ट्रेंडिंग:

>> लमहीमा बिलबिजक बिनै ल्याइएका करिब साढे ३ लाख बराबरका सामान बरामद >> केशवराज हायुको हत्या हुँदा घटनास्थलमा रहेका अर्का युवक जंगलमा मृत भेटिए >> लुम्बिनी प्रदेशको राजधानी क्षेत्रमा सरकारी गाडी चलाउन रोक >> माइतीघर प्रदर्शनमा प्रहरी हस्तक्षेप, निकोलस भुसाललगायत नियन्त्रणमा >> साना किसान कृषि सहकारी संस्थामा सुनारी अध्यक्ष >> चालकहरूलाई सडकमा रोकेर ३ मिनेट अभियान सुरु  >> प्रदर्शनका क्रममा माइतीघरबाट रविकिरण हमालसहित ५ जना पक्राउ >> सुन र चाँदी दुवैको मूल्य हालसम्मकै उच्च >> गुल्मीमा १८१ जनाले राहदानी बनाउँदा ९ लाख बढी राजस्व सङ्कलन >> आन्तरिक पर्यटकको रोजाइमा गर्जुरा पार्क, ५ महिनामा १२ हजार बढीले अवलोकन >> भदौ २३ को घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छ : गगन थापा >> निर्वाचन तयारीबारे आयोगले आज प्रधानमन्त्री र दलहरूसँग छलफल गर्दै >> डढेलो विरुद्ध पूर्व तयारीमा जुट्ने समय >> आज माइतीघरबाट ‘शान्तिपूर्ण आन्दोलन’ थाल्दै जेनजी मिराज ढुंगानाको समूह >> गण्डक नदी बलियो कि, ‘परक्यूपाइन’ कमजोर ? >> सिद्धबाबा सुरुङमार्गको काम ६५ प्रतिशत सकियो, मन्त्री घिसिङद्वारा छिटो सक्न निर्देशन >> निर्वाचन गराउने कुरामा खुट्टा नकमाऊ >> मानव–वन्यजन्तु द्वन्द्वले त्रासमा मान्छे र वन्यजन्तु  >> तेजपत्ता–दालचिनी चुरेका गाउँको प्रमुख आम्दानी >> तराईमा हुस्सु र कुहिरोको प्रभाव रहने >> रवि छुटेको दुई दिनपछि तीन करोड धरौटी बुझाएर छुटे छविलाल >> प्रधानमन्त्रीसँग लामिछानेको आग्रहः जेनजीसँगको सम्झौता कार्यान्वयन गरौँ, निर्वाचनमा दायाँबायाँ नगरौँ >> शिक्षा सुधार बहसः भौतिक संरचना र गुणस्तरमा जोड >> फोटो प्रदर्शनीमा अवलोकनकर्ताको चासो, स्वदेशी उद्योगका उत्पादनप्रति बढ्दै ध्यान >> जंगलबिचको स्वर्ग : बाह्रकुने दह >> पत्रकार महासंघ बाँकेमा ३० जनाद्वारा रक्तदान, शतक रक्तदाता जयसवाल सम्मानित >> विद्यार्थीको अध्ययनमा सहजता ल्याउन एनआईएमबी बैंकको जुत्ता–मोजा >> अज्ञात समूहद्वारा उपकुलपतिमाथि अभद्र व्यवहार >> प्रधानमन्त्रीलाई भेट्न रवि लामिछाने बालुवाटार जाँदै >> हुस्सु र शितलहरले बाँकेको जनजीवन प्रभावित >> विश्व ध्यान दिवसका अवसरमा नेपालगञ्जमा ध्यानको सन्देश >> कांग्रेसका शीर्ष बाहेकका ६५ निवर्तमान सांसदले गरे पुनर्स्थापनाको पक्षमा हस्ताक्षर >> कर्णाली प्रदेश अस्पतालमा साढे २५ लाख हिनामिना, तीन जना दोषी ठहर >> राष्ट्रपतिको सल्लाहकारबाट राजीनामा दिएका सुनिल थापा राष्ट्रियसभाका उम्मेदवार सिफारिस >> संसद् पुनर्स्थापनाबारे षड्यन्त्रको आँखा नचम्काइयोस् : रवि लामिछाने >> रुपन्देहीमा स्थानीयले ईशान हत्याको अनुसन्धान नपुग्दा प्रहरी कार्यालय घेराउ >> ट्याक्टर दुर्घटनामा चालकको मृत्यु >> रवि लामिछानेलाई पार्टी कार्यालयमा बाजागाजासहित स्वागत >> नेप्से परिसूचक २६ सयमुनि झर्‍यो >> रास्वपाको केन्द्रीय समिति बैठक बस्दै >> शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज : बाघ गणना आरम्भ हुन लाग्यो >> रास्वपाले गुण्डुमा शुरु गर्‍यो घरदैलो अभियान >> सम्झौतापछि पनि रिहा नभएकाले सुदनले गरे गृहमन्त्रीको मोबाइल नम्बर सार्वजनिक >> फेसबुक ‘मनिटाइजेसन’ नीतिमा ठूलो परिवर्तन, नेपाली क्रिएटरलाई कस्तो असर पर्ला ? >> जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने घोषणा >> लुम्बिनीमा प्रथम हिमालयन रिम क्षेत्रीय फिल्म प्रदर्शनी सम्पन्न >> राष्ट्रिय सभाबाट सरकारलाई प्रश्न : निर्वाचन तोकिएको समयमा सम्पन्न हुन्छ कि हुँदैन ? >> सरकारी कार्यालयमा हप्तामा एक–दुई दिन परम्परागत पोसाक लगाउन सकिन्छ : प्रधानमन्त्री >> सभामुख घिमिरेसँग चिनियाँ राजदूत छन सोङको बिदाइ भेट >> सुनको भाउ घट्यो, चाँदीको अहिलेसम्मकै उच्च

‘विद्यार्थी ड्रप आउट रोक्न आवश्यक’

२५ फाल्गुन २०८१, आइतबार
२५ फाल्गुन २०८१, आइतबार

चन्द्रौटा, २५ फागुन ।
शिवराज नगरपालिकाकी उपप्रमुख शिवकुमारी थारुले पछिल्लो समय विद्यार्थीहरू विद्यालय ड्रप आउट हुने क्रम रोक्न आवश्यक रहेको बताएकी छन् । कपिलवस्तुको शिवराज नगरपालिकामा बालिका तथा समावेशी शिक्षा सञ्जालको क्षमता अभिवृद्धि कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।विद्यालयमा रहेको गुनासो पेटिकामा परेका गुनासोलाई सम्बोधन हुनेगरी सरोकारवाला सबैलाई सहजीकरण गर्न उनले आग्रह गरिन् । कतिपय विद्यालयका विद्यार्थीलाई यातना तथा पीडा भएपनि शिक्षकबाटै शोषण हुने गरेको थारुले उल्लेख गरिन् । यस्ता खालका घटना न्यूनीकरण गर्दै विद्याार्थीहरू सहजरूपमा अध्ययन हुने वातावरण सिर्जना गर्ने उनको भनाइ छ । विद्यार्थीहरूको गुनासोको आधारमा सुधार गर्दै शिक्षा क्षेत्रमा सकारात्मक प्रभावकारी गुणस्तरीय शिक्षा प्रवाहमा सबैको सहकार्य जरुरी रहेको उपप्रमुख थारुले बताइन् ।

विद्यालयको भौतिक संरचनासँगै हरेक पक्षको समग्र विकासमा एकजुट भइ लाग्नुपर्नेमा उनले जोडदिइन् ।नगरपालिकाका शिक्षा शाखा प्रमुख पूर्णबहादुर विश्वकर्माले पालिकामा लागु रहेको निःशुल्क शिक्षाको विषयमा बताए ।पहिलो चरणमा रहेको कारणले कठिनाई भएको बताउँदै दोस्रो चरण अनिवार्य शिक्षा लागूको क्षेत्रमा प्रवेश गर्ने उनले बताए । शिक्षालाई सुधार गर्न सिंगो पालिकाको टिम नै लागी परेको जनाउँदै उनले नीतिगत पक्रियाबारे जानकारी गराउँदै प्रशिक्षण दिएका थिए । यस्तै वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक सुजन शाहले व्यवहारिक समाजलाई चित्रण गर्दै पछिल्लो समय साइवर अपराध, अनैतिक क्रियकलाप, यौनजन्य हिंसा, लागूपदार्थ र्दुव्यसन जस्ता घटनाबारे अभिभावकसँगै सरोकारवाला सर्तक रहन आग्रह समेत गरेका हुन् । वडा नम्बर ५ चन्द्रौटामा रहेको सहज नेपालको सभाहलमा कार्यक्रम दुई दिन सम्म सञ्चालन भएको हो ।स्थानीय ७ वटा विद्यालयका प्रधानाध्यापक, व्यस्थापन समितिका अध्यक्ष र विद्यार्थीहरूले प्रयोगात्मक अभ्यास समेत गरिएको जनाइएको छ । यसैगरी सिद्धार्थ सामाजिक विकास केन्द्रका मिल अधिकृत यादव भुसाल, कार्यक्रम अधिकृत सावित्री चौधरी लगायतले कार्यक्रमलाई सम्बोधन गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?