© २०२३
काठमाडौं, २५ फागुन।
प्रहरीले सुनसरी र इलामबाट चार जना लागूऔषधसहित पक्राउ गरेका छन्। इलामको जिल्ला प्रहरी कार्यालयले २४ फागुनमा इलाम नगरपालिका-९ मा मे १ च ४५२५ नम्वरको पिकअप गाडीको डिकीमा ३ सय ८० मिलिग्राम ब्राउन सुगर लुकाएर राखेको अवस्थामा बरामद गरेको हो। गाडीका चालक रोशन लिम्बू र सोही स्थानका मनिष राईलाई पक्राउ गरिएको छ।
त्यस्तै, सुनसरीको पानवारी प्रहरी चौकीबाट खटिएको टोलीले धरान उप-महानगरपालिका-६ का योगेश कार्की र धरान-१० का लोकबहादुर मगरलाई निषेधित औषधि ट्रामाडोल १२७ ट्याब्लेट, डिकोलिक ११५ ट्याब्लेट र स्पास्मो र स्पासपेन २३ ट्याब्लेट सहित नियन्त्रणमा लिएको छ।लागूऔषधसहित पक्राउ परेका सबैलाई अहिले प्रहरीले थप अनुसन्धान गर्दैछ।