Butwal Today

झुटो समाचार प्रकाशन गरेको भन्दै समाचारप्रति ध्यानाकर्षण

२६ फाल्गुन २०८१, सोमबार
अ+
अ-

बुटवल, २६ फागुन ।

बुटवल टुडे डटकममा प्रकाशित समाचारको विषयलाई लिएर बुटवल–१६ निबासी गोविन्द गैरेको परिवारले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

बुटवल टुडे डट कमले फागुन २२ गते स्रोत नखुलेको रकम सहित एक व्यक्ति पक्राउ शीर्षकमा समाचार प्रकाशित गरेको र त्यसमा गोविन्द गैरेको नाम र तस्विर प्रयोग भएको भन्दै परिवारले आपत्ति जनाएका हुन् ।

उक्त घटनामा आफ्नो कुनै संलग्नता नरहेको भन्दै गैरे परिवारले प्रकाशित समाचार तथ्यहीन र कपोलकल्पित रहेकाले सच्याउन माग गरेका छन् । बुटवल टुडेको कार्यालयमा आएका उनीहरुले सत्य तथ्यमा आधारित रहेर समाचार सम्प्रषण गर्न समेत आग्रह गर्दै यसका लागि माफी माग्न समेत आग्रह गरेका छन् । बुटवल टुडे डट कमले प्रकाशित उक्त समाचार सामग्री भूल सुधार र क्षमायाचना सहित हटाइसकेको छ ।