Butwal Today

कालीकोटको थामकोटमा इन्फ्लुएन्जा जस्तो रुघाखोकीको प्रकोप

२३ फाल्गुन २०८१, शुक्रबार
अ+
अ-

कालीकोट।

खाँडाचक्र नगरपालिका २ थामकोटमा ईन्फ्लुन्जा जस्तै देखिने रुघाखोकी (ILI) को प्रकोप देखा परेको छ । स्वास्थ्य सेवा कार्यालय कालीकोटका अनुसार उक्त क्षेत्रबाट आउने बिरामीको चाँप बढेपछि स्वास्थ्य सेवा कार्यालय कालीकोट र खाँडाचक्र नगरपालिका स्वास्थ्य शाखाले चिकित्सक सहितको टोली परिचालन गरि प्रभाबित बिरामीहरुको स्वास्थ्य परिक्षण गरिए छ ।

बिरामी संख्या हेर्दा अवस्था सामान्य जस्तो नलागेपछि स्वास्थ्य सेवा कार्यालय कालीकोटबाट डाक्टर दर्शन प्रसाद पाण्डेको नेतृत्वमा गएको स्वास्थ्य कर्मिको टोलीले ८६ जना बिरामीको स्वास्थ्य अवस्था जाँच गरेको छ । जाँच गरिएका बिरामीहरु मध्य ४ जनामो उच्च ज्वरो र अन्यमा सामान्य रहेको खाँडाचक्र नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रबिन्द्र सेजुवालले बताउनु भयो । अन्य बस्तीहरुका नागरिकको समेत स्वास्थ्य अवस्था चेक जाँच गर्न प्रदेश अस्पताल ल्यापबाट चेक गर्ने सामान मगाएको बताइएको छ ।