ट्रेंडिंग:

>> भक्तपुरको निर्माणधीन घरमा मजदुरको हत्या >> ओलीलाई व्यंग्य गर्दै लामिछाने: गुन तिर्न अदालत धाइरहेको छु >> ओली देउवा भेट्न महाराजगञ्ज पुगे >> सडक निर्माणमा एमसीए-नेपालको ३ अर्ब ४३ करोडको ठेक्का सम्झौता >> प्रतिनिधिसभा पुनर्स्थापनाका लागि जसपा, जनमत र स्वतन्त्र सांसदले गरे हस्ताक्षर >> आँखा स्वास्थ्य पहिलो प्राथमिकता हुनुपर्ने  >> बंगलादेशमा शेख हसिनाविरोधी नेतालाई गोली हानियो >> कारोबार घटेसँगै सेयर बजार पनि घट्यो >> विद्याधर मल्लिकको प्रश्नः नो भोटमा पनि मतदान नगरे सुधार कसरी सम्भव हुन्छ ? >> देशभर मतदाता सूचीमा १० लाख १६ हजार नयाँ मतदाता थपिए >> उपकुलपतिलाई कालो मोसो दल्नेहरू मानवअधिकार र संविधान विरोधी हुन : नागरिक समाज दाङ >> सरकारले दलसँग माग्यो विदेशमा रहेका नेपालीको मताधिकारदेखि ‘नो भोट’ सम्म सुझाव >> गुल्मीमा आगलागी हुँदा एक व्यक्ति घाइते >> लमहीमा बिलबिजक बिनै ल्याइएका करिब साढे ३ लाख बराबरका सामान बरामद >> केशवराज हायुको हत्या हुँदा घटनास्थलमा रहेका अर्का युवक जंगलमा मृत भेटिए >> लुम्बिनी प्रदेशको राजधानी क्षेत्रमा सरकारी गाडी चलाउन रोक >> माइतीघर प्रदर्शनमा प्रहरी हस्तक्षेप, निकोलस भुसाललगायत नियन्त्रणमा >> साना किसान कृषि सहकारी संस्थामा सुनारी अध्यक्ष >> चालकहरूलाई सडकमा रोकेर ३ मिनेट अभियान सुरु  >> प्रदर्शनका क्रममा माइतीघरबाट रविकिरण हमालसहित ५ जना पक्राउ >> सुन र चाँदी दुवैको मूल्य हालसम्मकै उच्च >> गुल्मीमा १८१ जनाले राहदानी बनाउँदा ९ लाख बढी राजस्व सङ्कलन >> आन्तरिक पर्यटकको रोजाइमा गर्जुरा पार्क, ५ महिनामा १२ हजार बढीले अवलोकन >> भदौ २३ को घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छ : गगन थापा >> निर्वाचन तयारीबारे आयोगले आज प्रधानमन्त्री र दलहरूसँग छलफल गर्दै >> डढेलो विरुद्ध पूर्व तयारीमा जुट्ने समय >> आज माइतीघरबाट ‘शान्तिपूर्ण आन्दोलन’ थाल्दै जेनजी मिराज ढुंगानाको समूह >> गण्डक नदी बलियो कि, ‘परक्यूपाइन’ कमजोर ? >> सिद्धबाबा सुरुङमार्गको काम ६५ प्रतिशत सकियो, मन्त्री घिसिङद्वारा छिटो सक्न निर्देशन >> निर्वाचन गराउने कुरामा खुट्टा नकमाऊ >> मानव–वन्यजन्तु द्वन्द्वले त्रासमा मान्छे र वन्यजन्तु  >> तेजपत्ता–दालचिनी चुरेका गाउँको प्रमुख आम्दानी >> तराईमा हुस्सु र कुहिरोको प्रभाव रहने >> रवि छुटेको दुई दिनपछि तीन करोड धरौटी बुझाएर छुटे छविलाल >> प्रधानमन्त्रीसँग लामिछानेको आग्रहः जेनजीसँगको सम्झौता कार्यान्वयन गरौँ, निर्वाचनमा दायाँबायाँ नगरौँ >> शिक्षा सुधार बहसः भौतिक संरचना र गुणस्तरमा जोड >> फोटो प्रदर्शनीमा अवलोकनकर्ताको चासो, स्वदेशी उद्योगका उत्पादनप्रति बढ्दै ध्यान >> जंगलबिचको स्वर्ग : बाह्रकुने दह >> पत्रकार महासंघ बाँकेमा ३० जनाद्वारा रक्तदान, शतक रक्तदाता जयसवाल सम्मानित >> विद्यार्थीको अध्ययनमा सहजता ल्याउन एनआईएमबी बैंकको जुत्ता–मोजा >> अज्ञात समूहद्वारा उपकुलपतिमाथि अभद्र व्यवहार >> प्रधानमन्त्रीलाई भेट्न रवि लामिछाने बालुवाटार जाँदै >> हुस्सु र शितलहरले बाँकेको जनजीवन प्रभावित >> विश्व ध्यान दिवसका अवसरमा नेपालगञ्जमा ध्यानको सन्देश >> कांग्रेसका शीर्ष बाहेकका ६५ निवर्तमान सांसदले गरे पुनर्स्थापनाको पक्षमा हस्ताक्षर >> कर्णाली प्रदेश अस्पतालमा साढे २५ लाख हिनामिना, तीन जना दोषी ठहर >> राष्ट्रपतिको सल्लाहकारबाट राजीनामा दिएका सुनिल थापा राष्ट्रियसभाका उम्मेदवार सिफारिस >> संसद् पुनर्स्थापनाबारे षड्यन्त्रको आँखा नचम्काइयोस् : रवि लामिछाने >> रुपन्देहीमा स्थानीयले ईशान हत्याको अनुसन्धान नपुग्दा प्रहरी कार्यालय घेराउ >> ट्याक्टर दुर्घटनामा चालकको मृत्यु

‘एक्ली महिला रेफ्रि कृति’

२५ फाल्गुन २०८१, आइतबार
२५ फाल्गुन २०८१, आइतबार

बुटवल, २५ फागुन ।
रूपन्देहीको सिंगो शानका रूपमा रहेकी छिन् एक मात्र महिला फुटबल रेफ्री कृति सेन ठकुरी । उमेरले २७ वर्ष टेकेकी कृति खेलाडीसँगै मैदानमा कहिले सिट्टी फुक्दै त कहिले साईड ट्रयाकमा झण्डा लिएर दौडिरहेकी हुन्छिन् । किशोरदेखि युवा अवस्थाका खेलाडीसँग कुदिरहने उनि रूपन्देही जिल्लाको तिलोत्तमा नगरपालिकी बासिन्दा हुन् ।रूपन्देहीमा हाल सक्रिय रहेका १७ जना फुटबल खेलका रेफ्रीहरू मध्ये कृति एकमात्र महिला हुन् । एन्फा रूपन्देहीका पुर्व अध्यक्ष तथा बर्तमान म्याच कमिश्नर हरिप्रसाद श्रेष्ठका अनुसार फुटबलतर्फ कृति रूपन्देहीको पहिलो र एकमात्र महिला रेफ्री हुन । परिवारमा ५ दिदीबैनी र १ दाजु रहेको बताउने कृतिका अनुसार उनकी दिदिले विवाह अघि खेल खेल्ने गरेको र दिदिको प्रेरणाबाट खेलक्षेत्रमा रुचि बढेको बताउछिन् । खासगरि फुटबल खेलका गुरु हेमन्त श्रेष्ठले गर्दा आफु खेल क्षेत्रमा प्रवेश गरेको बताउछिन् । शुरुआतमा बिभिन्न खेलहरू खेल्ने गरेको भएपनि पछिल्लो समय फुटबल खेललाई नै प्राथमिकता दिएर रेफ्रि बनेको उनि बताउछिन ।

कृति भन्छिन्—‘मलाई सानैदेखि खेलकुद प्रति रुची थियो, पछि फुटबलप्रति रुचि बढेर गयो अनि रेफ्री बन्ने रहर जाग्यो ।’ सानैमा १२/१३ वर्षको उमेरदेखि नै फुटवल खेल्दै आएकी उनि ७ वर्ष अघिदेखि रेफ्रीको भूमीकामा रहेर खेल खेलाउदै आएकी छन् । बिभिन्न चरणको रेफ्री कोर्ष प्ुरा गरेर उनि फेरी पनि नेशनल रेफ्रीको क्याटगोरी २ मा परेकी छिन् । उनि थप्छिन्—‘हरेक वर्ष दौड, फिटनेश तथा कोर्ष पास गर्नु पर्ने हुन्छ लाइसेन्सका लागि ।’ सानैदेखिको खेलप्रतिको रुचिका कारण खेल क्षेत्रलाई आफ्नो पेशाको रूपमा अपनाएको बताउने कृतिले खेललाई यो रहर मात्रै हैन करिअरकै रूपमा अघि बढाउँने बताउछिन् ।कृतिले राष्ट्रिय हुँदै अन्तर्राष्ट्रिय स्तरको रेफ्री बन्ने सपना बोकेकी छिन् । कृतिका अनुसार नेपालमा महिला रेफ्रीहरू उत्पादन एकदमै कम भएको महशुस गरेपनि रूपन्देहीमा त झन उत्पादन नै छैन भन्दा पनि हुन्छ । उनले भनिन् —‘बिगत ७ बर्षयता एउटा पनि नयाँ महिला रेफ्रि उत्पादन भएको छैन । यो क्षेत्रमा महिलाको उपस्थितिलाई बलियो बनाउने तथा खेलकै माध्यमबाट राष्ट्रलाई अन्तराष्ट्रिय स्त्तरमा चिनाउछु र धेरै मेहनत गरेर अघि बढ्नेछु ।’ महिला रेफ्रि उत्पादन गर्नका लागि सरकारी निकाय तथा फुटबल संघ लगाएतका सरोकारवालाहरूले चासो लिनु पर्ने उल्लेख गर्दै कृतिले महिला खेलाडीहरूलाई प्रोत्साहित गर्ने खालका कार्यक्रमहरू संचालन गर्नुपर्ने कुरामा जोड दिएकी छन् ।

फुटबल प्रशिक्षक तथा सिनियर रेफ्रि बिष्णु पौडेलले पेशागत सुरक्षाको अभाव, ब्यबसायिक खेलाडी तथा प्रशिक्षक र रेफ्रीहरूको बिकास र संरक्षणका लागि कुनै खास कार्यक्रम र ठोस योजना नरहेकोले बिदेश पलायन बढ्दो रूपमा छ । यहाँ बसेर खेलेर वा प्रशिक्षक बनेर जिविकोपार्जन हुन्छ भन्ने कुराको ग्यारेन्टी नहुदा युवाहरू बिदेश पलायन भैरहेका छन् । अझ महिला खेलाडी, प्रशिक्षक र रेफ्रिहरूको हकमा त घरपविार र समाजको कुरा लगाएत बिभिन्न बाधक तत्वहरू छन् । रेफ्रि र प्रशिक्षकको अभावमा पुरुषले महिलालाई सिकाउनु परिरहेको छ जुन कहिलेकाहीं असहज पनि हुन्छ ।पुर्व खेलाडी समेत रहेका बिष्णु भन्छन्—हाम्रो समाजमा बिभिन्न संस्कार संस्कृतिहरू पनि छन, सोंच बिचारहरू पनि छन, आखिर के पाउछौ खेलेर ? के पाउछौ रेफ्रि बनेर ? भोली बिहे भएपछि घरधन्दा नगरि सुख छैन जस्ता थुप्रै कुराहरूले गर्दा यसक्षेत्रमा महिलाहरूको आकर्षण कम भएको हो । तर उचित अवसर र सम्मान पाउने हो भने महिलाहरूको उपस्थिती बढ्ने निश्चित छ । अवसर र हौसला पाएमा महिलाहरूले पनि उत्साहका साथ केही गर्न सक्छन भन्ने सोंचको बिकास आजको आवश्यक्ता हो भन्ने कुरामा अधिकांश खेलाडी र रेफ्रिहरू सहमत छन् ।

म्याच कमिश्नर श्रेष्ठका अनुसार यो समय खेलकुदका लागि र रेफ्रिका लागि निकै ब्यस्त समय हो, रूपन्देही लगाएत बिभिन्न जिल्लामा एकैपटक दर्जनौ प्रतियोगिताहरू भैरहेका छन् । श्रेष्ठ भन्छन्—‘समग्रमा यो सिजनमा रेफ्रीहरूको अभाव हुन्छ नै, तरपनि मुस्किलले म्यानेज गरेका छौं, अझ महिला रेफ्रि त पाउनै गाह्रो हुन्छ । अव हामी छिट्टै रेफ्रि तालिम गराउने सोंचमा छौं, यसमा महिला सहभागिता बढाउने प्रयास पनि गर्ने छौं ।’ महिला खेलाडीको भावना र मनोबिज्ञान बुझ्न महिला रेफ्रि नै भएमा उत्तम हुने धारणा श्रेष्ठको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?