ट्रेंडिंग:

>> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल >> एनपीएल-२ : पोखरालाई हराउँदै काठमाण्डु प्लेअफमा, साहबले ह्याट्रिकसहित लिए ६ विकेट >> बाली बिमाप्रति किसानको आकर्षण बढ्दो, ९० प्रतिशतसम्म क्षति वहन >> नेतृत्व चयनका लागि एमालेले विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने >> अध्यक्ष कार्की भन्छन् : सरकारले अनुमति दिए विदेशमा बिजुली बेच्न तयार छौँ >> मधेस प्रदेशमा मुख्यमन्त्रीका लागि दलहरुबिच रस्साकस्सी >> पोखरालाई काठमाडौंले दियो १६६ रनको लक्ष्य >> भारतले नेपालमा ठूला भारु नोट प्रयोगमाथिको प्रतिबन्ध हटाउँदै >> प्रधानमन्त्री कार्कीद्वारा सर्वपक्षीय बैठक आह्वान >> “फूलको माला” नयॉ रत्यौली गीत सार्वजनिक (भिडियोसहित)  >> ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ सार्वजनिक गर्ने अध्यागमनको तयारी >> श्री पालु सिद्ध प्राथमिक विद्यालयमा अक्षयकोष स्थापना >> एमाले महाधिवेशन : उद्घाटन सत्रमा १० हजार स्वयंसेवक खटाइने >> आज पनि घट्यो सुनचाँदीको मूल्य >> सामाजिक सञ्जाललाई माध्यम बनाएर यौन दुर्व्यवहार बढ्दै >> महिला टी-२० विश्वकप छनोट खेल्ने प्रारम्भिक टोली घोषणा >> शेरबहादुर तामाङ केपी ओली टिमबाट उपमहासचिवमा उठ्ने >> काठमाडौंले पोखराविरुद्ध पहिले ब्याटिङ गर्दै >> सरकारी कार्यालयमा प्रदेशकै काठ प्रयोग गर्ने लुम्बिनी प्रदेश सरकारको नीति  >> यसवर्षको हिउँदमा सरदरभन्दा कम वर्षा हुने प्रक्षेपण >> बहालमा रहेका जनप्रतिनिधिलाई आगामी निर्वाचनमा कांग्रेसले उम्मेदवार नबनाउने >> दुर्गा प्रसाईं भन्छन् : राजसंस्था र प्रदेशबारे जनमत संग्रह गरौँ

सकियो त्रिपिटक पाठ समारोह

२५ फाल्गुन २०८१, आइतबार
२५ फाल्गुन २०८१, आइतबार

भैरहवा ।

बुद्ध जन्मस्थल लुम्बिनीमा सञ्चालित चार दिने चौथो अन्तर्राष्ट्रिय त्रिपिटक पाठ सकिएको छ ।  अखिल नेपाल भिक्षु महासंघको आयोजना तथा लुम्बिनी विकास कोषसहित विभिन्न संस्थाको सहआयोजनामा लुम्बिनीस्थित मायादेवी मन्दिर परिसरमा त्रिपिटक पाठ गरिएको हो  ।

त्रिपिटक पाठको शनिबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले समापन गरे ।  समापन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बुद्धका उपदेशलाई विश्वभर फैलाउन आग्रह गरे । उनले बुद्धको शिक्षा र उपदेशलाई आत्मसात गरी शान्ति, करुणा र सहअस्तित्वको भावना फैलाउन सकिने बताए । उनले बुद्ध शिक्षाले विश्वलाई शान्ति र सहिष्णुताको मार्गमा अघि बढाउन मद्दत गर्ने विश्वास व्यक्त गरे ।

मुख्यमन्त्री आचार्यले लुम्बिनीलाई विश्वभर चिनाउन लुम्बिनीमा धार्मिक तथा सांस्कृतिक गतिविधिहरू बढाउँदै लैजानुपर्ने बताए । उनले बुद्धजन्मस्थल लुम्बिनीमा भएको त्रिपिटक पाठले लुम्बिनीको धार्मिक, सांस्कृतिक तथा पर्यटन प्रबद्र्धनमा महत्वपू्र्ण योगदान गर्ने बताए ।

यस्तै कार्यक्रममा लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामाले लुम्बिनी बुद्धजन्मस्थल भएकाले विश्वभरका बौद्धमार्गीहरुको आस्थाको केन्द्र भएकाले यहाँ आउदा बुद्धलाई साक्षात भेटेजस्तो हुने बताए । उनले बुद्धका महत्वपूर्ण चार स्थानमध्ये जन्मस्थाल लुम्बिनी सबैभन्दा महत्वपूर्ण रहेकोले संसारभरका शान्तिप्रेमीहरुलाई एकपटक लुम्बिनी भ्रमण गर्न आग्रह गरे । उपाध्यक्ष लामाले बौद्ध भिक्षु तथा लामाहरुले बुद्धको शिक्षालाई बचाईराख्न जीवन अर्पण गरेको स्मरण गर्दै राज्यलाई सम्मान गर्न आग्रह गरे । उनले नेपाल सरकारले भगवान बुद्धको उपदेश फैलाउन र लुम्बिनीमा आध्यत्मिक गतिविधि बढाउन भूमिका नखेलेको गुनासो गरे ।

उपाध्यक्ष लामाले बुद्धको उपदेशलाई त्रिपिटक पाठले विश्वभर फैलाउन महत्वपूर्ण योगदान गरेको बताउँदै आगामि बर्ष अझ यसलाई ठूलो संख्यामा गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष भिक्षु धम्मशोभन महास्थविरले भगवान बुद्धको उपदेशहरु वैज्ञानिक र समयसापेक्ष रहेको बताए । उनले त्यहि बुद्धका उपदेशहरुलाई चारदिनसम्म बुद्धजन्मस्थलमा पाठ गर्दा त्यसबाट सकरात्मक उर्जा पैदा गरेको बताए ।

यस्तै लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले त्रिपिटक पाठले लुम्बिनीको पर्यटन प्रवद्र्धनसँगै बुद्धशिक्षालाई अन्तर्राष्ट्रियकरण गराउन महत्वपूर्ण योगदान दिएको बताए ।

कार्यक्रममा इन्टरनेश्नल त्रिपिटक च्यान्टिङ कमिटिका संस्थापक उपासिका वाङ्मो डिक्सीले बुद्धको उपदेश लुम्बिनीमा बसेर पाठ गर्न पाउनु जीवनकै अमूल्य उपलब्धी भएको बताईन । कार्यक्रममा अखिल नेपाल भिक्षु महासंघका सचिव भिक्षु निग्रोध महास्थविर, लुम्बिनी होटल व्यवसायी संघका बरिष्ठ उपाध्यक्ष लिलामणि शर्मा लगायतले बोलेका थिए ।  उक्त अवसरमा त्रिपिटक कार्यक्रमका लागि सहयोग गर्नेहरुलाई सम्मान समेत गरिएको महासंघका प्रचार संयोजक भिक्षु बिमलो महास्थविरले जानकारी दिए ।

गौतम बुद्धले ४५ वर्षसम्म निरन्तर प्रदान गरेको ज्ञान एवं धर्म देशनाको त्रिपिटकमा संग्रहित गरिएको छ । त्रिपिटक पाठ समारोहमा भिक्षु भिक्षुणी, लामा, आनी, उपासक उपासिका सहित ४ सय बढिको सहभागिता रहेको थियो । त्रिपिटक पाठ समरोहको बुधबार उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले उद्घाटन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?