© 2026
अमेरिकी नवनिर्वाचित राष्ट्रपति रोनाल्ड ट्रम्पले नेपालका लागि अमेरिकाबाट आएको आर्थिक सहयोग युएसएड्मार्फत व्यापक भ्रष्टाचार भएको उजागार गरेका छन् । यसका साथै नेपाली नेताहरूलाई ठग भन्दै आफ्नो देशले नेपाली जनता र नेपालको हितका लागि गर्दै आएको सहयोग माथि व्यापक भ्रष्टाचार हँुदै आएको प्रति घृणा र भत्र्सना समेत गर्दै हाल तीन महिनाकालागि सो सहयोग स्थगित गरेको घोषणा समेत गरेको समाचारले पुरै नेपालमा तरङ्ग ल्याएको छ । आम नेपालीले यो खबरलाई खुसीका साथ स्वीकार गरेका छन् भने राज्यले यो सहयोगको दुरूपयोग गरेर आ–आफना नीजि स्वार्थको निम्ति उपयोग गर्दै आएका थिए । उनीहरूको आडमा घाम लागेको छैन । गरीब नेपाली जनतालाई देखाएर लुट्दै आएको लुटधन्दामा यसरी बे्रक लागे पछि नमज्जा हुनु त छदैछ, अमेरिकी सरकारहरू निकट भविष्य मै यसरी ठगी गर्ने नेता तथा प्रशंसकहरूको एक एक रेकर्ड खुलस्त गरिदिएर उनीहरू माथि भ्रष्टाचारको कारवाही अगाडि बढाउनको लागि सरकारलाई दवाव दिने हो कि भन्ने अर्को भ्रमले सबै खाले लुटेराहरूको मुटुमा ढ्योग्रो बजिरहेको छ । जुनचाही हामी सर्वसाधारण गरी खाने नेपालीहरूको लागि अत्यन्तै हर्षको विषय हो । ट्रम्पले जे गरे ठीक गरे ।
मित्र राष्ट्रहरूबाट हाम्रो देशको विकासका लागि आजसम्म जे जति सहयोग आएको भएपनि त्यसको चरम दुरूपयोग र भ्रष्टाचारले गर्दा यसको परिणती हाम्रो जनजीवन लगातार दरिद्रय, अभाव एवं नैराश्यतिरै धकेलिदै गएको हो । देशको प्रशासन विधाका मर्मज्ञ तथा राजनीतिक विरासदहरूले यसमा सुधार ल्याउन अथक प्रयास गर्नुपर्नेमा उनीहरू पनि खञ्चुवाहरू सितकै लयमा तल्लमय भए जताततै सेटिड मिलाएर लुटधन्दालाई बैधता दिदै आएकोले स्थिति यस रूपमा देखापरेको हो । कुनैपनि देशका लागि सबैभन्दा महत्वपूर्ण सम्पत्ति असल चरित्रका राजनेता र कुशल प्रशासक हुन् । चरित्रवान् नेता र ती असल प्रशासकहरूको सदाचार बुद्धि विवेक नै राष्ट्रको सर्वतोमुखी विकासका प्राण हुन् । जब देश हाँक्ने नेता र प्रशासन हाँक्ने प्रशासकहरूमा हुनुपर्ने अनिवार्य तत्वको अभाव भैदिन्छ भने त्यसको प्रत्यक्ष प्रभाव देश र जनतामा पर्नु स्वाभाविकै हो । देशको उन्नति र जनताको हितमाथि कुठाराघात हुनु अस्वभाविक होइन । आज यही भइरहेको छ । हाम्रा राजनेताहरू र प्रशासकहरू भ्रष्टाचार तथा सत्ता र शक्तिको दुरूपयोगले पाशविक उन्मादग्रस्त वनेका छन् । अर्थात मात्तिएका साँढे जस्ता बनेका छन् । व्यवस्था, सिद्धान्त, नीति, नियम, कानुन, आदर्श, चरित्र, नैतिकता सबै कुराप्रति आफैलाई विश्वास नभएको आत्मविश्वासहीन स्थितिमा बनेका छन् ।
न जनताको डर छ न अन्तर्राष्ट्रिय समुदायको लाज छ । न पाप धर्ममा विश्वास छ । न कर्तव्यको ख्याल छ । यिनीहरूका कुत्सित नियतले यही कुराको इशारा गर्दछ । त्यसैले यो अवस्थालाई तोडेर अव यिनीहरूलाई ठेगान लगाउनु जरुरी छ । हो ठेगान त लगाउने तर ठेगान कसरी लाउने ? हामी नेपाली एक बडो प्राचीन तथा विकसीत सभ्यता र सँस्कृतिका उत्तराधिकारी हौं । हाम्रो यस सभ्यता, सँस्कृति तथा गौंरवशाली परम्परालाई राम्रोसंग आत्मसात गर्ने हो भने हामीलाई अँध्यारोबाट उज्यालोतिर लैजाने संभावनाहरू अनन्त छन् । जब हामीले आफ्नोलाई लत्याएर अरूको अँगाल्ने अभ्यासमा लाग्यौं त्यहीबाट कुरो विग्रेको हो । सर्बे भवन्तु सुखिन्ः सर्बे सन्तु निरामय । सर्बे भद्राणि पश्यन्तु मा कश्चित् दुःखभाग्जन । अर्थात सबै जनता सुखी होऊन । सबै जनता निरोगी बनुन । सबैले सबैको भलो मात्र देख्ने बनुन, भलाई गरुन । कसैलाई पनि दुःख नपरोस् । हाम्रो सनातन संस्कृतिले सिकाएको पाठ यही हो । यही शिक्षालाई मूल मर्म मानेर अगाडि वढ्ने हो भने हामी आफै आत्मनिर्भर वन्ने थियौं । हाम्रो कामका लागि हामीलाई कसैले अनुदान या सहयोग दिनु पर्दैनथ्यो । तर, हामीले आफ्ना पुर्खाहरूले विकास गरेको यो उन्नत संस्कृतिको सरकारलाई लत्याएर मै खाऊँ मै सुख सयल वा मोज म गरुँ, म बाँचू मै हाँसूँ अरू सब मरुन् दुर्वलहरू भन्ने पश्चिमा पूँजीवादी साम्राज्यवादी भोगवादीहरूको विकृत संस्कारलाई अँगाल्दै जानाले आज हाम्रो यो हविगत भएको हो । सरकारहरू राष्ट्र र जनताका समस्थामा, राष्ट्रिय हितका पक्षमाभन्दा पनि आफू र आफ्नो गुटका पक्षमा सरकारका अधिकारीहरू, जनजीवनका यी र मार्काहरू बुझेर तिनको समाधानकालागि काम गर्नुको बदला आ–आफनै भुँडी भर्नेमात्र ध्याउन्नमा तल्लीन हुनाले आज देशले यस्तो अब अवस्थासित सामना गर्नुपरेको हो । यी विकृतिहरू कहिलेसम्म बोकेर बाँच्ने ? विदेशीहरूको दृष्टिमा हामी कति तल्लो दर्जाका दरिएका रहेछौं भन्ने पछिल्लो उदाहरण हालै भारतको उडिसा राज्यस्थित किट्स युनिभर्सिटी कलेजका अधिकारीहरूले त्यहाँ पढ्ने नेपाली विद्यार्थीहरूमाथि गरेको अत्यन्तै निन्दनीय व्यवहारबाट छर्लङ्ग भएको छ ।
सो कलेजमा पढ्ने नेपाली छात्रा प्रकृति लम्सालको नृशंस हत्या र सो हत्यालाई आत्महत्या भन्ने भनाई त्यत्तिकै सामसुम पार्न खोज्दा त्यसको प्रतिरोधमा उत्रेर सही र तथ्यपरक छानविनको माग गर्ने अन्य नेपाली छात्र छात्राहरूलाई गरेको दुव्र्यवहार मात्र होइन, सिंगो नेपालमाथि नै लक्षित गरी प्रकट गरिएका तुच्छ निन्दनीय, घृणित र अपमानजनक शब्दहरू आफै साक्षी छन् । पञ्चशीलताका प्रवर्तक महामानव बुद्धलाई जन्मदिने नेपाल माताका सन्तान हाम्रो इतिहासमा त्यो धाक छ तर आज कहाँ हरायो हाम्रो त्यो धाक ? हाम्रा पुर्खा गौतमबुद्धले प्राणीमात्र प्रति प्रकट गर्न सिकाएको त्यो दया, माया, क्षमता, क्षमा, सहिष्णुता, प्रेम, सदभाव, सहअस्तित्वका पाठहरू हामीले किन यसरी पोलेर खायौं ? अर्कोतर्फ आधुनिकताकै कुरा गर्ने हो भने वैज्ञानिक समाजवादका प्रवर्तक कालमाक्र्सले धर्म अफिमको नशाा हो भनेका छन् । तर, उनले त्यसो भन्नुको मतलब आफूलाई माक्र्सवादका अनुयायी भन्ने कम्युनिष्टहरूले धर्म छोड, माक्र्सको आर्थिक सिद्धान्त समाजवादलाई मान्ने भन्ने काँगे्रसहरूले पनि धर्म छाडे भनेको किमार्थ होइन । धर्मको नाममा हुने शोषण, विभेद र वैमनस्यतालाई लक्षित गर्दै त्यसको नकारात्मक पक्षलाई सुधार गर्नुपर्ने शिक्षा दिएका हुन् । हामीले किन अपनाएनौं राम्रा पक्षहरूलाई ? आज भाईभाईमा मारपीट छ । सम्पत्तिको लोभले वृद्ध अशक्त असहाय वावु आमा आफ्नै छोरा बुहारीको हातबाट मारिन थालेका छन् उनीहरूलाई पालनपोषण गर्नुको झन्झटले । छोरीले आमाका गहनामाथि आँखा गाडेर आफ्नै जन्मदिने आमाको घाँटी थिचेर मारी भन्ने समाचारहरू प्रकाशमा आउँछन् । कुमारी आमा भिनाजुले सानीलाई अमला खुवाएर गर्भिणी वनाएका कुरादेखि दाजु वहिनी, मामाभाञ्जी, काकी भतिजो विग्रेका कुरा यस्ता अवर्णनीय पतितपनका विषयहरूले कसरी प्रवेश पाए हाम्रो समाजमा ? सत्ताधारीहरू राष्ट्रिय एकताको गम्भीर नारा दिन बडबडाउँछन् तर व्यवहारमा उनीहरू आफै अनावश्यक दलीयकरण, गुटवन्दी, पारस्परिक विरोध, सामाजिक विभेद, दुःखदायी इष्र्या तथा जनतालाई नैतिकताको बाटोबाट विचलित बनाई आफैले फलाक्ने गरेको नाराहरूलाई निरर्थक वनाइरहेका छन् । भर्खरै राष्ट्रपति पदको सपथ खाएका नवनिर्वाचित अमेरिकी राष्ट्रपति ट्रम्पले आफ्ना सूत्रहरूबाट नेपालको यो अवस्थाको वारेमा जानकारी पाएपछि युएस्एड् बन्द गर्ने उद्घोष गरेका हुन् । हामीले पनि उक्त सहयोगको दुरूपयोग गर्ने डाँकाहरूलाई त्यसै छोड्नु हुदैन । कदापि हुदैन ।