Butwal Today

सडक दुर्घटनामा शान्ति स्कुलका परियारको मृत्यु

२२ फाल्गुन २०८१, बिहीबार
अ+
अ-

बुटवल, २२ फागुन ।

तिलोत्तमा १ नयाँमिल चोकमा कार र मोटरसाईकल ठोक्किदा एक विद्यार्थीको मृत्यु भएको छ ।

मणिग्रामस्थित शान्ति नमूना माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत विद्यार्थी १९ वर्षीय रोशन परियारको दुर्घटनामा मृत्यु भएको हो ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा न १ नयाँमिल जनसेवा चोकमा बिहीबार बिहान कार र मोटरसाईकल एक आपसमा ठोक्किएका थिए ।

मृत्यु हुने परियार गुल्मीको रुरु गाउँपालिका वडा नं. ३ घर भई हाल बुटवल ३ ट्राफिकचोक बस्दै आएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । परियारको उपचारका क्रममा मृत्यु भएको डिएसपी सुरज कार्कीले जानकारी दिए ।

कार्कीका अनुसार बुटवलबाट आउँदै गरेको लु ५६ प १९६१ नम्बरको मोटरसाइकल र मुख्य राजमार्गको पश्चिम लेनबाट पुर्वतर्फ बाटो काट्दै गरेको बा २० च १७५४ नम्बरको कार नयाँमिलस्थित जनसेवा क्लव अगाडि एक आपसमा ठोक्किएका थिए । कार तथा कार चालकलाई नियन्त्रणमा लिएर छानविन अगाडि बढाइएको प्रहरीले जनाएको छ । विद्यार्थीको सडक दुर्घटनामा परी निधन भएपछि विद्यालयले बिहीबार एक दिनका लागि शोकबिदा दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?