ट्रेंडिंग:

>> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी >> एनपीएलमा लिग चरणको अन्तिम खेल आज : जनकपुर र कर्णाली भिड्दै >> गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु >> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ

भुकम्पको धक्का बढ्दै बिपद् पूर्व तयारीमा ध्यान जाओस्

२५ फाल्गुन २०८१, आइतबार
२५ फाल्गुन २०८१, आइतबार

पछिल्लो केही दिनयता नेपालका विभिन्न स्थानलाई केन्द्र बनाएर भुकम्प जाने क्रम बढेको छ । त्यसले आगामी दिनमा ठूलो भूकम्प जानसक्ने संभावनाको संकेत गरेको छ । भुगर्भविदहरू समेत पश्चिम नेपालमा ठूलो भुकम्पको संभावना रहेको भन्दै सजग रहनुपर्ने चेतावनी दिदै आएका छन् । शनिवार दिउँसो काठमाण्डौंमा भुकम्पको धक्का महसुस भएको छ भने शनिवार विहानै म्याग्दी केन्द्र भएर भुकम्प गएको छ । त्यसअघि सिन्धुपाल्चोक केन्द्र भएर भुकम्प जाँदा सामान्य क्षति भएको थियो । पश्चिम नेपालका पहाडी जिल्लामा दिनदिनै सानो ठूलो भुकम्पको धक्का महसुस हुँदै आएको छ । भनिन्छ विपत् बाजा बजाएर आउँदैन् । सानो भुकम्पको धक्काले ठूलो भुकम्प जाने संभावनातर्फ सचेत वनाएको छ । यो बिषयमा संघीय सरकार, प्रदेश र स्थानीय पालिकाहरूको ध्यानाकर्षण हुनैपर्दछ । कुनैपनि समय भुकम्पले ठूलो मानवीय क्षति गर्न सक्ने भएकोले उद्धार, राहत र पुनस्र्थापनातर्फ सम्वन्धित निकायको ध्यान जाओस् । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत राज्य संयन्त्रको परिचालनका लागि तयारी अवस्थामा राखिनु जरुरी छ । घाइतेलाई समयमै अस्पतालमा पु¥याउन सकिएको अवस्थामा कम क्षति हुने भएकोले सरकारको यो बिषयमा समयमै ध्यान जानु जरुरी छ । प्रकोपप्रति लापरवाही गरियो भने त्यसले धेरै क्षति निम्त्याउने भएकोले पूर्व सजगता आवश्यक छ ।

अहिलेपनि सुदूर पश्चिमका जनताले भूकम्पले घरमा क्षति पु¥याएपछि नागरिक त्रिपालमुनि ओत लाग्न बाध्य छन् । विभिन्न दातृ निकाय तथा सहयोगी दाताले भूकम्पपीडितका लागि ठूलो परिमाणमा आवश्यक राहत सामग्री उपलब्ध गराएपनि प्रभावकारी हुन सकेन् । सरकारले एकद्वार प्रणालीमार्फत राहत वितरण गर्ने भनिएपनि वास्तविक पीडितले एक थान त्रिपालसमेत पाउन नसकेको विगतको उदाहरणबाट पाठ सिक्नु जरुरी छ । नेपालमा गएका ठूला भुकम्पमा सरकारी प्रक्रियागत ढिलासुस्ती, पहुँचवाला र उच्चपदस्थ भनिनेहरूले आफ्नो हात जगन्नाथ गरेका हुनाले अधिकांश पीडितले समयमै राहत पाउन नसकेको देखिन्छ । अर्कोतर्फ भुकम्पले तत्काल क्षतिमात्रै गर्दैन, भूकम्पले ठूलो जोखिम समेत संगै लिएर आएको हुन्छ । भूकम्पपछि विभिन्न बस्ती जोखिममा पर्दै आएका छन् । बेला बेला गैरहने पराकम्पले ठूलो समस्या निम्त्याउँदै आएको देखिएको छ । एकपटक जाने भुकम्पले विद्यार्थीको पढाइसमेत प्रभावित हुने गरेको छ । प्रभावित क्षेत्रका विद्यालय भवन अहिलेपनि जोखिममा छन् भने सबै परिवार एउटा पालमुनि बस्नुपर्ने भएकाले विद्यार्थीका लागि पढ्ने वातावरण नै हुँदैन । यो तीतो यथार्थ सम्बोधनमा ढिलाई नहोस् । प्रभावित क्षेत्रमा शौचालय नहुँदा खुला दिसापिसाब गर्ने गरिएकाले सोबाट समेत विभिन्न रोगको संक्रमण हुने खतरा उत्तिकै छ ।

अबको दिनमा भुकम्पबाट हुन सक्ने संभावित जोखिमबाट बच्न पूर्व सुरक्षातर्फ ध्यान दिनैपर्दछ । विगतमाझैँ अव आउने भुकम्पमा राज्यको सामथ्र्य, समन्वय र पहलकदमीको कमजोरी नहोस भन्नेतर्फ ध्यान जाओस् । राज्य सञ्चालनको जिम्मेवारीमा रहेकाहरूको मनोदशा र नियत सतहमै नपोखियोस् । कम्तीमा यो बिषयमा समयमै सरकारको ध्यान जाओस् । निश्चित रूपमा अबको चरण पुनस्र्थापना र नवनिर्माणको हो । पुनस्र्थापना र नवनिर्माणका लागि सरकारको ठोस पहलकदमी र योजना देखिँदैन । ०७२ को विनाशकारी भूकम्प र त्यसबाट उत्पन्न संकटको सामना गरिसकेको नेपालले पाठ सिक्नुपर्ने थियो । सावधानी र पूर्वतयारी गर्नुपर्ने, नवनिर्माणमा कसरी काम गर्ने भन्ने सामथ्र्यको विकास गर्नुपर्ने थियो । तर, सरकारले यसबाट कुनै शिक्षा लिएको देखिएन् । यो गंभीर चिन्ताको बिषय हो । नेपाल सरकार आफैँसँग पुनर्निर्माण प्राधिकरण बनाएर काम गरेको अनुभव छ । त्यस अनुभवका आधारमा संभावित जोखिममा काम गर्नेगरी टिम वनाउन जरुरी छ । विगतमा जाजरकोट र रुकुम भुकम्पमा राज्यको ठूलो कमजोरी देखिएको छ । अवको दिनमा त्यस्तो कमजोरी दोहोरिन दिनु हुँदैन । सरकार प्रभावित जनताप्रति उत्तरदायी र जवाफदेही बनोस् । बेलैमा होस नपु¥याउँदा विपदले ठूलो क्षति पु¥याउने भएकोले राज्यका तिनै तहले विपद पूर्व व्यवस्थापनमा अहिलेदेखि नै सतर्कता अपनाउनु आवश्यक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?