ट्रेंडिंग:

>> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी >> एनपीएलमा लिग चरणको अन्तिम खेल आज : जनकपुर र कर्णाली भिड्दै >> गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु >> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान

नदी दोहन नियन्त्रण गर

२२ फाल्गुन २०८१, बिहीबार
२२ फाल्गुन २०८१, बिहीबार

नदी दोहन गर्न पल्किएकाहरू फेरी एकपटक सल्बलाउन थालेको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जनाएको छ । रूपन्देहीका विभिन्न नदीका घाटबाट जेसीवी र ट्रयाक्टर, टिप्परसहित तस्करहरू पक्राउ पर्ने क्रम पनि बढेको छ । पछिल्लोपटक रूपन्देहीको अमुवा, मर्चवारी तथा बुटवल र तिलोत्तमाकै विभिन्न घाटबाट नदीजन्य पदार्थको दोहन गर्ने क्रम बढेको छ । हरेक बर्ष ठिक यही समयदेखि नै नदीजन्य पदार्थको चोरी निकासी गर्ने बढ्ने गरेको छ । यो हरेक बर्षको निरन्तरता हो र यो बर्षपनि यसले निरन्तरता पाएको छ । नदी दोहनका घटना नियन्त्रण गर्न स्थानीय पालिकाको ध्यान नगएको गुनासो आएको छ । नदी किनारका स्थानीय बासिन्दाहरूले रूपन्देहीका धेरै क्षेत्रबाट नदी दोहन भएको र पालिका तथा प्रशासनले नियन्त्रणमा ध्यान नदिएको गुनासो गर्दै आएका छन् । पछिल्लोपटक तिलोत्तमा, सियारी, मर्चवारी लगायतका स्थानबाट नदी दोहन भएको सार्वजनिक भएको छ । टिप्पर र जेसीवी दिउँसै नदीमा पसेर जथाभावी दोहन गर्दा समेत प्रशासन निष्कृय देखिनु चिन्ताको कुरा हो । नदीको रेखदेख गर्ने जिम्मा पाएकाहरूलाई धम्की दिएर नदीजन्य पदार्थको दोहन हुनु भनेको राज्यको ध्यान नपुगेको भन्दा अत्युक्ति हुँदैन । यस्तै प्रकृतिको घटना पश्चिम नवलपरासीको तुरिया खोलामा पनि दोहोरिएको छ तर स्थानीय निकाय पनि गैर जिम्मेवार बनेको छ । उसो त देशका धेरैजसो नदीहरूमा सरकारले ब्यापारीको मिलेमतोमा बालुवा, ढुंगा, गिट्टीजस्ता पदार्थ उत्खनन् गर्न दिई बाढी, पहिरो, भूक्षयजस्ता बिपत्तिलाई प्रश्रय दिइरहेको छ । विशेषगरी भित्री मधेश र तराई क्षेत्रमा नदीबाट यस्ता वस्तु निरन्तर निकालिएका छन् । केही व्यापारीको मिलेमतोमा नदीजन्य बस्तु भारतमा निकासी भैरहेको देखिएको छ । प्राकृतिक स्रोत–साधन दोहन गरी तस्कर मोटाउने खालका यस्ता काम कदापि स्वीकार्य हुनुहुन्न । खासगरी स्थानीय पालिकाहरूले यो बिषयमा गंभीरताका साथ ध्यान दिनुपर्ने हो तर जनप्रतिनिधिहरू समेत बेलाबखत यिनै तस्करहरूसंग मिलेर रजगज मच्चाईरहेको सुन्नुपर्ने अवस्था आउनु चिन्ताको कुरा हो ।
सरकारले नदीजन्य पदार्थ ठेक्का लगाउने न्यूतनतम कार्यविधि लागू गरेको छ । स्थानीय पालिकाहरूले नदीजन्य पदार्थको ठेक्का लगाउने अधिकार पाएका छन् । कतिपय पालिकाहरूले स्थानीय तहको आम्दानीको श्रोत बन्दै आएको नदीजन्य पदार्थको ठेक्का लगाएर आम्दानी समेत गर्दै आएका छन तर कतिपय पालिका भने ठेक्का नलगाई तस्कर मौलाउने कामलाई निरन्तरता दिने काम गरिरहेका छन् । त्यसो त राज्यका तर्फबाट चुरे संरक्षणका लागि भन्दै हरेक वर्ष योजनाहरू बनाउने गरिएको छ । हरेकजसो नदीबाट गिट्टी, बालुवा तथा ढुंगा उत्खनन् गरी प्राकृतिक स्रोत–साधन दोहन भएको कुरा बेलाबेलामा संसदमा उठेपछि सरकारले पनि नदी दोहन नियन्त्रणका लागि मातहतको निकायलाई ताकेता गरेको थियो । तर, अहिलेपनि दिनदहाडै नदी दोहन भैरहेको छ । पालिकाहरूले नदी दोहनका घटना नियन्त्रणमा चासो नदिएको घटनाहरूले पुष्टी गर्दै आएका छन् । गिट्टी, बालुवा, ढुंगाजस्ता पदार्थ चोरी गरि नदीबाट उत्खनन गर्न सरकारलाई राजस्वमा ठूलो नोक्सानी हुँदै आएको छ । यस बिषयमा सरकारको ध्यान जानुपर्दछ । पछिल्लोपटक रूपन्देहीमा भएको नदीजन्य पदार्थको दोहन नियन्त्रणका लागि स्थानीय पालिका र प्रहरी प्रशासनको गंभीर ध्यानाकर्षण होस् । होइन भने यसैगरी छुट दिदै जाने हो भने नदीजन्य पदार्थको दोहनले चुरेको बिनास नियन्त्रण गर्न असम्भव हुनेछ । अव प्रि मनसुनको समय सुरु हुन लागेको छ । तसर्थ खोला दोहनमा प्राथमिकता दिएर नदी तटीय क्षेत्रलाई जोखिममा नधकेलियोस् । यो बिषयमा संघीय सरकारका साथै प्रदेश सरकार र पालिकाहरूको ध्यान जाओस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?