ट्रेंडिंग:

>> गुल्मीमा जीप दुर्घटना हुँदा एकजना मलामीको मृत्यु, ८ जना घाइते >> लुम्बिनी प्रादेशिक अस्पतालमा स्वास्थ्य बीमा बन्द हुने, २४ करोड ७१ लाख भुक्तानी बाँकी >> एसईई परीक्षा चैत १९ देखि २९ गते सञ्चालन हुने >> माधव नेपालविरुद्ध उजुरी >> लुम्बिनी प्रदेशमा ५६ महिला उम्मेदवारको मनोनयन दर्ता >> मनोनयन दर्ताको पहिलो दिन उम्मेदवारविरुद्ध केवल ५ उजुरी दर्ता >> डा. कृष्ण पौडेल स्वास्थ्य बीमा बोर्डको निमित्त कार्यकारी निर्देशकमा नियुक्त >> सार्वजनिक ऋण २८ खर्ब नाघ्यो, ६ महिनामा १ खर्ब ३२ अर्ब बढ्यो >> नेप्से परिसूचकमा सामान्य करेक्सन, बुधबार ९.४३ अंकले घट्यो >> अमेरिकाले फेरि ८० नेपाली नागरिक डिपोर्ट गर्यो >> मौसमविद्हरूको अनुमान: शुक्रबारदेखि वर्षा र चिसो बढ्ने >> निर्वाचनको बेला १० दिनमै पेट्रोलियम पदार्थको खपत २५ प्रतिशतसम्म बढ्ने अनुमान >> जापानका पूर्वप्रधानमन्त्री आबेको हत्या गर्ने व्यक्तिलाई आजीवन कारावास >> निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनका लागि ‘कल सेन्टर’ स्थापना गर्‍यो >> निर्वाचनमा ‘राइट टु रिजेक्ट’ मुद्दाः सर्वोच्च अदालतले माग्यो आयोगसँग लिखित जवाफ >> दक्षिण कोरियाका पूर्वप्रधानमन्त्री हान डकसुलाई २३ वर्ष जेल सजाय >> उज्यालो नेपाल पार्टीले सार्वजनिक गर्‍यो १२० उम्मेदवारको नामावली >> बर्दघाट एक्सपोको तयारी तीव्र >> २ लाख ९५ हजार नाघ्यो सुनको मूल्य, एकैदिन तोलामा १० हजार ४ सयको वृद्धि >> पश्चिमी वायुको प्रभावः आज देशभर मौसम कस्तो रहने ? >> प्रतिनिधिसभा उम्मेदवारविरुद्ध आज उजुरी दिने व्यवस्था >> १० करोडको कारोबार गर्दै सकियो देवदह मेला  >> देशव्यापी मनोनयनले बढाएको उत्साह >> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर
‘च्याम्पियन्स ट्रफि २०२५’

भारत र न्युजिल्याण्ड भिडन्त, कस्को पल्ला भारी ?

२५ फाल्गुन २०८१, आइतबार
२५ फाल्गुन २०८१, आइतबार

बर्दघाट, २५ फागुन । मिनि विश्वकप समेत भनेर चिनिने विश्व क्रिकेट प्रतियोगिता ‘च्याम्पियन्स ट्रफि’ को नवौँ संस्करणको उपाधीका लागि आज (आइतबार) भारत र न्युजिल्याण्ड भिडदैछन । आइ सि सि का ८ पूर्णकालिन सदस्य विच मात्र भएको प्रतियोगिता एकदिवसिय विश्वकप पछिकै प्रतिष्ठित प्रतियोगिताको रुपमा लिने गरिन्छ ।

सन् १९९८ मा पहिलो पटक बंगलादेशले आयोजना गरेको प्रतियोगिताको नवाँै संस्करणको आयोजक पाकिस्तान हो । भारतले सुरक्षा कारण देखाउँदै पाकिस्तानमा आफू नखेल्ने बताए पछि भारत सहभागी सबै प्रतियोगिता ‘न्युट्रल भेन्यु’ युएइ मा भएका थिए भने फाइनल खेल पनि युएइ मै हुनेछ । फाइनल खेल आज दिउसो २ बजेर ४५ मिनेट जाँदा युएइको दुवई इन्टरनेशनल क्रिकेट स्टेडियममा हुनेछ ।

कुल १४ खेल मध्ये १० खेल पाकिस्तान र बाँकी युएइमा हुनेछ । प्रतियोगितामा आयोजक पाकिस्तानसँगै भारत, श्रीलँका, बँगलादेश, अफगानिस्तान, दक्षिण अफ्रिका, न्युजिल्याण्ड र इँग्लैण्ड सहभागिता जनाएका थिए । जसमध्ये श्रीलँका, पाकिस्तान, अफगानिस्तान र बँगलादेश पहिलो चरणबाटै बाहिरिएका थिए, सँयोग, बाहिरिने सबै टोली एशियाली हुन ।

प्रतियोगिताको फाइनल यात्रा तय गर्दा भारतले समुह चरणमा बँगलादेशलाइ ६ विकेटले, पाकिस्तानलाइ ६ विकेटले, न्युजिल्याण्डलाई ४४ रनले र अष्ट्रेलियालाई ४ विकेटले पराजित गरेको थियो । यस्तै न्युजिल्याण्डले फाइनल यात्राको लागि पाकिस्तानलाइ ६० रनले, बँगलादेशलाई ५ विकेटले, र दक्षिण अफ्रिकालाई ५० रनले पराजित गरेको थियो । सम्पन्न ८ प्रतियोगितामा अष्ट्रेलिया २, भारत, दक्षिण अफ्रिका, न्युजिल्याण्ड, वेष्ट इन्डिज र पाकिस्तानले १—१ पटक उपाधी चुमेका छन । सन २००२ को फाइनलमा मा २ पटक सम्म वर्षाले खेल रद्द भएपछि भारत र श्रीलँकालाइ उप विजेता घोषित गरिएको थियो ।

भारत र न्युजिल्याण्ड हेड टु हेड
एकदिवसिय क्रिकेटमा भारत र न्युजिल्याण्ड विच कुल १ सय १९ खेल भएका छन । १ सय १९ खेलमा भारतले ६१ र न्युजिल्याण्डले ५० जित आफ्नो पोल्टामा पार्न सफल भएका छन । ७ खेल नतिजा विहिन रहँदा १ खेल भने बराबरीमा टुँगिएको छ । भारतले गृह मैदानमा ३१ जित निकाल्दा न्युजिल्याण्डले २६ खेलमा जित निकालेको छ । तटस्थ मैदानमा दुबै टिमले १६–१६ जित निकालेका छन । नवौँ सँस्करणको फाइनल खेल पनि तटस्थ मैदान युएइमा हुँदैछ । च्याम्पीयन्स ट्रफिमा भारत र न्युजिल्याण्डको भेट २ पटक भएकोमा दुबैले १–१ जित निकालेका छन ।

प्रभाव पार्न सक्ने खेलाडी
जारी च्याम्पीयन्स ट्रफिमा युवा र अनुभवी दुबै खेलाडीहरुको प्रदर्शन उत्कृष्ट छ । न्युजिल्याण्डका केन विलियमसन, रचिन रविन्द्र टम लाथम उत्कृष्ट ब्याटिङ्ग लयमा छन भने भारतका विराट कोहली, श्रेयस ऐयर, शुभमन गिलको प्रर्दशन उच्च रहेको छ । यस्तै बलिङ्गमा म्याट हेनरी मिचेल स्यान्टनरले विपक्षी टोलीलाई दवावमा राखिरहँदा भारतिय बलरहरु मोहम्मद सामी, वरुण चक्रवर्ति अक्सर पटेलको प्रदर्शन उच्च रहेको छ ।
तथ्याँकमा उत्कृष्ट प्रदर्शनलाइ हेर्दा न्युजिल्याण्डका युवा खेलाडी रचिन रविन्द्रले ३ खेलमा २ सतक सहित २ सय २६ ब्यक्तिगत रन जोडेका छन यस्तै टम लाथमले ४ खेलमा १ सय ९१ र केन विलियमसनले ४ खेलमा १ सय ८९ ब्यक्तिगत रन जोडेका छन । यस्तै बलिङ्गमा म्याट हेनरीले ४ खेलमा ३१ दशमलव २ ओभरमा ५ दशमलव ३२ को औषतले १ सय ६७ रन खर्चदै १० विकेट लिएका छन । मिचेल स्यान्टनरले ४ खेलमा ४० ओभर बलिङ्ग गर्दै ४ दशमलव ८५ को औषतले १ सय ९४ रन खर्चेर ७ विकेट लिएका छन । न्युजिल्याण्डको फिल्डिङ्ग पक्ष पनि निकै शशक्त रहेको छ ।
यस्तै भारतका अनुभवी ब्याटर विराट कोहलीको प्रदर्शन उत्कृष्ट रहेको छ । कोहलीले ४ खेलमा १ सतक सहित २ सय १७ रनको योगदान गरेका छन । परिस्थिती अनुसार खेल्न सक्ने कोहली भारतिय टोलीका भरपर्दा र प्रमुख ब्याटर हुन । यस्तै मध्यक्रमका श्रेयस ऐयरले पनि ४ खेलबाट १ सय ९५ रन जोड्दै आफू फर्ममा रहेको प्रमाणित गरेका छन । उनी विपक्षिको बलमा आक्रमक रुपमा प्रस्तुत हुन सक्ने खेलाडीको रुपमा आफूलाई उभ्याएका छन । भारतिय ओपनर शुभमन गिल आक्रमक ब्याटिङ्ग गर्न सक्ने खेलाडीको रुपमा परिचित छन उनले ४ खेलबाट १ सय ५७ रनको योगदान टिमलाई गरेका छन । भारतिय पक्षको बलिङ्ग पनि उत्तिकै सटिक रहेको छ । तिव्रगतिका बलर मोहम्मद शामी ४ खेलबाट ४ दशमलव ९६ को औषतले बलिङ्ग गर्दै ८ विकेट लिएका छन । यस्तै बरुण चक्रवर्ति मात्र २ खेलबाट मात्र ४ दशमलव ५५ को औषतले बलिङ्ग गर्दै ७ खेलाडीलाई पवेलियनको बाटो देखाएका छन । समग्रमा फाइनल पुगेका दुबै टोलीमा अधिकाँश खेलाडी अलराउण्ड रहेका छन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?