ट्रेंडिंग:

>> शिक्षा सुधार बहसः भौतिक संरचना र गुणस्तरमा जोड >> फोटो प्रदर्शनीमा अवलोकनकर्ताको चासो, स्वदेशी उद्योगका उत्पादनप्रति बढ्दै ध्यान >> जंगलबिचको स्वर्ग : बाह्रकुने दह >> पत्रकार महासंघ बाँकेमा ३० जनाद्वारा रक्तदान, शतक रक्तदाता जयसवाल सम्मानित >> विद्यार्थीको अध्ययनमा सहजता ल्याउन एनआईएमबी बैंकको जुत्ता–मोजा >> अज्ञात समूहद्वारा उपकुलपतिमाथि अभद्र व्यवहार >> प्रधानमन्त्रीलाई भेट्न रवि लामिछाने बालुवाटार जाँदै >> हुस्सु र शितलहरले बाँकेको जनजीवन प्रभावित >> विश्व ध्यान दिवसका अवसरमा नेपालगञ्जमा ध्यानको सन्देश >> कांग्रेसका शीर्ष बाहेकका ६५ निवर्तमान सांसदले गरे पुनर्स्थापनाको पक्षमा हस्ताक्षर >> कर्णाली प्रदेश अस्पतालमा साढे २५ लाख हिनामिना, तीन जना दोषी ठहर >> राष्ट्रपतिको सल्लाहकारबाट राजीनामा दिएका सुनिल थापा राष्ट्रियसभाका उम्मेदवार सिफारिस >> संसद् पुनर्स्थापनाबारे षड्यन्त्रको आँखा नचम्काइयोस् : रवि लामिछाने >> रुपन्देहीमा स्थानीयले ईशान हत्याको अनुसन्धान नपुग्दा प्रहरी कार्यालय घेराउ >> ट्याक्टर दुर्घटनामा चालकको मृत्यु >> रवि लामिछानेलाई पार्टी कार्यालयमा बाजागाजासहित स्वागत >> नेप्से परिसूचक २६ सयमुनि झर्‍यो >> रास्वपाको केन्द्रीय समिति बैठक बस्दै >> शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज : बाघ गणना आरम्भ हुन लाग्यो >> रास्वपाले गुण्डुमा शुरु गर्‍यो घरदैलो अभियान >> सम्झौतापछि पनि रिहा नभएकाले सुदनले गरे गृहमन्त्रीको मोबाइल नम्बर सार्वजनिक >> फेसबुक ‘मनिटाइजेसन’ नीतिमा ठूलो परिवर्तन, नेपाली क्रिएटरलाई कस्तो असर पर्ला ? >> जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने घोषणा >> लुम्बिनीमा प्रथम हिमालयन रिम क्षेत्रीय फिल्म प्रदर्शनी सम्पन्न >> राष्ट्रिय सभाबाट सरकारलाई प्रश्न : निर्वाचन तोकिएको समयमा सम्पन्न हुन्छ कि हुँदैन ? >> सरकारी कार्यालयमा हप्तामा एक–दुई दिन परम्परागत पोसाक लगाउन सकिन्छ : प्रधानमन्त्री >> सभामुख घिमिरेसँग चिनियाँ राजदूत छन सोङको बिदाइ भेट >> सुनको भाउ घट्यो, चाँदीको अहिलेसम्मकै उच्च >> ८ सीडीओ सरुवा, ४ दिनसम्म जिल्लामा नेतृत्वविहीन अवस्था >> मार्क इन्टरनेसनल कलेजमा खेलकुद सप्ताह सुरु >> सार्वजनिक कार्यक्रममा नागरिकले गरे सुशासन, पारदर्शिता र नैतिकतामाथि प्रश्न >>  कृषकलाई ५० प्रतिशत अनुदानमा पम्पसेट वितरण >> जनताको गुनासो सुन्नबाट तीन वर्षदेखि टाढिँदै इस्मा >> घर र धाराको जिआइएस प्रणालीबाट अनुगमन सुरु >> दाउन्नेको काम चाँडो सक्न मन्त्री घिसिङको निर्देशन  >> विश्व ध्यान दिवसको औचित्य >> नगरपालिकाद्वारा निःशुल्क दाउरा वितरण >> बँदिया भाले: आम्दानीको स्रोत >> आज विश्व ध्यान दिवस >> सेवा प्रवाहमा जनशक्ति अभाव मुख्य चुनौती >> आयोजकलाई अपमान गरेपछि हर्क साम्पाङले गरे उपाध्यक्ष परियारलाई कारबाही >> जेनजी आन्दोलन समिति संयोजकमा मिरज ढुंगाना, सरकार अपदस्थ गर्नेदेखि सर्वपक्षीय सरकारको योजना >> अर्जुन सापकोटा, पूर्णकला बिसी र रमेश भट्टराईले तताए अवलोकन कर्तालाई >> दोस्रो लुम्बिनी क्लासिक राष्ट्रब्यापी डेडलिफ्ट प्रतियोगिताको उपाधि दिकेश र गितालाई  >> भलिवलतर्फ होराइजन र एभरेष्टलाई तथा कबड्डीतर्फ कालिका र न्यू होराइजनलाई उपाधि >> होराइजन गौतमबुद्धमा जिल्लास्तरीय हाजिरीजवाफ : अक्सफोर्ड प्रथम, सुनगाभा द्वितीय >> स्थानीय र सशस्त्र प्रहरीद्वारा श्रमदान, कैलाशधाम जाने गोरेटो निर्माण तीव्र >> ७० रुपैयाँमा १५ युनिट पानी दिदै फुलबारी खानेपानी >> फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम चालिएको छ : प्रधानमन्त्री कार्की >> तमु ल्होसार विविध कार्यक्रमका साथ मनाइँदै

महिला दौड प्रतियोगिता उपाधि कालिका माविकी प्रकृतिलाई

२५ फाल्गुन २०८१, आइतबार
२५ फाल्गुन २०८१, आइतबार

बुटवल, २५ फागुन ।
११५ औं अन्तराष्ट्रिय महिला दिवसको अवसरमा महिला सशक्तिकरण, स्वास्थ्यका लागि खेल भन्ने नाराका साथ बुटवलमा शनिबार ५ किलोमिटर र २ किलोमिटर खुल्ला महिला दौड प्रतियोगिता सम्पन्न भएको छ ।रेडियो मुक्ति बुटवलको आयोजना,कालिका स्वाबलम्बन सामाजिक केन्द्र तथा सेतो गुराँस बालविकास सेवा रूपन्देहीको सह आयोजना र बुटवल उपमहानगरपालिका, देवदह नगरपालिका, बित्तिय तथा सामाजिक संघसंस्था तथा बिभिन्न क्लबहरूको सहकार्यमा प्रतियोगिता सम्पन्न भएको हो ।दौड प्रतियोगितामा कालिका मानवज्ञान माविकी प्रकृति घिमिरे २३ मिनेट २८ सेकेण्ड ३४ प्रतिसेकेण्डमा ५ किलोमिटर दुरी पार गर्दै प्रथम हुन सफल भएकी छन् । प्रथम घिमिरेले नगद १० हजार रूपैयाँ, मेडल र प्रमाणपत्र प्राप्त गरिन् । त्यस्तै मानवज्ञान माबिकै कृति पराजुली २३ मिनेट ३९ सेकेण्ड १४ प्रतिसेकेण्डमा दुरी पार गरि द्वितिय भइन् । द्वितिय क्षेत्रीले ७ हजार रूपैयाँ नगद, मेडल र प्रमाणपत्र प्राप्त गरिन् ।

त्यस्तै ज्ञानोदय माबिकी इश्वरी बि. क. २४ मिनेट ३० सेकेण्ड ५० प्रतिसेकेण्डमा पाँच किलोमिटर दुरी पार गर्दै तृतिय हुन सफल भइन् । बुढाले नगद रु नगद ५ हजार ,प्रमाणपत्र र मेडल प्राप्त गरिन् । त्यस्तै २ किलोमिटर महिला दौड प्रतियोगिता अन्र्तगत बुटवल ९ की कल्पना बस्नेत ९ मिनेट ५९ सेकेण्ड १६ प्रतिसेकेण्डमा २ किलोमिटर दुरी पार गरि प्रथम हुन सफल भईन् । उनले नगद रु ५ हजार ५ सय रूपैया र प्रमाणपत्र तथा मेडल प्राप्त गरिन् । ज्ञानोदय माबिकी कल्पना पल्ली ९ मिनेट ५९ सेकेण्ड ८४ प्रतिसेकेण्डमा दुरी पार गर्दैै द्वितिय हुन सफल भइन् । उनले नगद रु. ४ हजार ५ सय प्रमाणपत्र तथा मेडल प्राप्त गरिन् । तिलोत्तमा ९ की रामकुमारी गाहा १० मिनेट ३४ सेकेण्ड ३५ प्रतिसेकेण्डमा दुरी पार गर्दै तेस्रो हुन सफल भईन् । उनले नगद रु. ३ हजार रूपैयाँ मेडल र प्रमाणपत्र प्राप्त गरिन् । ५ किलोमिटर दौड प्रतियोगितामा १४ बर्षदेखि २१ बर्ष सम्मका र २ किलोमिटर दौड प्रतियोगितामा २१ देखि माथि उमेर समुहका महिलाहरू सहभागी भएका थिए ।

विजयी प्रतियोगिलाई रेडियोका उपाध्यक्ष, महिला दौड कार्यक्रमका अध्यक्ष कबिता अर्याल, बुटवल उपमहानगरपालिका वडा नम्बर ४ का अध्यक्ष नरिश्वर शर्मा पौडेल, समृद्धि हेयर ड्रेसिङ्ग शलुन बुटवलका संचालक मोहन ठाकुर, उपहार सुज हाउसका संचालक उमा देवकोटा, उत्तम देबकोटा, इनरव्हील डिष्ट्रिक ३५० का चेयर मेन आशा श्रेष्ठ, सफ्टी हाईजिन प्रा। लिका बजार अधिकृत बिश्वास पोखरेल, कृष्णमाया कार्की लगायतले पुरस्कार प्रदान गरेका थिए ।कार्यक्रममा सफ्टी हाईजिन प्रा लि र उपहार सुज, समृद्धि हेयर ड्रेसिङ्ग शलुन बुटवल, पाथवे बुटवल अबोर्ड स्टडी प्रा लिले बिजेता ६ जना र सबैभन्दा कम र सबैभन्दा बढी उमेरका खेलमा सहभागी महिलाहरूका लागि बिशेष गिफ्ट ह्याम्पर प्रदान गरेका थिए ।
प्रदेश प्रमुख कार्यालयबाट शुरु भएको ५ किलोमिटर दौड मिलनचोक हुँदै फाईनान्स पुगेर पुनः प्रदेश प्रमुख कार्यालयमा पुगेर समापन गरिएको थियो । भने २ किलोमिटर दौड प्रदेश प्रमुख कार्यालयबाट शुरुभई ट्राफिक चोक पुगेर र पुनः प्रदेश प्रमुख कार्यालयमा आई समापन भएको थियो । कार्यक्रममा बुटवलका विद्यालय, सरकारी तथा गैरसरकारी संघसंस्था र महिला गरी ४५० जना महिलाको सहभागिता रहेको थियो ।

५ किलोमिटर दौड प्रतियोगिताको एक कार्यक्रमका बीच बुटवल उपमहानगरका नगरप्रमुख खेलराज पाण्डेयले उद्घाटन गरेका थिए । सो अवसरमा बोल्दै पाण्डेयले खेल क्षेत्रको प्रबद्र्धनका लागि बुटवलले बिभिन्न खेल गतिबिधि संचालन गरिरहेको बताए । उनले महिलाको खेल क्षेत्रको बिकास संगै आर्थिक, सामाजिक सबलीकरणका लागी नगरले बिभिन्न सिपमूलक कार्यक्रम अगाडी सारेको बताए ।२ किलोमिटर खुल्ला महिला दौड कार्यक्रम उद्घाटन गर्दै उपप्रमुख साबित्रादेबि अर्यालले महिलाको आन्दोलनहरूले सफलताको मार्गमा अगाडी बढेको बताउँदै खेलमा पनि महिलालाई लगानी गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रमले खेलाडीमा हौसला प्रदान हुने बताईन् । आर्थिक सशक्तीरकरणमा नगरले महिलामा लगानीको वातावरण स्थापना गरेको बताइन् । महिला दिवसका अवसरमा बुटवल उपमहानगरपालिकाले बिभिन्न क्षेत्रमा सफल महिलाहरूलाई सम्मान गरिने बताईन् ।

बुटवल उपमहानगरपालिका वडा नम्बर ४ का अध्यक्ष नरिश्वर शर्मा पौडेलले रेडियो मुक्तिले आयोजना गरेका कार्यक्रम महिला शसक्तिकरण संग जोडिएका हुने भएकाले वडाबाट सधै साथ रहयोग रहेको बताए । रेडियोका सचिव सबिता निरौलाले महिला खेलाडी उत्पादनमा टेवा पुगोस् भन्ने उदेश्यले दौड प्रतियोगिता आयोजना गरिएको बताइन् । कार्यक्रममा इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव निरिक्षक इन्द्र बहादुर राना, पत्रकार महासंघ रूपन्देहीका काबा अध्यक्ष बिश्वास ढकाल, कार्यक्रम सहआयोजक संस्था कालिका स्वाबलम्बन सामाजिक केन्द्रका अध्यक्ष मनिदप सिङ, खेलकुद पत्रकार मञ्चका अध्यक्ष सुमन अधिकारी, खेल प्राबिधिक प्रमुख मोहन घले लगायतको उपस्थिति रेडियो मुक्तिका स्टेशन म्यानेजर कल्पना तिवारीले जानकारी दिईन् । बुटवल ४ मा स्टुडियो रहेको रेडियो दैनिक १७ घण्टा प्रसारण हँुदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?