© २०२३
काठमाडौँ ।
दक्षिण कोरियाली वायुसेनाले सैन्य अभ्यासका क्रममा एउटा लडाकु विमानले गल्तिले सर्वसाधारण माथि आठ बम खसालेको बताएको छ । घटनामा सात जना घाइते भएका छन्, जसमध्ये चार जना गम्भीर घाइते छन्।
दक्षिण कोरियाली वायुसेना केएफ—१६ विमानसँग सम्बन्धित घटना स्थानीय समय अनुसार बिहान उत्तर कोरियाली सीमा नजिकैको पोचियोन शहरमा भएको थियो । गल्तीले खसालिएका आठ बममध्ये एउटा मात्र बम विस्फोट भएको बिबिसीले उल्लेख गरेको छ ।
पोचियानका अधिकारीहरूले बम डिस्पोजल टोलीले अन्य सात बमहरूलाई सुरक्षित रूपमा नष्ट गर्न काम गरिरहेको बताएका छन् । बम खसेको क्षेत्र वरपर बस्ने मानिसहरूलाई सुरक्षित स्थानमा लगिएको बताइएको छ ।स्थानीय सञ्चारमाध्यमका अनुसार यस घटनामा दुई जनाको घाँटी र काँधमा भाँचिएको छ ।