ट्रेंडिंग:

>> अर्घाखाँची सिमेन्टको गुणस्तरमा गम्भीर त्रुटि >> उम्मेदवार सिफारिसमा ‘एकलौटी निर्णय’ : कांग्रेसभित्रै उर्लियो असन्तोष >> लोकसेवाले जोड्यो नाता : एउटै कार्यालयमा गुरु–चेलाको संगत >> कालिका कलेजको १२ औं वार्षिकोत्सव सम्पन्न >> नवलपरासी काङ्ग्रेसमा समीकरण फेरिने संकेत, चौधरीको नाम सिफारिस नगर्न सन्तुको अडान >> काठमाण्डु गोर्खाजलाई हराउँदै लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा प्रवेश >> मैले कुनै झोकमा उम्मेदवारी घोषणा गरेको छैन: ईश्वर पोखरेल >> काठमान्डु गोर्खा लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै >> सेयर बजार २६०६ अंकमा झर्‍यो >> विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्थामा संशोधन हुने : प्रधानमन्त्री कार्की >> भ्रष्टाचार अन्त्य र सुशासनका लागि सरकारको विशेष ध्यान छ : सञ्चारमन्त्री खरेल >> भन्सार विभाग र एजेन्टबिच सहमति, देशभरका भन्सार कार्यालय खुल्ने >> सहकारी सञ्चालकहरूलाई दोहोरो पद तत्काल छाड्न विभागको निर्देशन >> इन्डोनेसियाको जाकार्तामा कार्यालय भवनमा आगलागी, २२ जनाको मृत्यु >> एमाले राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरुको टुंगो लाग्यो >> सरकारले जेन–जी आन्दोलनको लक्ष्यअनुसार काम गरिरहेको छ : स्वास्थ्यमन्त्री गौतम >> आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्यो >> डीएसपी मधु नेपाल बहुविवाहको कसुरमा पक्राउ >> मनोज सिलवाल भन्छन्– ७८ दिन जिम्मेवार भएर काम गरेँ >> मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की >> राष्ट्रिय महाधिवेशनमा नीतिगत बहस गर्नु उपयुक्त होइन- प्रदीप ज्ञवाली >> हितेन्द्र भन्छन् – अबको साढे तीन वर्ष सरकारसँग मिलेर काम गर्छु >> आज पनि देशभरका भन्सार कार्यालय बन्द >> प्राधिकरण फर्किए हितेन्द्रदेव शाक्य >> काठमाडौं–४ बाट कांग्रेसका महामन्त्री गगन थापाको नाम एकल सिफारिस >> रुपन्देही-३ बाट बालकृष्ण खाँणको नाम सर्वसम्मत सिफारिस >> कांग्रेसको सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा >> अक्षय थारु बाख्रा गोठालो देखि ‘स्टेज स्टारसम्म’ >> ‘मानव अधिकार अझै चिन्ताजनक’  >> भन्सार एजेन्टद्वारा ‘पेन डाउन’ को घोषणा >> स्वास्थ्य बिमामा सुविधा भन्दा ‘सास्ती’ बढी >> अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू >> विशेष अदालतमा प्रदीप अधिकारीको बयान: पोखरा विमानस्थलको लागत बढाउन मेरो भूमिका छैन >> एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने >> नयाँ वर्षको स्वागत सहित जलजला समाज कतारको शुभकामना आदान–प्रदान  >> पेशा संकटमा परेपछि अश्वपालक महिलाहरू सिलाइ–कटाइतर्फ >> एक वर्षमा १७४ नयाँ कुष्ठरोगीः बाँके–बर्दियामा जोखिम अझै कायम >> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड

चौथो खुमबहादुर खड्का भलिबलको उपाधि मणिमुकुन्द क्लबलाई

२५ फाल्गुन २०८१, आइतबार
२५ फाल्गुन २०८१, आइतबार
दाङ, २४ फागुन ।
दाङको घोराहीमा भएको चौथो खुमबहादुर खड्का स्मृति लुम्बिनी प्रदेशस्तरीय खुला पुरुष भलिबल प्रतियोगिताको उपाधि मणिमुकुन्द भलिबल क्लबले जितेको छ ।
नेपाली कांग्रेस दाङ, खुमबहादुर खड्का समाज विकास समिति दाङको आयोजनामा जारी प्रतियोगितामा शनिबार भएको फाईनल खेलमा मणिमुकुन्द भलिबल क्लवले न्यु होराईजन स्पोर्टस क्लबलाई ३–१ को सेटमा हराउँदै उपाधि हात पारेको हो ।
घोराही १५ स्थित शहीद मञ्चमा भएको प्रतियोगितामा मणिमुकुन्द भलिबल क्लबले न्यु होराईजन स्पोेट्र्स क्लबलाई २५–१४, २७–२९, २५–१९, २५–२० को सेटमा हराएको हो । हजारौँ दर्शकको उपस्थितीमा भएको खेलमा मणिमुकुन्दले दोस्रो सेट कडा प्रतिष्पर्धाका बीच हार व्यहोरे पनि अरु सेट सहजै आफ्नो पक्षमा पार्यो ।
फागुनको २० गतेदेखि भएको प्रतियोगितामा मणिमुकुन्द भलिबल क्लब समुह ‘ए’ को उपविजेता हुँदै सेमीफाईनलमा प्रवेश गरेको थियो भने फाईनलमा हार व्यहोर्दै उपविजेता बनेको न्यु होराईजन स्पोटर््स क्लब समुह ‘बी’ को विजेता हुँदै सेमीफाईनलमा पुगेको थियो ।
यसअघि शनिबार बिहान तेस्रो स्थानका लागि भएको प्रतियोगितामा रोयल सिस्ने स्पोटर््स क्लबले वली बंशावली समाज (चित्रालेखी) लाई ३–० को सोझो सेटमा हराउँदै तृतीय भएको छ । रोयल सिस्नेले २५–२०, २५–१९ र २५–१९ को सोझो सेटमा वली बंशावली समाज (चित्रालेखी) लाई हराएको हो ।
प्रतियोगिताको उपाधि जितेसँगै मणिमुकुन्द भलिबल क्लबले नगद दुई लाख ५१ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता बनेका न्यु होराईजन स्पोटर््स क्लबले नगद एक लाख २५ हजार तथा तेस्रो भएको रोयल सिस्नेले नगद ५० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको नेपाली कांग्रेस दाङका सहसचिव एवं खुमबहादुर खड्का समाज विकास समितिका संयोजक राजु आचार्यले जानकारी दिए ।
प्रतियोगिताभर खेल प्रदर्शनका आधारमा विधागत रुपमा उत्कृष्ट खेलाडीसमेत घोषित गरिएको छ । जसमा उत्कृष्ट खेलाडी मणिमुकुन्दका रेशम छन्त्याल भएका छन्  ।
उत्कृष्ट सर्वर न्यु होरार्यजका विष्णु बस्नेत हुँदा उत्कृष्ट स्पाइकर मणिमुकुन्दका रेशम बिक भए  । यसैगरी, उत्कष्ट सेटर मणिमुकुन्दका दीपेन्द्र कुँवर, उत्कृष्ट डिफेन्डर न्यु होराईजनका तुलसीराम वागचन बने । उत्कृष्ट ब्लकर मणिमुकुन्दका चिरण खड्का हुँदा उत्कृष्ट कोच मणिमुकुन्दका पवन थापा भएका छन्  । फागुन २० गतेबाट शुरु भएको प्रतियोगितामा लुम्बिनी प्रदेशका ८ टीमले सहभागीता जनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?