ट्रेंडिंग:

>> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल >> एनपीएल-२ : पोखरालाई हराउँदै काठमाण्डु प्लेअफमा, साहबले ह्याट्रिकसहित लिए ६ विकेट

राष्ट्रिय प्रसारण लाइनमा जोडियो भाडागाउँ

२३ फाल्गुन २०८१, शुक्रबार
२३ फाल्गुन २०८१, शुक्रबार

गुल्मी, २३ फागुन ।
गुल्मीको भाडागाउँमा राष्ट्रिय प्रसारण लाइनको विद्युतीय सेवा सुचारु भएको छ । उनायचौर सब–स्टेशनबाट भाडागाउँमा राष्ट्रिय प्रसारण लाइनको विद्युतीय सेवा सुचारु भएको हो । जिल्लाको सदरमुकाम तम्घास नजिकै रहेर पनि रेसुङ्गा नगरपालिका वडा –३ भाडागाउँमा हालसम्म राष्ट्रिय प्रसारण लाइनको विद्युतीय सेवा पुगेको थिएन ।
उनायचौर सब स्टेशनबाट एक कार्यक्रमका बीच रेसुङ्गा नगरपालिका प्रमुख खिलध्वज पन्थीले भाडागाउँ पुग्ने ११ केभी फिडरको उद्घघाटन गरेसँगै भाडागाउँमा अब राष्ट्रिय प्रसारण लाइनको विद्युत सेवा पुगेको नेपाल विद्युत् प्राधिकरण गुल्मी वितरण केन्द्रका निमित्त प्रमुख इन्जिनियर भरत पोखरेलले जानकारी दिएका छन । भाडागाउँका नागरिकले धेरै पहिलेदेखि गुनासो गरिरहेको र रेसुङ्गा नगर प्रमुखको पहलमा उनाय चौर सब–स्टेसनबाट नयाँ निस्किएको ११ केभी फिडरबाट विद्युतीय सेवा नयाँ रुट बनाएर उपलब्ध गराएको इन्जिनियर पोखरेलले बताए ।रेसुङ्गा नगरपालिका –३ का वडाध्यक्ष बाबुराम खत्रीले भाडागाउँमा आजसम्म विद्युतीय सेवामा निकै सास्ती खेप्नुपरेको औल्याए । उनले यस अघि सामुदायिक विद्युत मार्फत मुसिकोट र इस्मा हुँदै रेसुङ्गाको भाडागाउँमा आउने लाईनबाट त्यस क्षेत्रका नागरिकहरूले पटक पटक समस्या भोग्नु परेको बताए । अब उक्त समस्याको समाधान भएको भन्दै खत्रीले वडाका सबै नागरिकको तर्फबाट खुसी व्यक्त गरेका छन ।

कार्यक्रममा रेसुङ्गा नगरपालिका प्रमुख खिलध्वज पन्थीले भाडागाउँ र बेहोरेबासीले महिनामा १५ दिन मात्रै राम्रोसँग सेवा पाउने बाँकी दिन समस्या खेप्नुपरेको समस्यालाई बुझेर उक्त समस्याको समाधानका लागि राष्ट्रिय प्रसारण लाइनको विद्युतीय सेवासँग भाडागाउँलाई जोडिएको बताए । “विद्युतीय सेवा पूर्वाधार विकासमा महत्वपूर्ण छ”, नगरप्रमुख पन्थीले भने “विद्युत सेवालाई बाहिर राखेर समुन्नतिका आधार तय गर्न सकिँदैन । नगरपालिका प्रमुख पन्थीले अहिले विद्युतको क्षेत्रमा गुल्मीले निकै फड्को मारेको बताए ।गुल्मीको उनायचौरमा १३२ केभीको राष्ट्रिय प्रसारण लाइनको उनायचौर सब–स्टेसन निर्माण गरिएको छ । अब यसको सेवा गुल्मी, पाल्पा, अर्घाखाँची बाग्लुङसम्म पुग्ने बताइएको छ । सामुदायिक विद्युतीकरणमा निकै सास्ती खेपिरहेका त्यस क्षेत्रका नागरिकहरूलाई अब सधैंका लागि समस्या समाधान भएको स्थानीय चेतमान कुँवरले बताएका छन् ।गुल्मीको उनायचौरमा बनेको १३२ केभीको राष्ट्रिय प्रसारण लाइनको उनायचौर सब–स्टेसन बाट विद्युतीय सेवा सुचारु भएपछि समग्र गुल्मीमा प्राविधिक प्रक्रिया बाहेक कुनै पनिे विद्युतीय समस्या नहुने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?