ट्रेंडिंग:

>> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु

वनै खायो वनमाराले

२४ फाल्गुन २०८१, शनिबार
२४ फाल्गुन २०८१, शनिबार

पाल्पा, २४ फागुन ।

दुई दशक अगाडि सम्म सत्यवती धार्मिक वनमा प्रयाप्त मात्रामा विभिन्न बुट्यान प्रजातिका वनस्पती प्राकृतिक रुपमा उम्रिएका थिए । आज तिनै साना साना बुट्यान भएका ठाउँमा वनमारा नामक बुट्यान झारले वनै खाएको छ । मन्दिर आसपासका क्षेत्रमा मात्र नभई खेत र बारीका कान्लाहरुमा नै ढपक्कै वनमाराले ढाकेको स्थानीयहरु बताउँछन् । पहिलापहिलाका उर्वरा भूमिमा वनमाराले खत्तमै बनाएको स्थानीय दानबहादुर गाहा बताउँछन् । “कहाँबाट, कसरी, कसले यसको बिउ ल्यायो । यसले धान मकै हुने बारीमा पनि ढाक्यो । यो कालो प्रजातीको वनमारा त अत्यन्तै मिचाह नै रहेछ यसले अरु वालीलाई सर्पन र हुर्कन दिंदैन”–स्थानीय कमला दर्लामी बताउँछिन् ।

समस्या तिनाउ गाउँपालिकाको सत्यवती क्षेत्रको मात्र होइन, वगनासकाली गाउँपालिका, कालीगण्डकी नदी किनारका मन्द्रानमा समेत वनमाराले खेतबारी नै ढाकिसकेको स्थानीयहरु बताउँछन् । यसको बोटमा आगो लगाउने, पोल्ने, काट्ने गर्दा पनि कृषकलाई जितेरै वाली सखापै परेको स्थानीय कल्पना न्यौपाने बताउँछिन् । “यो प्रजातिको वनस्पती नभएको कुनै बस्ती नै भएन”– उनले भनिन् ।

“यो कहिल्यै पनि नाश नहँुदो रहेछ । यसको प्रयोग भएको हामीलाई थाहा नै छैन । यसको घाँस नहुँदो रहेछ । पहिला पहिला जस्तो गाई भैसीको थरी ओेभानो गराउन स्याउलाको लागि यो झार काट्ने प्रचलन पनि हरायो । त्यसले गर्दा पनि यस्ता प्रजातिका बुट्यानहरु बढदै गयो । यो केही गरे पनि हराउन भएन”– स्थानीय वाल कुमारी बोटे बताउँछिन्।

पहिला पहिला यस्ता झार थिएनन् । १५–२० वर्ष जति भए होला खेत बाारीका कान्ला के भन्ने आँगन, घरका पेटी पेटी उम्रन थालेको छ । कुनै समय यसको मन्टा काटेर वायोग्यायका रुपमा गोबरसंग घोलेर प्रयोग हुन्थ्यो । यसको मन्टा प्रयोग गर्दा ग्यास समेत राम्रो आउथ्यो । परिवारमा कम सदस्य , गोठमा बस्तु पाल्न छाडे पछि वनमारा काट्न पनि छाडे । कालो प्रजातीको वनमाराले वनै खाएको स्थानीय पार्वती न्यौपाने बताउँछिन् ।

रैनादेवी छहरा गाउँपालिका सत्यवतीका पराना पुस्ताका शंकर दर्लामी भन्छन्–“यसले अन्तिममा खेतिपातीबाट विस्थापित बनाउँछ । धान लगाउने खेतमा त पानी हुन्छ राम्रोसंग जोत्ने हो भने हराउछ र यसको मल पनि हुन्छ तर बारीमा दुस्मनै भयो ।”

यसको नियन्त्रणका सवालमा वन प्राविधिक पनि अनभिज्ञ नै छन् । यसको अध्यन गर्ने भनेको वनस्पती विभाग हो त्यहा मात्र जानकारी हुन सक्ने वन प्राविधिक रामचन्द्र लामा बताउछन् । वनस्पती विभागको तथ्थाङ्क अनुसार नेपालमा सन १८८० यता यस्ता मिचाह वनस्पती भित्रिएको पाइन्छ । यस्ता मिचाह वनस्पती मध्ये नेपालमा पहिलो पटक भित्रिएको करौती घाँस हो । १८२५ तिर नेपालमा सेतो वनमारा त्यसपछि कालो वनमारा फैलिएको वनमाराको उद्गम स्थल अमेरिका मानिन्छ ।

अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय बिकास केन्द्र (इसिमोड) का प्राविधिक इश्वर ज्ञवालीका अनुसार मिचाह यस्ता प्रजातिको जिवनकाल छोटो र उच्च बृद्धिदर, धेरै क्षेत्रमा एकै पटक फैलन सक्ने, धेरै सख्यामा बिउको उत्पादन हुने, नया परिवेश, नया हावापानी, नया भुगोल माटोलाई छिटो नै आफ्नो नियन्त्रणमा लिन सक्ने क्षमता भएकाले मिचाह बाह्य प्रजातीले रैथाने प्रजाति माथि अधिपत्य जमाउन सक्ने क्षमता भएको छ यसमा ।

विगतमा चरीचरन गर्ने ठाउमा देखि खेतियोग्य जमिनमा समेत वनमाराले ढाकेको र खेति गर्दा पहिला वन्य जन्तुबाट जोगाउन कठिन त्यसमाथि वनमाराले पनि सखापै पारेको पुर्वखोला गाउँपालिकाकी बुद्धीमाया शारु बताउँछिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?