© 2026
बुटवल, २१ फागुन । गैडहवा गाउपालिकाका जनप्रतिनिधि र कर्मचारीहरूको लागि तनाव व्यवस्थापन तथा सकारात्मक सोच नेतृत्व विकास र सार्वजनिक खरिद प्रक्रिया सम्बन्धमा दुई दिने तालिम दिईएको छ । गैडहवा गाउँपालिकाको आयोजना र नेपाल विकास केन्द्रको सहजीकरणमा भएको कार्यक्रममा अन्तर्राष्ट्रिय प्रशिक्षकहरू डाक्टर विजय राज सिग्देल, रमन भट्टराई, ऋषि न्यौपाने, माधव सापकोटा, सरस्वती आचार्य र धुर्व नेपालले सहजिकरण गरेका थिए ।
गैंडाहवा गाउँपालिकाका अध्यक्ष सुरेन्द्र पौडेल, प्रमुख प्रशासकीय अधिकृत प्रसाद गौतम सहित विभागीय प्रमुख र ९ वटा वडाका वडा अध्यक्षहरूको सहभागिता रहेको तालिममा तनावबाट मुक्त बन्न र कामप्रति एकाग्र बन्न धेरै सिपहरु सिकाईएको थियो ।
तालिममा नेपाल विकास केन्द्रका अध्यक्ष माधव सापकोटा र संयोजक सरस्वती आचार्यद्वारा गाउँपालिका अध्यक्षलाई मायाको चिनो प्रदान गरिएको थियो भने प्रशिक्षकहरूलाई पनि हार्दिक आभार सहितको सप्रेम मायाको चिनो प्रदान गरिएको थियो ।