Butwal Today

बृहत् रक्तदानमा १५० जनाले गरे रक्तदान

२४ फाल्गुन २०८१, शनिबार
अ+
अ-

बुटवल, २४ फागुन ।
११५ औ नारी दिवसको अवसरमा बुटवलका दुई दर्जन संघसंस्थाहरुको आयोजनामा वृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ । बुटवल उपमहानगरपालिका परिसरमा बृहत् रक्तदान कार्यक्रम गरिएको हो ।

नेपाल स्वयंसेवी रक्तदाता संघ रुपन्देही शाखाको अगुवाईमा २२ वटा सामाजिक संघसंस्थाहरुको सहकार्य तथा रक्त संचार केन्द्र बुटवलको प्राविधिक सहयोगमा पालिका कार्यालय परिसर भएको रक्तदान कार्यक्रममा रक्तदाताहरुलाई नगरप्रमुख खेलराज पाण्डेय, उपमेयर सावित्रीदेवि अर्याल, बुटवल उद्योग वाणिज्य संघका उपाध्यक्ष बिमलराज भट्टराईले प्रमाणपत्र वितरण गरे । खुला रुपमा गरिएको कार्यक्रममा बृहत् सहभागिता रहेको संयोजक जानकी नेपालले बताईन ।

यसैगरि केन्द्रमा नेपाल स्वयंसेवी रक्तदाता संघ रुपन्देही शाखाको १४४ औ नियमित रक्तदान कार्यक्रम समेत शनिबार सम्पन्न भएको छ । दुबै स्थानमा गरि १५० युनिट रगत संकलन भएको संयोजक भगवती अर्यालले बताईन ।