ट्रेंडिंग:

>> शिक्षा सुधार बहसः भौतिक संरचना र गुणस्तरमा जोड >> फोटो प्रदर्शनीमा अवलोकनकर्ताको चासो, स्वदेशी उद्योगका उत्पादनप्रति बढ्दै ध्यान >> जंगलबिचको स्वर्ग : बाह्रकुने दह >> पत्रकार महासंघ बाँकेमा ३० जनाद्वारा रक्तदान, शतक रक्तदाता जयसवाल सम्मानित >> विद्यार्थीको अध्ययनमा सहजता ल्याउन एनआईएमबी बैंकको जुत्ता–मोजा >> अज्ञात समूहद्वारा उपकुलपतिमाथि अभद्र व्यवहार >> प्रधानमन्त्रीलाई भेट्न रवि लामिछाने बालुवाटार जाँदै >> हुस्सु र शितलहरले बाँकेको जनजीवन प्रभावित >> विश्व ध्यान दिवसका अवसरमा नेपालगञ्जमा ध्यानको सन्देश >> कांग्रेसका शीर्ष बाहेकका ६५ निवर्तमान सांसदले गरे पुनर्स्थापनाको पक्षमा हस्ताक्षर >> कर्णाली प्रदेश अस्पतालमा साढे २५ लाख हिनामिना, तीन जना दोषी ठहर >> राष्ट्रपतिको सल्लाहकारबाट राजीनामा दिएका सुनिल थापा राष्ट्रियसभाका उम्मेदवार सिफारिस >> संसद् पुनर्स्थापनाबारे षड्यन्त्रको आँखा नचम्काइयोस् : रवि लामिछाने >> रुपन्देहीमा स्थानीयले ईशान हत्याको अनुसन्धान नपुग्दा प्रहरी कार्यालय घेराउ >> ट्याक्टर दुर्घटनामा चालकको मृत्यु >> रवि लामिछानेलाई पार्टी कार्यालयमा बाजागाजासहित स्वागत >> नेप्से परिसूचक २६ सयमुनि झर्‍यो >> रास्वपाको केन्द्रीय समिति बैठक बस्दै >> शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज : बाघ गणना आरम्भ हुन लाग्यो >> रास्वपाले गुण्डुमा शुरु गर्‍यो घरदैलो अभियान >> सम्झौतापछि पनि रिहा नभएकाले सुदनले गरे गृहमन्त्रीको मोबाइल नम्बर सार्वजनिक >> फेसबुक ‘मनिटाइजेसन’ नीतिमा ठूलो परिवर्तन, नेपाली क्रिएटरलाई कस्तो असर पर्ला ? >> जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने घोषणा >> लुम्बिनीमा प्रथम हिमालयन रिम क्षेत्रीय फिल्म प्रदर्शनी सम्पन्न >> राष्ट्रिय सभाबाट सरकारलाई प्रश्न : निर्वाचन तोकिएको समयमा सम्पन्न हुन्छ कि हुँदैन ? >> सरकारी कार्यालयमा हप्तामा एक–दुई दिन परम्परागत पोसाक लगाउन सकिन्छ : प्रधानमन्त्री >> सभामुख घिमिरेसँग चिनियाँ राजदूत छन सोङको बिदाइ भेट >> सुनको भाउ घट्यो, चाँदीको अहिलेसम्मकै उच्च >> ८ सीडीओ सरुवा, ४ दिनसम्म जिल्लामा नेतृत्वविहीन अवस्था >> मार्क इन्टरनेसनल कलेजमा खेलकुद सप्ताह सुरु >> सार्वजनिक कार्यक्रममा नागरिकले गरे सुशासन, पारदर्शिता र नैतिकतामाथि प्रश्न >>  कृषकलाई ५० प्रतिशत अनुदानमा पम्पसेट वितरण >> जनताको गुनासो सुन्नबाट तीन वर्षदेखि टाढिँदै इस्मा >> घर र धाराको जिआइएस प्रणालीबाट अनुगमन सुरु >> दाउन्नेको काम चाँडो सक्न मन्त्री घिसिङको निर्देशन  >> विश्व ध्यान दिवसको औचित्य >> नगरपालिकाद्वारा निःशुल्क दाउरा वितरण >> बँदिया भाले: आम्दानीको स्रोत >> आज विश्व ध्यान दिवस >> सेवा प्रवाहमा जनशक्ति अभाव मुख्य चुनौती >> आयोजकलाई अपमान गरेपछि हर्क साम्पाङले गरे उपाध्यक्ष परियारलाई कारबाही >> जेनजी आन्दोलन समिति संयोजकमा मिरज ढुंगाना, सरकार अपदस्थ गर्नेदेखि सर्वपक्षीय सरकारको योजना >> अर्जुन सापकोटा, पूर्णकला बिसी र रमेश भट्टराईले तताए अवलोकन कर्तालाई >> दोस्रो लुम्बिनी क्लासिक राष्ट्रब्यापी डेडलिफ्ट प्रतियोगिताको उपाधि दिकेश र गितालाई  >> भलिवलतर्फ होराइजन र एभरेष्टलाई तथा कबड्डीतर्फ कालिका र न्यू होराइजनलाई उपाधि >> होराइजन गौतमबुद्धमा जिल्लास्तरीय हाजिरीजवाफ : अक्सफोर्ड प्रथम, सुनगाभा द्वितीय >> स्थानीय र सशस्त्र प्रहरीद्वारा श्रमदान, कैलाशधाम जाने गोरेटो निर्माण तीव्र >> ७० रुपैयाँमा १५ युनिट पानी दिदै फुलबारी खानेपानी >> फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम चालिएको छ : प्रधानमन्त्री कार्की >> तमु ल्होसार विविध कार्यक्रमका साथ मनाइँदै

‘एक्ली महिला रेफ्रि कृति’

२५ फाल्गुन २०८१, आइतबार
२५ फाल्गुन २०८१, आइतबार

बुटवल, २५ फागुन ।
रूपन्देहीको सिंगो शानका रूपमा रहेकी छिन् एक मात्र महिला फुटबल रेफ्री कृति सेन ठकुरी । उमेरले २७ वर्ष टेकेकी कृति खेलाडीसँगै मैदानमा कहिले सिट्टी फुक्दै त कहिले साईड ट्रयाकमा झण्डा लिएर दौडिरहेकी हुन्छिन् । किशोरदेखि युवा अवस्थाका खेलाडीसँग कुदिरहने उनि रूपन्देही जिल्लाको तिलोत्तमा नगरपालिकी बासिन्दा हुन् ।रूपन्देहीमा हाल सक्रिय रहेका १७ जना फुटबल खेलका रेफ्रीहरू मध्ये कृति एकमात्र महिला हुन् । एन्फा रूपन्देहीका पुर्व अध्यक्ष तथा बर्तमान म्याच कमिश्नर हरिप्रसाद श्रेष्ठका अनुसार फुटबलतर्फ कृति रूपन्देहीको पहिलो र एकमात्र महिला रेफ्री हुन । परिवारमा ५ दिदीबैनी र १ दाजु रहेको बताउने कृतिका अनुसार उनकी दिदिले विवाह अघि खेल खेल्ने गरेको र दिदिको प्रेरणाबाट खेलक्षेत्रमा रुचि बढेको बताउछिन् । खासगरि फुटबल खेलका गुरु हेमन्त श्रेष्ठले गर्दा आफु खेल क्षेत्रमा प्रवेश गरेको बताउछिन् । शुरुआतमा बिभिन्न खेलहरू खेल्ने गरेको भएपनि पछिल्लो समय फुटबल खेललाई नै प्राथमिकता दिएर रेफ्रि बनेको उनि बताउछिन ।

कृति भन्छिन्—‘मलाई सानैदेखि खेलकुद प्रति रुची थियो, पछि फुटबलप्रति रुचि बढेर गयो अनि रेफ्री बन्ने रहर जाग्यो ।’ सानैमा १२/१३ वर्षको उमेरदेखि नै फुटवल खेल्दै आएकी उनि ७ वर्ष अघिदेखि रेफ्रीको भूमीकामा रहेर खेल खेलाउदै आएकी छन् । बिभिन्न चरणको रेफ्री कोर्ष प्ुरा गरेर उनि फेरी पनि नेशनल रेफ्रीको क्याटगोरी २ मा परेकी छिन् । उनि थप्छिन्—‘हरेक वर्ष दौड, फिटनेश तथा कोर्ष पास गर्नु पर्ने हुन्छ लाइसेन्सका लागि ।’ सानैदेखिको खेलप्रतिको रुचिका कारण खेल क्षेत्रलाई आफ्नो पेशाको रूपमा अपनाएको बताउने कृतिले खेललाई यो रहर मात्रै हैन करिअरकै रूपमा अघि बढाउँने बताउछिन् ।कृतिले राष्ट्रिय हुँदै अन्तर्राष्ट्रिय स्तरको रेफ्री बन्ने सपना बोकेकी छिन् । कृतिका अनुसार नेपालमा महिला रेफ्रीहरू उत्पादन एकदमै कम भएको महशुस गरेपनि रूपन्देहीमा त झन उत्पादन नै छैन भन्दा पनि हुन्छ । उनले भनिन् —‘बिगत ७ बर्षयता एउटा पनि नयाँ महिला रेफ्रि उत्पादन भएको छैन । यो क्षेत्रमा महिलाको उपस्थितिलाई बलियो बनाउने तथा खेलकै माध्यमबाट राष्ट्रलाई अन्तराष्ट्रिय स्त्तरमा चिनाउछु र धेरै मेहनत गरेर अघि बढ्नेछु ।’ महिला रेफ्रि उत्पादन गर्नका लागि सरकारी निकाय तथा फुटबल संघ लगाएतका सरोकारवालाहरूले चासो लिनु पर्ने उल्लेख गर्दै कृतिले महिला खेलाडीहरूलाई प्रोत्साहित गर्ने खालका कार्यक्रमहरू संचालन गर्नुपर्ने कुरामा जोड दिएकी छन् ।

फुटबल प्रशिक्षक तथा सिनियर रेफ्रि बिष्णु पौडेलले पेशागत सुरक्षाको अभाव, ब्यबसायिक खेलाडी तथा प्रशिक्षक र रेफ्रीहरूको बिकास र संरक्षणका लागि कुनै खास कार्यक्रम र ठोस योजना नरहेकोले बिदेश पलायन बढ्दो रूपमा छ । यहाँ बसेर खेलेर वा प्रशिक्षक बनेर जिविकोपार्जन हुन्छ भन्ने कुराको ग्यारेन्टी नहुदा युवाहरू बिदेश पलायन भैरहेका छन् । अझ महिला खेलाडी, प्रशिक्षक र रेफ्रिहरूको हकमा त घरपविार र समाजको कुरा लगाएत बिभिन्न बाधक तत्वहरू छन् । रेफ्रि र प्रशिक्षकको अभावमा पुरुषले महिलालाई सिकाउनु परिरहेको छ जुन कहिलेकाहीं असहज पनि हुन्छ ।पुर्व खेलाडी समेत रहेका बिष्णु भन्छन्—हाम्रो समाजमा बिभिन्न संस्कार संस्कृतिहरू पनि छन, सोंच बिचारहरू पनि छन, आखिर के पाउछौ खेलेर ? के पाउछौ रेफ्रि बनेर ? भोली बिहे भएपछि घरधन्दा नगरि सुख छैन जस्ता थुप्रै कुराहरूले गर्दा यसक्षेत्रमा महिलाहरूको आकर्षण कम भएको हो । तर उचित अवसर र सम्मान पाउने हो भने महिलाहरूको उपस्थिती बढ्ने निश्चित छ । अवसर र हौसला पाएमा महिलाहरूले पनि उत्साहका साथ केही गर्न सक्छन भन्ने सोंचको बिकास आजको आवश्यक्ता हो भन्ने कुरामा अधिकांश खेलाडी र रेफ्रिहरू सहमत छन् ।

म्याच कमिश्नर श्रेष्ठका अनुसार यो समय खेलकुदका लागि र रेफ्रिका लागि निकै ब्यस्त समय हो, रूपन्देही लगाएत बिभिन्न जिल्लामा एकैपटक दर्जनौ प्रतियोगिताहरू भैरहेका छन् । श्रेष्ठ भन्छन्—‘समग्रमा यो सिजनमा रेफ्रीहरूको अभाव हुन्छ नै, तरपनि मुस्किलले म्यानेज गरेका छौं, अझ महिला रेफ्रि त पाउनै गाह्रो हुन्छ । अव हामी छिट्टै रेफ्रि तालिम गराउने सोंचमा छौं, यसमा महिला सहभागिता बढाउने प्रयास पनि गर्ने छौं ।’ महिला खेलाडीको भावना र मनोबिज्ञान बुझ्न महिला रेफ्रि नै भएमा उत्तम हुने धारणा श्रेष्ठको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?