ट्रेंडिंग:

>> मुक्त कमलरीहरु अधिकारका लागि एकजुट हुनुपर्ने >> औद्योगिक प्रदर्शनीको सुरक्षामा विशेष ध्यान दिन सरोकारवालाको आग्रह >> घरआँगनमै स्वास्थ्य सेवा : नरैनापुरमा बदलिँदै स्वास्थ्य चेतना >> मधेसमा दुई मन्त्री थपिए, मन्त्रिपरिषद् ६ सदस्यीय (सूचीसहित) >> एमाले महाधिवेशन : उम्मेदवारी दर्ताको समय सकियो >> सरकारसँग वार्ता गर्न दुर्गा प्रसाईंले बनाए वार्ता समिति >> ओलीको प्रस्तावकमा रामबहादुर ‘बादल’, समर्थक विष्णु पौडेल >> यू–१९ एशिया कपमा नेपाल लगातार दोस्रो खेलमा पराजित >> ४ महिनामा ६ खर्ब ८७ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३० खर्ब ५५ अर्ब नाघ्यो >> यी हुन् ईश्वर पोखरेलको टिमका समावेश पदाधिकारी >> ओलीको उम्मेदवार सूचीमा विद्या भट्टराईको नाम छैन >> नेपालगन्ज उपमहानगरपालिकाले अवैध अटो रिक्सा नियन्त्रणमा लिँदै >> एमाले अध्यक्षको उम्मेदवारी दर्ता शुल्क १५ हजार, पदाधिकारीको १० हजार >> भिजिट भिसा प्रकरणमा अनुसन्धानपछि म्याग्दीका सीडीओ तिवारी फिर्ता बोलाइए >> यू–१९ एसिया कप : नेपाल १ सय ३० रनमा अलआउट >> ओली समूहमा असन्तुष्टिपछि लेखराज भट्ट उपमहासचिव उम्मदेवार बन्ने तय >> पार्टीलाई ठीक ढंगले चलाउन अध्यक्षमा उम्मेदवारी दिएको हुँ : ईश्वर पोखरेल >> ओली पक्षबाट केन्द्रीय सदस्यको उम्मेदवारको सूचीमा डंगोलको नाम >> मधेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदै >> उपाध्यायको निधनमा भोलि पार्टी कार्यालय बन्द गर्ने कांग्रेसको निर्णय >> रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु >> मैले गल्ती गरेँ, साथ दिनुस् भन्दै हिँडेकी छु : रामकुमारी झाँक्री >> एक दर्जनभन्दा बढी बैंकले घटाए ब्याजदर >> एमाले महाधिवेशनको मेन्युमा ब्रेड, फलफूल र मासुभात >> ओली समूहले पनि टुंग्यायो पदाधिकारीको नाम >> एमाले महाधिवेशन : ३०१ पदका लागि १४ सयभन्दा बढी फारम वितरण >> सरकार निर्वाचन गराउन दृढ भएर लागेको छ : गृहमन्त्री अर्याल >> एमाले महाधिवेशनको चुनावी प्रक्रिया सुरु >> सुनको मूल्य तोलामा २ लाख ६० हजार पुग्यो >> निर्वाचन क्षेत्र सार्ने बहसमा विष्णु पौडेलः रणनीति कि बाध्यता ? >> बढ्दै सामाजिक सञ्जालको दुरुपयोग  >> हुलाकी सडक आयो, सीमा खुलेन  >> स्थानीय तहमा ‘पेस्की आतङ्क’ अध्यक्षकै मनोमानी, अन्यायमा कर्मचारी >> चौथो आशिष् कप ब्याडमिन्टन हुने  >> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित

केपी ओलीलाई मोरङमा धक्का, विद्या भण्डारीको जितमा विनोद ढकाल ‘नायक’

२४ फाल्गुन २०८१, शनिबार
२४ फाल्गुन २०८१, शनिबार

काठमाडौं।

नेकपा एमाले मोरङको राजनीतिमा तरंग आएको छ। एमाले मोरङमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीनिकट समूहले जित हासिल गरेको छ।भर्खरै आएको चुनावी परिणाम अनुसार मोरङमा भण्डारीनिकट अजम्बर राई जिल्ला अध्यक्षमा निर्वाचित भएका छन्।  राईसहित प्रमुख पदमा भण्डारीनिकटले जित हासिल गरेको छ।राईले ओलीनिकट राजकुमार ओझालाई ३९ मतले पराजित गरेका छन्। उपाध्यक्षमा भण्डारीनिकट सागर थापा विजयी भएका छन्। सचिवमा भण्डारीनिकट सन्तोष वान्तवा विजयी भएका छन्।उपसचिव पदमा विराटनगर महानगरपालिकाकी उपमेयरलाई पराजित गर्दै भण्डारीनिकट उषा झा निर्वाचित भएकी छन्। नेकपा एमाले मोरङमा सदियौंदेखि ओलीको बर्चस्व थियो। तर अहिले मोरङको राजनीतिमा ओली समूह पराजित भएको छ।कुनै बेला ओली समूहमा रहेका मोरङका प्रभावशाली नेता विनोद ढकालले उक्त समूह छोडेसँगै त्यहाँको राजनीतिमा नयाँ परिस्थिति देखिएको छ।पूर्वराष्ट्रपति भण्डारी पुन: राजनीतिमा आएसँगै मोरङमा ओलीको बर्चस्व धानेका नेता ढकालले ओली समूह त्यागेका थिए।

मोरङको एमाले राजनीतिमा ढकाल जुन दिशामा जान्छन्, त्यसैले मोरङको राजनीति सम्हालेको इतिहास छ। एमालेबाट छुट्टिएर समाजवादीमा गएका महेश रेग्मी एक पटक एमालेको मोरङ अध्यक्ष भएका थिए।   ओलीलाई मोरङ एमालेको अधिवेशनमा प्रमुख अतिथिको रुपमा डाकिएको थियो। तर, आफ्नो टिम पराजित हुने संकेत देखिएपछि उनी अधिवेशनमा गएनन्। उनले उपाध्यक्ष रामबहादुर थापालाई पठाए। थापाले अध्यक्ष ओलीको सन्देश सुनाउँदै पार्टीको आन्तरिक निर्वाचनमा चुनाव नगराउने ओलीको सन्देश बाचन गरेका थिए। तर, त्यसविपरीत एमाले मोरङमा दुई समूहले चुनावी प्रतिस्पर्धा गरेका थिए।ओलीले पार्टीको आन्तरिक निर्वाचनमा प्रतिस्पर्धा नगराउन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की तथा राज्य निकायहरूको भरपुर प्रयोग गरेका थिए। तर, एमालेको आन्तरिक राजनीतिक प्रतिस्पर्धामा प्रधानमन्त्री ओलीको कुनै जोड चलेन।

उपाध्यक्षमा सागर थापा ४ सय २२ मत ल्याएर निर्वाचित भए। उनका प्रतिस्पर्धी शान्ति लिम्बू भुजेलले ३ सय ९१ मत मात्रै पाइन्। थापा विराटनगर र लिम्बू केराबारीका बासिन्दा हुन्।त्यस्तै, सचिवमा सोमराज थापा विजयी भएका छन्। थापाले ४ सय ६१ मत ल्याउँदा उनका प्रतिस्पर्धी रविन थापा ३ सय ६८ मतमा सीमित भए।उपसचिवमा भारी मतका साथ सन्तोष वान्तवा निर्वाचित भए। उनले ४ सय ९० मत ल्याए। वान्तवाका प्रतिस्पर्धी इर्जालाल राजवंशीले ३ सय ११ मत मात्रै ल्याए।महिला उपसचिवमा उषा झा निर्वाचित भइन्। उनले ४ सय १८ मत ल्याउँदा प्रतिस्पर्धी शिल्पा निराला कार्कीले ४ सय ५ मत पाइन्।एमाले मोरङको अधिवेशन फागुन १७ गतेदेखि विराटनगरमा सुरु भएको थियो। प्रमुख निर्वाचन अधिकृत सुरेशलाल श्रेष्ठका अनुसार जिल्ला अधिवेशनमा ८ सय ८८ मत खसेको थियो। ९ सय ११ जना प्रतिनिधिमध्ये २३ जना अनुपस्थित भएको श्रेष्ठले बताए।पार्टीको जिल्ला नेतृत्व चयनका लागि बुधबार मतदान भएको थियो। बिहीबार दिउँसोबाट पार्टी कार्यालय पाञ्चालीमा सुरू भएको पदाधिकारीतर्फको मतगणना शुक्रबार साँझ सकिएको छ।

पदाधिकारीतर्फको मतगणना मात्रै सकिएको छ, सदस्यहरुको मतगणना जारी छ। सदस्यहरूको मतगणना शनिबार बिहानसम्ममा सम्पन्न गर्ने तयारी छ। एमाले मोरङमा पाँच पदाधिकारीसहित जिल्ला कमिटी १ सय ६५ सदस्यीय हुने छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?