन् । उनले सबै नागरिकले नगरले निर्माण गरेका नीतिलाई कार्यान्यन गरेमात्र घोराही समृद्धि बनाउन सकिने बताइन् ।
घोराहीका नगरप्रमुख नरुलाल चौधरीले नगर भित्र डोका ,डालामा व्यापार गर्नेलाइ व्यवस्थापन गर्नुपर्ने बताएका छन् । सागुरो सडकमा व्यापार गर्न बस्दा पैदल यात्रुलाई असहज हुने र दुर्घटना हुने सम्भावना बढेको बताए । शहर व्यबस्थित गर्नका लागि सबैले सहयोग गर्नुपर्ने बताए ।
घोराही –१४ का अध्यक्ष भानसिह बुढा, उपभोक्ता हित संरक्षण मंचका अध्यक्ष चिन्तामणि पौडेल, गल्ला ब्यावसाय समितिका अध्यक्ष बिनोद पाण्डे लगाएतले घोराहीको वजारलाई व्यवस्थित गर्न सबैले आ आफ्नो स्थानबाट सहयोग गर्नुपर्ने बताए । घोराही उपमहानगरपालिका उपभोक्ता हित संरक्षण शाखा प्रमुख मोहनसिंह सुनारले सबै ब्यवसायीले आफ्नो तर्फबाट सकारात्मक काम गर्नुपर्ने बताए । वजार व्यवस्थापन गर्न र गुणस्तरिय खाद्यान्नको लागि निरन्तर अनुगमन गरिरहेको बताए ।