ट्रेंडिंग:

>> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी >> एनपीएलमा लिग चरणको अन्तिम खेल आज : जनकपुर र कर्णाली भिड्दै >> गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु >> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता

पालिका अस्पताल सञ्चालनमा वेवास्ता

२६ फाल्गुन २०८१, सोमबार
२६ फाल्गुन २०८१, सोमबार

देशका अधिकांश पालिकामा सरकारले १५ शैयाको अस्पताल वनाउने गरेको घोषणा अनुरूप अहिले धेरै पालिकामा अस्पताल निर्माणको काम सम्पन्न भैसकेको छ । कहिँ ढिलाईका कारण निर्माणको काम हुँदैछ तर निर्माण सम्पन्न भएका अस्पताल सञ्चालन गर्ने विषयमा भने ढिलासुस्ती भएको छ । जसका कारण अस्पताल सञ्चालनको अन्यौल कायमै छ । रूपन्देहीका धेरै पालिकामा अस्पतालको भवन निर्माण भैसकेको छ । तर, आवश्यक पूर्वाधार नहुँदा अस्पताल सञ्चालनमा आउन सकेका छैनन् । संघीय सरकारले दक्ष जनशक्ति पठाउने र आवश्यक उपकरणको व्यवस्था नगरी नगर अस्पताल सञ्चालनको वातावरण वन्ने स्थिति छैन । जसका कारण संघीय सरकारले गरेको लगानी खेर जाने हो कि भन्ने चिन्ता छ । अर्कोतर्फ निर्माण भएका अस्पताल सञ्चालन नहुँदा भूत बंगलामा परिणत हुने अवस्था आउन सक्छ । अहिलेपनि विकट दूर दराजका विरामीले स्वास्थ्य सेवा पाउन हम्मेहम्मे छ । सुदूर पश्चिम क्षेत्रका कालीकोट, अछाम, दैलेख, जाजरकोट लगायतका क्षेत्रका जनताले नियमित स्वास्थ्य सेवा पाउन सकिरहेका छैनन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सको भरमा मात्रै त्यहाँका जनताको जीवन येनकेन चलेको छ ।

संघीय सरकारले प्रत्येक स्थानीय तहमा स्वास्थ्य सेवा पु¥याउनका लागि निश्चित मापदण्ड तोकेको छ । हरेक स्थानीय सरकारले १५ शैयाको अस्पताल सञ्चालन गर्ने नीति पनि पारित गरेको छ । तर, कालिकोटलगायतका दूरदराजका स्थानीय सरकारले एउटा राम्रो हेल्थपोस्ट र एउटा योग्य स्वास्थ्य सहायकसम्म पाउन सकिरहेका छैनन् । सरकारले गाँस, बास, कपास, शिक्षा र स्वास्थ्यलगायतका कुरालाई जनताका मौलिक अधिकारका रूपमा परिभाषित गरे पनि यसको यथोचित व्यवस्थापन भने गर्न सकिरहेको छैन । यसका पछाडि सरकारको पहल र इच्छाशक्ति कमजोर रहेको छ भन्दा अत्युक्ति हुँदैन । स्थानीय जनताको सेवाका लागि आवश्यक भौतक पूर्वाधार निर्माण हुन नसक्नु एउटा समस्या रहेको छ भने सामान्य पूर्वाधार वा केन्द्र निर्माण गरी जनतालाई सेवा दिन थालिहाल्ने सोच र आवश्यक चिकित्सकको खोजी नगरिनु अर्को समस्या बनिरहेको छ । सबैभन्दा ठूलो समस्या भनेको सरकारले आफैंले गरेको नीतिगत निर्णयको कार्यान्वयन हुन नसक्नु हो । प्रत्येक पालिकामा १५ शैयाको अस्पताल निर्माणको घोषणा गर्ने अहिलेकै प्रधानमन्त्री केपी शर्मा ओली यसअघि प्रधानमन्त्री हुँदा गरिएको निर्णय हो । अहिले ओली नै प्रधानमन्त्री छन, तसर्थ आफूले सुरु गरेको योजना कार्यान्वयनमा उनको ध्यान जानुपर्दछ । अव सरकारले निर्माण सम्पन्न गरेर सञ्चालनको तयारी अवस्थामा रहेका पालिका अस्पताल चलाउने कि भूतबंगला बनाउने ? सरकारले समयमै सोच्नु जरुरी छ । अधिकांश पालिकाहरूले संघीय सरकारको मुख ताकेर बसेका छन । सरकारले स्वास्थ्यकर्मी पठाउने, अस्पतालका लागि आवश्यक उपकरणको व्यवस्था गर्ने तथा निशुल्क वितरण गरिने औषधीको जोहो गरिदिनेतर्फ अव ध्यान देओस् । अस्पताल भवन निर्माणको अभियान जुन उद्देश्य सहित सुरु गरिएको थियो, त्यसमा अव सरकारले ध्यान दिनु जरुरी छ । वर्तमान सरकारकै पालामा कम्तिमा पनि यो अभियान सुरुवात भयो भने त्यसले एउटा राम्रो सन्देश दिनेछ । तसर्थ सरकार अव ढिलाई नगरी पालिका अस्पताल चलाउन कम्मर कसेर लागोस् । आफैले जन्माएका अस्पतालको संरचना भताभुंग वनाउन किञ्चित राम्रो होइन् । अर्कोतिर अस्पताल संचालनका लागि दवाव दिने काम राजनीतिक दल, नागरिक समाज, सम्बन्धित निकाय सवैले गर्नु जरुरी छ । आफैले जन्माएको शिशुलाई हुर्काउने र त्यसलाई मलजल गरेर राम्रो वनाउने काम ओली सरकारको हो । तसर्थ जनताको स्वास्थ्यजस्तो संवेदनशील कुरामा खेलबाड नगरी स्थानीय तहमा निर्माण भएका अस्पताल यथाशीघ्र सञ्चालन गर्नेतर्फ ध्यान जाओस् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?