© 2026
बुटवल, २४ फागुन । लायन्स क्लब अफ बुटवल तिलोत्तमा मायादेवीले ११५ औ नारी दिवसमा सचेतनामुलक कार्यक्रम गरि मनाएको छ । कार्यक्रमको एक समारोहका बिच लायन्स डिष्ट्रिक ३२५ पि का डिष्ट्रिक गर्भनर पुरुषोत्तम भक्त प्रधानाङले उद्घाटन गर्दै समुदायमा लायन्सको योगदानबारे प्रकाश पारे । समुदायमा महिला शसक्तिकरणको अभियान चलाउनु आजको आवश्यकता भएको भन्दै यसमा लायन्स निरन्तर लागेको उनले बताए । लायन्सबाट विभिन्न पेशागत क्षेत्रमा अग्रसर महिलाहरुलाई निम्त्याएर गरिएको कार्यक्रमबाट एक अर्कामा अनुभव सुन्ने वातावरण सृजना गरेको उनले बताए ।
कार्यक्रममा लुम्बिनी प्रादेशिक अस्पतालका वरिष्ठ प्रसुतीरोग विशेषज्ञ डा अनुपा थापाले सहजिकरण गर्दै महिला स्वस्थ्य र सचेतनाका बारेमा बताउदै विभिन्न जटिल रोगहरुको लक्षण समयमा नेै पहिचान गर्न सके ठूलो क्षतिबाट बच्न सकिने बताईन ।
कार्यक्रममा क्लबका अध्यक्ष ताराकुमारी श्रेष्ठले वार्षिक कार्ययोजना अनुसार समुदायमा विविध रचनात्मक कार्यक्रम गर्दै आएको बताईन ।
कार्यक्रममा प्रथम भिडिजी बालाराम भट्टराई, डिष्ट्रिक सल्लाहकार खिम बहादुर हमाल, क्लबका सचिव सृजना ओझा, कार्यक्रममा संयोजक सुविधा सैजुले यस क्षेत्रमा लायन्स क्लबको योगदान र आगामी कार्यक्रमबारे प्रकाश पारे ।