© २०२३
बुटवल, २५ फागुन ।
रूपन्देहीको सिंगो शानका रूपमा रहेकी छिन् एक मात्र महिला फुटबल रेफ्री कृति सेन ठकुरी । उमेरले २७ वर्ष टेकेकी कृति खेलाडीसँगै मैदानमा कहिले सिट्टी फुक्दै त कहिले साईड ट्रयाकमा झण्डा लिएर दौडिरहेकी हुन्छिन् । किशोरदेखि युवा अवस्थाका खेलाडीसँग कुदिरहने उनि रूपन्देही जिल्लाको तिलोत्तमा नगरपालिकी बासिन्दा हुन् ।रूपन्देहीमा हाल सक्रिय रहेका १७ जना फुटबल खेलका रेफ्रीहरू मध्ये कृति एकमात्र महिला हुन् । एन्फा रूपन्देहीका पुर्व अध्यक्ष तथा बर्तमान म्याच कमिश्नर हरिप्रसाद श्रेष्ठका अनुसार फुटबलतर्फ कृति रूपन्देहीको पहिलो र एकमात्र महिला रेफ्री हुन । परिवारमा ५ दिदीबैनी र १ दाजु रहेको बताउने कृतिका अनुसार उनकी दिदिले विवाह अघि खेल खेल्ने गरेको र दिदिको प्रेरणाबाट खेलक्षेत्रमा रुचि बढेको बताउछिन् । खासगरि फुटबल खेलका गुरु हेमन्त श्रेष्ठले गर्दा आफु खेल क्षेत्रमा प्रवेश गरेको बताउछिन् । शुरुआतमा बिभिन्न खेलहरू खेल्ने गरेको भएपनि पछिल्लो समय फुटबल खेललाई नै प्राथमिकता दिएर रेफ्रि बनेको उनि बताउछिन ।
कृति भन्छिन्—‘मलाई सानैदेखि खेलकुद प्रति रुची थियो, पछि फुटबलप्रति रुचि बढेर गयो अनि रेफ्री बन्ने रहर जाग्यो ।’ सानैमा १२/१३ वर्षको उमेरदेखि नै फुटवल खेल्दै आएकी उनि ७ वर्ष अघिदेखि रेफ्रीको भूमीकामा रहेर खेल खेलाउदै आएकी छन् । बिभिन्न चरणको रेफ्री कोर्ष प्ुरा गरेर उनि फेरी पनि नेशनल रेफ्रीको क्याटगोरी २ मा परेकी छिन् । उनि थप्छिन्—‘हरेक वर्ष दौड, फिटनेश तथा कोर्ष पास गर्नु पर्ने हुन्छ लाइसेन्सका लागि ।’ सानैदेखिको खेलप्रतिको रुचिका कारण खेल क्षेत्रलाई आफ्नो पेशाको रूपमा अपनाएको बताउने कृतिले खेललाई यो रहर मात्रै हैन करिअरकै रूपमा अघि बढाउँने बताउछिन् ।कृतिले राष्ट्रिय हुँदै अन्तर्राष्ट्रिय स्तरको रेफ्री बन्ने सपना बोकेकी छिन् । कृतिका अनुसार नेपालमा महिला रेफ्रीहरू उत्पादन एकदमै कम भएको महशुस गरेपनि रूपन्देहीमा त झन उत्पादन नै छैन भन्दा पनि हुन्छ । उनले भनिन् —‘बिगत ७ बर्षयता एउटा पनि नयाँ महिला रेफ्रि उत्पादन भएको छैन । यो क्षेत्रमा महिलाको उपस्थितिलाई बलियो बनाउने तथा खेलकै माध्यमबाट राष्ट्रलाई अन्तराष्ट्रिय स्त्तरमा चिनाउछु र धेरै मेहनत गरेर अघि बढ्नेछु ।’ महिला रेफ्रि उत्पादन गर्नका लागि सरकारी निकाय तथा फुटबल संघ लगाएतका सरोकारवालाहरूले चासो लिनु पर्ने उल्लेख गर्दै कृतिले महिला खेलाडीहरूलाई प्रोत्साहित गर्ने खालका कार्यक्रमहरू संचालन गर्नुपर्ने कुरामा जोड दिएकी छन् ।
फुटबल प्रशिक्षक तथा सिनियर रेफ्रि बिष्णु पौडेलले पेशागत सुरक्षाको अभाव, ब्यबसायिक खेलाडी तथा प्रशिक्षक र रेफ्रीहरूको बिकास र संरक्षणका लागि कुनै खास कार्यक्रम र ठोस योजना नरहेकोले बिदेश पलायन बढ्दो रूपमा छ । यहाँ बसेर खेलेर वा प्रशिक्षक बनेर जिविकोपार्जन हुन्छ भन्ने कुराको ग्यारेन्टी नहुदा युवाहरू बिदेश पलायन भैरहेका छन् । अझ महिला खेलाडी, प्रशिक्षक र रेफ्रिहरूको हकमा त घरपविार र समाजको कुरा लगाएत बिभिन्न बाधक तत्वहरू छन् । रेफ्रि र प्रशिक्षकको अभावमा पुरुषले महिलालाई सिकाउनु परिरहेको छ जुन कहिलेकाहीं असहज पनि हुन्छ ।पुर्व खेलाडी समेत रहेका बिष्णु भन्छन्—हाम्रो समाजमा बिभिन्न संस्कार संस्कृतिहरू पनि छन, सोंच बिचारहरू पनि छन, आखिर के पाउछौ खेलेर ? के पाउछौ रेफ्रि बनेर ? भोली बिहे भएपछि घरधन्दा नगरि सुख छैन जस्ता थुप्रै कुराहरूले गर्दा यसक्षेत्रमा महिलाहरूको आकर्षण कम भएको हो । तर उचित अवसर र सम्मान पाउने हो भने महिलाहरूको उपस्थिती बढ्ने निश्चित छ । अवसर र हौसला पाएमा महिलाहरूले पनि उत्साहका साथ केही गर्न सक्छन भन्ने सोंचको बिकास आजको आवश्यक्ता हो भन्ने कुरामा अधिकांश खेलाडी र रेफ्रिहरू सहमत छन् ।
म्याच कमिश्नर श्रेष्ठका अनुसार यो समय खेलकुदका लागि र रेफ्रिका लागि निकै ब्यस्त समय हो, रूपन्देही लगाएत बिभिन्न जिल्लामा एकैपटक दर्जनौ प्रतियोगिताहरू भैरहेका छन् । श्रेष्ठ भन्छन्—‘समग्रमा यो सिजनमा रेफ्रीहरूको अभाव हुन्छ नै, तरपनि मुस्किलले म्यानेज गरेका छौं, अझ महिला रेफ्रि त पाउनै गाह्रो हुन्छ । अव हामी छिट्टै रेफ्रि तालिम गराउने सोंचमा छौं, यसमा महिला सहभागिता बढाउने प्रयास पनि गर्ने छौं ।’ महिला खेलाडीको भावना र मनोबिज्ञान बुझ्न महिला रेफ्रि नै भएमा उत्तम हुने धारणा श्रेष्ठको छ ।