Butwal Today

जनक भट्टराई एआईजीमा बढुवा

२२ फाल्गुन २०८१, बिहीबार
अ+
अ-

काठमाडौं ।

नेपाल प्रहरीका डीआईजी जनक भट्टराई एआईजीमा बढुवा भएका छन् । बुधबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले भट्टराईलाई एआईजी बढुवा गरेको हो ।यसअघि ११ फागुनको बढुवा सिफारिस समितिले भट्टराईलाई एआईजीका लागि सिफारिस गरेको थियो ।

बुधबारको मन्त्रिपरिषद् निर्णयबाट एआईजी बढुवा भएका भट्टराई आगामी ५ चैतमा अनिवार्य अवकाशमा जानेछन् । यसअघि एआईजी रहेका रवीन्द्र केसीलाई राजीनामा गराएर भट्टराईलाई एआईजीमा सिफारिस गरिएको थियो ।