© २०२३
बुटवल, २२ फागुन ।
महाबीर क्लव काठमाण्डौं रुपन्देहीको सैनामैनामा भैरहेको प्रथम सैनामैना गोल्डकप फुटवल प्रतियोगिताको सेमीफाईनलमा प्रवेश गरेको छ ।
सैनामैना फुटवल क्लवको आयोजनामा भैरहेको यो खेल अन्तरगत विहिबार भएको खेलमा हनामी विएफसी चितवनलाई २–० गोल अन्तरले पराजित गर्दै महाबीर क्लव सेमीफाईनल प्रवेश गरेको हो । महाबीरका तर्फबाट पहिलो र दोश्रो हाफमा भएको दुई गोल महाबीरका जर्सी नंं १७ का खेलाडी सुरज चौधरीले गरेका थिए ।
उनी विहिवारको खेलको म्यान अफ दि म्याच घोषित भए । खेलको पहिलो र दोश्रो हाफमा सुरुदेखि नै खेललाई आफ्नो नियन्त्रणमा लिएको महाबीरले एक दर्जन बढी अवसरलाई गोल गर्नबाट चुक्यो । उता हनामी बिएफसीको तर्फबाट दुईवटा राम्रा अवसर खेलाडीको मिस पासको कारण गोल पोष्ट चुम्नबाट चुक्यो ।
खेल प्रतियोगितामा १० टिमको सहभागिता रहेको छ । प्रतियोगितामा भोली शुक्रबारको खेल आयोजक मुर्गिया फुटवल क्लव र भारतको सिक्कीम क्लवबीच हुनेछ । प्रतियोगितामा पहिलो स्थान हासिल गर्ने टिमले नगद ७ लाख रुपैयाँ ट्रफी, मेडल र प्रमाणपत्र र दोश्रो स्थान हासिल गर्ने टिमले नगद ४ लाख रुपैयाँ ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिताको फाईनल फागुन २८ गते हुनेछ ।