Butwal Today

दाङमा एक लाख बढी नगदसहित ११ जना जुवाडे पक्राउ 

२२ फाल्गुन २०८१, बिहीबार
अ+
अ-

दाङ ।

दाङको तुलसीपुरमा एक लाख बढी नगदसहित ११ जना जुवाडे पक्राउ परेका छन् । प्रहरीले तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ९ रामनगर टोलका कमल विकको घरमा जुवा खेलिरहेको अवस्थामा ११ जना जुवाडेलाई पक्राउ गरेको हो ।

पक्राउ परेका व्यक्तिको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन । ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक सुर्य रानाले बुधबार दिउँसो साढे चार बजेतिर १ लाख १६ हजार ८ सय नगदसहित ११ जना जुवाडे पक्राउ परेको जानकारी दिए । पक्राउ परेका व्यक्तिमाथि थप अनुसन्धान भइरहेको  जनाइएको छ ।