Butwal Today

कर्णाली प्रदेशका तीन हिमाली जिल्लामा तारा एअरको उडान बन्द

२५ फाल्गुन २०८१, आइतबार
अ+
अ-

सुर्खेत ।

तारा एअरले सुर्खेतबाट मुगु, हुम्ला र जुम्लामा गर्दै आएको नियमित उडान बन्द गरेको छ। कम्पनीका अनुसार हरेक उडानमा नोक्सान भइरहेको र आवश्यक सहयोग नपाएको कारणले यो निर्णय लिनुपरेको हो।

कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन र वातावरण मन्त्री सुरेश अधिकारीले २०२४ डिसेम्बर ४ मा उद्घाटन गरेका यी हवाई सेवा अहिले बन्द भएका छन्। हिमाली टुर एन्ड ट्राभल्सले तारा एअरमार्फत यी तीन जिल्लामा उडान भर्दै आएको थियो।

ट्राभल्सका मीनबहादुर रावलका अनुसार, सहमतिअनुसार सातामा दुईपटक नियमित उडान भर्ने काम सुरु भएपनि कर्णाली प्रदेश सरकारबाट अपेक्षित सहयोग नपाउँदा हवाई सेवा बन्द गर्नुपरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?