© २०२३
चन्द्रौटा, २५ फागुन ।
शिवराज नगरपालिकाकी उपप्रमुख शिवकुमारी थारुले पछिल्लो समय विद्यार्थीहरू विद्यालय ड्रप आउट हुने क्रम रोक्न आवश्यक रहेको बताएकी छन् । कपिलवस्तुको शिवराज नगरपालिकामा बालिका तथा समावेशी शिक्षा सञ्जालको क्षमता अभिवृद्धि कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।विद्यालयमा रहेको गुनासो पेटिकामा परेका गुनासोलाई सम्बोधन हुनेगरी सरोकारवाला सबैलाई सहजीकरण गर्न उनले आग्रह गरिन् । कतिपय विद्यालयका विद्यार्थीलाई यातना तथा पीडा भएपनि शिक्षकबाटै शोषण हुने गरेको थारुले उल्लेख गरिन् । यस्ता खालका घटना न्यूनीकरण गर्दै विद्याार्थीहरू सहजरूपमा अध्ययन हुने वातावरण सिर्जना गर्ने उनको भनाइ छ । विद्यार्थीहरूको गुनासोको आधारमा सुधार गर्दै शिक्षा क्षेत्रमा सकारात्मक प्रभावकारी गुणस्तरीय शिक्षा प्रवाहमा सबैको सहकार्य जरुरी रहेको उपप्रमुख थारुले बताइन् ।
विद्यालयको भौतिक संरचनासँगै हरेक पक्षको समग्र विकासमा एकजुट भइ लाग्नुपर्नेमा उनले जोडदिइन् ।नगरपालिकाका शिक्षा शाखा प्रमुख पूर्णबहादुर विश्वकर्माले पालिकामा लागु रहेको निःशुल्क शिक्षाको विषयमा बताए ।पहिलो चरणमा रहेको कारणले कठिनाई भएको बताउँदै दोस्रो चरण अनिवार्य शिक्षा लागूको क्षेत्रमा प्रवेश गर्ने उनले बताए । शिक्षालाई सुधार गर्न सिंगो पालिकाको टिम नै लागी परेको जनाउँदै उनले नीतिगत पक्रियाबारे जानकारी गराउँदै प्रशिक्षण दिएका थिए । यस्तै वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक सुजन शाहले व्यवहारिक समाजलाई चित्रण गर्दै पछिल्लो समय साइवर अपराध, अनैतिक क्रियकलाप, यौनजन्य हिंसा, लागूपदार्थ र्दुव्यसन जस्ता घटनाबारे अभिभावकसँगै सरोकारवाला सर्तक रहन आग्रह समेत गरेका हुन् । वडा नम्बर ५ चन्द्रौटामा रहेको सहज नेपालको सभाहलमा कार्यक्रम दुई दिन सम्म सञ्चालन भएको हो ।स्थानीय ७ वटा विद्यालयका प्रधानाध्यापक, व्यस्थापन समितिका अध्यक्ष र विद्यार्थीहरूले प्रयोगात्मक अभ्यास समेत गरिएको जनाइएको छ । यसैगरी सिद्धार्थ सामाजिक विकास केन्द्रका मिल अधिकृत यादव भुसाल, कार्यक्रम अधिकृत सावित्री चौधरी लगायतले कार्यक्रमलाई सम्बोधन गरेका थिए ।