ट्रेंडिंग:

>> गगन थापासँग सम्झाैता गर्न देउवापक्षीय नेताहरू लचक, विद्राेह नगर्ने र नयाँ पार्टी नखोल्ने पूर्णबहादुरको घोषणा >> यस्तो छ ६३ दलका ३ हजार २१३ जनाको समानुपातिक बन्दसूची (सूचीसहित) >> बुटवलमा ईरिक्सा थपसम्बन्धी निर्णयको विरोधमा आन्दोलन गर्ने >> यी हुन् एमालेले टिकट दिएका रुपन्देहीका उम्मेदवारहरु >> जनकपुरबाट भ्रमणमा आएको बस धरानमा दुर्घटना हुँदा ५ जनाको मृत्यु >> एमालेले सच्यायो निर्णय: विष्णु पौडेल रुपन्देहीबाटै चुनाब लड्ने >> पामिर एकेडेमीमा खेल महोत्सव सुरु >> एनसेलको सहयोगमा ‘क्रिएटर्‌स मेला’ तीन सहरमा आयोजना हुँदै >> उच्च अदालतले फेरि भन्यो– एन्फाको निर्वाचन प्रक्रिया तत्काल रोक्नू >> कांग्रेस विवाद सर्वोच्च अदालतमा >> भोलिदेखि निर्वाचन आचारसंहिता लागू गर्ने आयोगको निर्णय >> बालेन शाहले गरे रास्वपा वरिष्ठ नेताको पदभार ग्रहण >> मैले होइन, बर्दियाले मलाई छोड्यो: पूर्व सांसद गौतम >> काठमाडौँका मेयर बालेन शाहले दिए पदबाट राजीनामा >> प्रधानमन्त्रीले मन्त्री र निर्वाचन आयोग पदाधिकारीसँग छलफल गर्ने >> स्वास्थ्य बीमा बोर्डका निर्देशक डा. काफ्लेले दिए राजीनामा >> नेकपा छाडेर पूर्वमन्त्री रामेश्वर राय जसपा प्रवेश >> साफ पुरुष फुटसल: नेपाल र भारतबिच ३–३ गोलको बराबरी >> के मोबाइल, कम्प्युटर र टिभीको बढी प्रयोगले बालबालिकामा कम्मर दुख्ने समस्या बढ्छ ? >> निर्वाचन कार्यतालिका रोक्न माग गर्दै देउवा समूह आयोगमा >> बालेन शाहको राजीनामा किन भयो होल्ड ? >> कतारमा अमर र प्रीतिको धमाकेदार प्रस्तुतिसँगै भव्य रूपमा मनाइयो “माघ्या सकराटी” (फोटो फिचर)  >> सुनको भाउ सामान्य बढ्यो, चाँदी घट्यो >> रुपन्देही २ बाट नेकपाको उम्मेदवार विश्वदीप >> विष्णु पौडेललाई खुला पत्र: विरासतको सुरक्षा कि अवसरवादीको घेराबन्दी ? >> निर्वाचनमा मतदाताको दायित्व >> जोखिमबाट बच्न पूर्व तयारीमा ढिलाइ  >> डरभित्र सङ्घर्ष गर्दै कालीमाटी >> सांस्कृतिक घर र पोखरीले स्थानीय आत्मनिर्भर >> हिंसा र डकैतीको जालो तोड्दै प्रहरी >> यी हुन् एमालेका उम्मेदवार : को- कहाँ ? (सूचीसहित) >> रुपन्देहीमा एमालेबाट वासुदेव घिमिरे र खिमलाल भट्टराईले पाए टिकट, अरु टुंगो लाग्न बाँकी >> यी हुन् एमालेका लुम्बिनी प्रदेशमा निर्वाचन लड्ने उम्मेदवारहरु (सूचीसहित) >> एमाले उपाध्यक्ष विष्णु पौडेल पाल्पा–२ बाट उमेदवार बन्ने >> कांग्रेस केन्द्रीय कार्यसमिति बैठकको निर्णय: निष्क्रिय रहेका र छाडेकालाई पुन: पार्टीमा जोडिन आह्वान >> माघी पर्व एवं माघे सकरातीको ऐतिहासिक महत्व र नेपाली समाजको भविष्य >> गगनको पक्षमा खुल्न थाले देउवा पक्षका नेता, कँडेलले भने-पार्टीलाई एकढिक्का बनाएर अघि बढौं >> कांग्रेसको आधिकारिकताका लागि सर्वोच्च अदालत जाने देउवा समूहको निर्णय >> एमाले केन्द्रीय निर्वाचन कमिटि सदस्य खुमाकान्तले छाडे पार्टी >> कांग्रेसका पूर्व सांसद कनोडिया एमाले प्रवेश >> आगामी आर्थिक वर्षको बजेट निर्माण सुरुः स्रोत अनुमान समितिले थाल्यो काम >> उम्मेदवारी दर्ता देखि मतगणनासम्मको काम मुख्य निर्वाचन अधिकृतको कार्यालयले गर्ने >>  रामपुर, भुजात–गुरुङ गाउँको अपार माया बोकेर फर्किदा…… >> नलेखिएको एउटा बुद्धकालीन क्रान्तिको कथा >> छोराको सम्झनामा बनेको उद्यम >> २ प्रदेशका हिमाली क्षेत्रमा आज हल्का वर्षा र हिमपात, तराईमा हुस्सु >> गगनको घोषणाः कांग्रेसमा कुनै गुट छैन, गुटगत भागबण्डा हुनेछैन, एकताबद्ध बनाएर अघि बढौं >> यी तीन आधार टेकेर गगन पक्षलाई दियो निर्वाचन आयोगले आधिकारिकता >> राजनीतिक र कानुनी दुवै लडाइँ लड्छौं: देउवा पक्ष >> टुंगियो कांग्रेस आधिकारिकता विवाद, गगन थापा पक्षलाई आयोगको मान्यता

स्वच्छ खानेपानीको पहुँच कहिले ?

२७ फाल्गुन २०८१, मंगलवार
२७ फाल्गुन २०८१, मंगलवार

सरकारले ९० प्रतिशत नागरिकलाई खानेपानीको पहुँचमा पु¥याएको दाबी गर्दै आएको छ । विकसित देशमा खानेपानी पु¥याउनुमात्रै ठूलो कुरा मानिदैन, स्वच्छ खानेपानीको सुविधा कति नागरिकसम्म पुग्यो, त्यो महत्वपूर्ण मानिन्छ । नेपालमा स्वच्छ खानेपानीको कुरा धेरै टाढाको कुरा हो, खानेपानीकै पहुँच अहिलेसम्म सवै नागरिकसम्म पुगेको छैन । पछिल्लो तथ्यांक अनुसार नेपालमा अहिलेसम्म स्वच्छ खानेपानीको पहुँच २० प्रतिशत नागरिकले मात्र प्राप्त गर्दै आएका छन् । स्वच्छ खानेपानीको पहुँच विस्तारको कुरा उठिरहँदा वितरण प्रणालीमा देखिएको ढिलाईलाई पनि उत्तिकै सुधार गर्नु जरुरी छ । त्यसका साथै सरकारको मात्रै मुख ताकेर पनि नेपाली जनताले स्वच्छ खानेपानी पाउन सक्दैनन् भन्ने पुष्टी भैसकेको छ । त्यसका लागि सेवा विस्तार गर्न निजी लगानी आकर्षित गर्नुपर्ने विज्ञहरूको माग छ ।

नेपालको संविधान भाग ३ को मौलिक हक र कर्तव्य अन्तर्गत धारा ३५ को स्वास्थ्य सम्बन्धी हकको उपधारा ४ मा प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाईमा पहुँचको हक हुनेछ भन्ने व्यवस्था छ । यो व्यवस्था संविधान जारी भएको ९ बर्ष पूरा हुँदा पनि सेवा दिनेतिर अघि बढेको छैन् । असी प्रतिशत नागरिकलाई स्वच्छ पानी उपलब्ध गराउन वैकल्पिक उपायको खोजी गर्दै नीजि लगानी आकर्षित गरिनुपर्ने आवाज उठिरहेको छ । यही अवस्थामा सरकारले स्वच्छ खानेपानी उपलब्ध गराउन अझै बर्षौं लाग्ने देखिन्छ । त्यसकारण खानेपानीमा नीजि क्षेत्रको आकर्षण देखिनु स्वाभाविक हो । यद्यपि त्यो दायित्व सरकारको हो तर सरकार आफैले गर्न सक्दैन भने त्यसमा नीजि क्षेत्रलाई जोड्नु अवको आवश्यकता पनि हो ।

आम नेपालीलाई स्वच्छ पानीको पहुँच उपलब्ध गराउनेतर्फ सरकारको ध्यान जानु जरुरी छ । नेपालको संविधान, १५ औँ आवधिक योजना र दिगो विकास लक्ष्य प्राप्तिसम्बन्धी कार्यक्रमले तय गरेका लक्ष्यहरू निर्धारित समयमा हासिल गरी सबै नेपालीलाई स्वच्छ खानेपानी र सरसफाइको सेवा उपलब्ध गराउने सरकारी प्रयासलाई सघाउने गरी वैकल्पिक कार्यक्रमको आवश्यकता अवको अपरिहार्यता हो । अवको दिनमा स्वच्छ पानीको संरक्षण र व्यवस्थापन गर्न सबैको दायित्व उत्तिकै हुनुपर्नेमा दुईमत नहोला । ग्रामीण र सहरी क्षेत्रका पानीजन्य समस्या तथा जलस्रोतहरूको दिगो व्यवस्थापनका लागि सरोकारवालासँग अन्तरक्रिया गर्ने, पानीको व्यवस्थापन, विद्यमान नीतिहरूमा संशोधन तथा आवश्यक नीति निर्माणका लागि पहल गर्ने लगायतका कार्यक्रम गरेर पानीको पहुँच बढाउनेतर्फ अवको ध्यान जानु जरुरी छ । आगामी दिनमा जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्न, जल प्रदुषणलाई रोक्न र प्रदुषणले गर्दा खाद्य सुरक्षामा परेको असरबारे पनि सरोकारवालालाई सचेतना जगाउने कार्यक्रम गर्नु जरुरी छ । पानी जीवनसँग प्रत्यक्ष सम्बन्धित छ । पानीबिनाको जीवन कल्पना गर्न पनि सकिँदैन् ।

स्वच्छ र सुरक्षित खानेपानीको अभावमा बाँचेका नेपाली जनतालाई खानेपानी तथा सरसफाई सेवा पु¥याउने पवित्र उद्देश्य सरकारले लिएको छ । तर, बिडम्वना अझैपनि जनता सुरक्षित पानीको अभावमा बाँच्न बाध्य छन् । स्वच्छ खानेपानीको पहुँचमा सरकारले सवै नागरिकलाई अहिलेसम्म जोड्न सकेको छैन । चिन्ताको कुरा के हो भने देशबाट अहिलेपनि ६ हजारभन्दा बढी खोलानालाबाट प्रतिवर्ष २७० अर्ब क्युसेक पानी विदेशतिर बग्दै गएको छ तर जनतालाई दैनिक पिउने पानी वितरण गर्न सरकार अक्षम छ । अवको दिनमा देशमा विद्यमान साधन र स्रोतलाई सहीरूपमा परिचालन गरि नेपालको पानी नेपालमै सदुपयोग गर्नेतर्फ सवैको ध्यान जानु जरुरी छ । स्वच्छ पानीको पहुँच सधै नारामै मात्र सीमित हुने अवस्था अन्त्य होस् । सवै नागरिक स्वच्छ खानेपानीको पहुँचबाट बञ्चित हुने अवस्था नआओस् । त्यसका लागि सरकारले समयमै ध्यान दिनु जरुरी छ । जलश्रोतको धनी देशका नागरिक पानीकै लागि काकाकुल बन्नुपर्ने बाध्यता अन्त्यमा ध्यान जाओस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?