ट्रेंडिंग:

>> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी >> एनपीएलमा लिग चरणको अन्तिम खेल आज : जनकपुर र कर्णाली भिड्दै >> गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु >> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा 

सैनामैना गोल्डकपः मोफसलकै ब्राण्ड बनोस्

२१ फाल्गुन २०८१, बुधबार
२१ फाल्गुन २०८१, बुधबार

रूपन्देहीको सैनामैना नगरपालिका मुुर्गियामा प्रथम सैनामैना गोल्डकप फुटवल प्रतियोगिता सुरु भएको छ । मोफसलमा त्यो पनि राज्यको ध्यान नपुगेको क्षेत्रमा राष्ट्रिय स्तरको फुटबल प्रतियोगिता आयोजना हुनु आफैमा गौरवको कुरा हो । युवाहरूले चाहे देश निर्माणमा विभिन्न तहबाट योगदान गर्न सक्छन भन्ने यो राम्रो उदाहरण हो । आयोजक मुर्गिया फुटवल क्लव युवाहरूको एउटा यस्तो राम्रो जमात हो जसले मोफसलमा यति ठूलो राष्ट्रियस्तरको प्रतियोगिता आयोजना गर्न सफलता हासिलमात्रै गरेको छैन, स्थानीय स्तरमै खेलाडी उत्पादन गर्ने आधार सिर्जना गरेको छ । सैनामैना गोल्डकप सैनामैनाको इतिहास, गरिमा र पहिचानसँग जोडिएको छ । सैनामैना गोल्डकप सैनामैनाको गौरव हो । अव यो प्रतियोगितालाई निरन्तरताको खाँचो छ । आयोजक मुर्गिया फुटवल क्लवका पदाधिकारी यो प्रतियोगिता आयोजना गरेर जति खुसी र उत्साहित छन, आगामी बर्षहरूमा पनि यो खेललाई निरन्तरता दिने संकल्प र प्रतिवद्धताको खाँचो छ । बुटवलको ५० बर्ष लामो इतिहास बोकेको तिलोत्तमा गोल्डकपले निरन्तरता पाउन नसकिरहेको अवस्थामा छिमेकी पालिकामा राष्ट्रियस्तरको प्रतियोगिता आयोजना हुनु वास्तवमै आयोजकको लागि गौरवको कुरा हो ।

अब यसको साख जोगाउनेतर्फ आयोजकले गौरवबोध गनैपर्दछ । सैनामैनाको पहिचान र इतिहास बचाईराख्न अव यो प्रतियोगिताको नियमितता महत्वपूर्ण कुरा हुनेछ । यस बिषयमा सैनामैना गोल्डकप फुटवल प्रतियोगिता आयोजना गर्ने मुर्गिया फुटवल क्लवको ध्यान जानु जरुरी छ । सैनामैना नगरपालिकाको संरक्षकत्वमा रहेको यो प्रतियोगिता अव सैनामैनाकै ब्राण्ड बन्नुपर्दछ । पछिल्लोसमय सैनामैना खेलमय बनिरहेको छ । करिव एक महिना अगाडी सैनामैनाकै कलौनीमा राष्ट्रियस्तरको भलिबल प्रतियोगिता सौहार्दपूर्णरूपमा सम्पन्न भएको छ । त्यसको एक महिना नबित्दै अर्को राष्ट्रिय खेल मुर्गियामा आयोजना हुनु चुनौतिकै कुरा थियो तर आयोजकले जुन हिम्मत र साहस जुटाएर यो प्रतियोगिता सम्पन्न गर्ने चुनौति जुटाएका छन, त्यसले सैनामैनाको अपार संभावना उजागर गरेको छ । यो भनिरहँदा सैनामैनाले गौरवबोध गर्नैपर्दछ । प्रतियोगिताले सैनामैनाको बढाउन महत्वपूर्ण सहयोग पु¥याएको छ । सैनामैना फुटवल क्लवले राष्ट्रिय फुटवल प्रतियोगिता आयोजना गरेको मात्रै छैन, खेलको माध्यमबाट यहाँको आर्थिक संभावनाको ढोका खोल्ने प्रयास गरेको छ । खेलकै माध्यमबाट सैनामैनाको सामिप्यता, भातृत्व र एकतालाई अझै घनिभूत वनाएको छ ।
यति महत्वपूर्ण प्रतियोगिता जसले सैनामैनाको गरिमा बोकेको छ, यसलाई निरन्तरता दिने कुरामा अब आयोजकको ध्यान जानैपर्दछ । यो प्रतियोगिताको संरक्षक सैनामैना नगरपालिकाले पनि यसको निरन्तरताको बिषयमा चासो दिनु जरुरी छ । गोल्डकप अखिल नेपाल फुटबल संघ (एन्फा) को क्यालेन्डरमा समावेश गरी यसलाई सैनामैनाको बार्षिक क्यालेण्डरमा समावेश गर्नेतर्फ सैनामैनाका जनप्रतिनिधिको ध्यान जाओस् ।

अब संरक्षक तथा अभिभावकको रूपमा सैनामैना नगरपालिकाले यसको सञ्चालन तथा निरन्तरतामा पहलकदमी लिनुपर्दछ । प्रतियोगिता सञ्चालन गर्न निश्चितरूपमा ठूलो धनराशी खर्च हुन्छ तर नगरपालिका, यहाँका राजनैतिक दल, संघ संस्थाले चासो र तदारुकता लिएमा असम्भव भन्ने छैन । त्यसका लागि दृढ इच्छाशक्ति आवश्यक पर्दछ । प्रतियोगिता आयोजनामा यो बर्ष ६० देखि ६५ लाख खर्च हुँदैछ । प्रतियोगिताको लागि स्थायी श्रोत नभएको अवस्थामा आयोजकका लागि यतिधेरै रकम जुटाउनु चुनौतिकै कुरा हो तर प्रतियोगिता गर्ने दृढता हुने हो भने सम्भव छ भन्ने कुरा यो प्रतियोगिता साक्षी बनेको छ । सैनामैनालाई खेल क्षेत्रको हबको रूपमा विकास गर्ने यो एउटा महत्वपूर्ण अभियानको नेतृत्व जसरी मुर्गिया फुटवल क्लवले गरेको छ, आगामी दिनमा यसलाई निरन्तरता दिनेतर्फ क्लवको ध्यान जानु जरुरी छ । क्लवले प्रतियोगिता आयोजनासंगै स्थानीयस्तरमा खेलाडी उत्पादन गर्ने जुन सपना बोकेको छ, त्यो लक्ष्य पूरा हुने कुरामा आशंका गरिरहनु पर्दैन् । तसर्थ अवको दिनमा जसरी फुटवलको महाकुम्भ गरेर सैनामैनालाई खेलमय वनाउन आयोजकलाई सफलता प्राप्त भएको छ, सैनामैनाको ब्राण्डको रूपमा यो प्रतियोगिताको पहिचान श्रीबृद्धिमा पनि सफलता मिलोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?