Butwal Today

नविल बैंक सम्मरीमाई शाखाको नयाँ ठाउँबाट सेवा सुरु

२६ फाल्गुन २०८१, सोमबार
अ+
अ-

भैरहवा, २६ फागुन ।

नबिल बैंक सम्मरीमाई शाखाले नयाँ स्थानबाट आफ्नो सेवा सुरु गरेको छ । सम्मरीमाई गाउँपालिका–६ मन्झरियाबाट सेवा दिदै आएको उक्त शाखाले आइतबारदेखि पुरानो स्थान भन्दा ६ सय मिटर उत्तर सोही वडाको घरभरियास्थित श्री गौतमबुद्ध स्वावलम्बन बचत तथा ऋण सहकारी संस्थाको भवनबाट सेवा सुरु गरेको हो ।

पुरानो ठाउँमा भवन साँघुरो रहेको र सेवाग्राही तथा कर्मचारीलाई समस्या भएपछि नयाँ स्थानबाट सेवा सुरु गरिएको नबिल बैंक सम्मरीमाई शाखा प्रमुख अबरार अहमद खानले बताए ।

उनले भने,‘पुरानो भवनमा सेवा दिने ठाउँ साँघुरो रहेको सेवाग्राहीहरुको गुनासो तथा आम नागरिकको सुझावलाई मनन गर्दै नयाँ स्थानमा व्यवस्थित कार्यालयबाट सेवा सुरु गरेका छौं ।’

मर्चवार क्षेत्रको सम्मरीमाई, मर्चवारी र कोटहीमाई गाउँपालिकाको करिब डेढ लाख जनसंख्यालाई लक्षित गरी उक्त शाखालाई व्यवस्थित रुपले सञ्चालनमा ल्याइएको शाखा प्रबन्धक खानको भनाइ छ ।