ट्रेंडिंग:

>> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु

हवेली दरवार भरतपुरमा दिनभर भीड

२३ फाल्गुन २०८१, शुक्रबार
२३ फाल्गुन २०८१, शुक्रबार

भरतपुर ।

दिनमा प्रायः सुनसान रहन्छ भतरपुर महानगरपालिकास्थित लेक ट्वाटी थाउजेन्ड फार्म एण्ड रिसोर्ट (एलटीके) हवेली दरवार चम्पानगर । तर शुक्रबार भने रौनक फरक बन्यो । दिनभरि यहाँं तनातन भीडले भरिभराउ रहे ।  यसो हुनुको कारण थियो भक्तपुरको विश्वकर्मा भैल प्याखं (नाच) देखाउनु । भक्तपुर नगरपालिका वडा नं ९ तौलाछेंस्थित भैल प्याखं दिनभर यहाँं ादेखाइएको थियो ।

विश्वकर्मा भैल प्याखं अन्तर्गत पाँंच वटा नाचहरु देखाइएका थिए । भैल प्याखं, लाखे प्याख, कवांचा प्याख, ख्या प्याखं र खिचा प्याखं देखाइएका हुन् । यी सवैलाई सामूहिक रुपमा भैल प्याखं भनिन्छ ।

यी सवै नाचहरुमा घटीमा दुईजनादेखि वढीमा १० जनासम्मको समूह रहेको छ । प्रत्येक कलाकारहरुले छुटाछुटै मुकुण्डो लगाई सामूहिक नाच प्रदर्शन गरेका हुन् । साथै आआफनो पहिरण लगाई उनीहरु नाचमा सहभागी भएका थिए । नाचमा बाजागाजा बजाउने पनि छुटै टोली रहेको थियो ।

प्रदर्शनका लागि भक्तपुरबाट ४९ जना कलाकार तथा बाजागाजाकर्मीहरु मुकुण्डो तथा बाजागाजासहित आवश्यक सामानहरु लिएर विहीबार नै भक्तपुरबाट चितवन पुगेका थिए ।

नाच हेर्नका लागि दिनभर चितवनबासीको भीड लागेको थियो । विशेष गरेर स्कुलका विद्यार्थीहरु नाच हेर्नका लागि पुगेका थिए । आयोजक एलटिके आर्ट्स् एण्ड स्पोट्र्स एकेडेमी (लासा) नेपालले जनाए अनुसार चितवनका झण्डै एक दर्जन स्कुलहरुका एक हजार विद्यार्थीलाई आमन्त्रण गरिएको थियो । उनीहरु सवैलाई प्रवेश निःशुल्क गरिएको थियो ।

महाआनन्द महोत्सव २०८१ नामाकरण गरिएको कार्यक्रममा विश्वकर्मा भैल प्याखं खल भक्तपुरको मौलिक बाजा, नृत्य र कलाकारहरुसँंगको महाआनन्द महोत्सव २०८१ नम दिइएको थियो । यस्तोखाले कार्यक्रम चितवनमा पहिलो पटक भएको आयोजकको भनाई छ ।

कार्यक्रमको उदघाटन नेपाल संगीत तथा नाट्य प्रतिष्ठानका कुलपति निशा शर्माले गरेकी थिइन् । आयोजक लासा नेपालकी अध्यक्ष सीता तामांग लोहनीका अनुसार यसअघि पनि रिसोर्टमा यस्तैयस्तै कार्यक्रम गरिएको भए पनि पूर्ण रुपमा नेवारी संस्कृतिबारेमा भएको यो नै पहिलो कार्यक्रम हो । कार्यक्रमपछि सहभागी विद्यार्थीलाई गाईजात्राको अवसरमा नाचिने घिन्तान्गिसी (लठी जुधाएर लेखिने नाच) सिकाउनुका साथै सामूहिक नाच पनि नाचिएको थियो ।

भक्तपुरको कला संस्कृतिलाई जर्गेना गर्दै भक्तपुरको नाचलाई देशभरि चिनाउने उद्देश्यले देशविदेशमा यो नाच देखाउँंदै आएको विश्वकर्मा भैल प्याखंका संयोजक विष्णुप्रसाद प्रजापतिले बताए ।

भैल प्याखंबारे इतिहास

भैल प्याखं (नाच) पौराणिक साँंस्कृतिक नाच हो । परापूर्वकालमा भादगाउँं (हालको भक्तपुर) मा भूतप्रेत, दैत्य, दानबहरुले अति नै जनताहरुलाई दुख दिने गर्दथ्यो । त्यसपछि जनताहरु राजाकहाँं विन्ती विसाउन पुगेछन् । त्यसपछि राजाले नामुद तान्त्रिकलाई बोलाई क्रोेधरुपी भैरब गण तयार गरी खड्ग समाउन लगाई विभिन्न ताल तथा मुद्रामा नाच सिकाई ती भूतप्रेत दैत्यलाई लखेटेर नास गरी त्यसको खुशियालीमा यो नाचको उत्पती भएको भन्ने जनश्रुती रहेको छ ।

यस भैल प्याखंमा मुल पात्र भैल हुने गर्दछ । यसमा भैल, महाकाली, बाराही, देवी, महालक्ष्मी एकएकजना गरी पाँंच जना, बेताल तीन जना, भुचा दुईजना गरी कुल १० जना रहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?