Butwal Today

चितवनमा वन्यजन्तु आक्रमणबाट ६ महिनामा १० जनाको मृत्यु, १४ जना घाइते

२१ फाल्गुन २०८१, बुधबार
अ+
अ-

चितवन, २१ फागुन ।

चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा वन्यजन्तुको आक्रमणमा यस वर्ष १० जनाको मृत्यु भएको छ। गैंडा, हात्ती र बाघको आक्रमणका कारण यो मानव जीवनको ठूलो क्षति भएको हो।

निकुञ्जका सूचना अधिकारी अविनास थापामगरका अनुसार, गैंडाको आक्रमणबाट ८ जनाको र हात्ती र बाघको आक्रमणबाट १/१ जनाको मृत्यु भएको हो। यस आर्थिक वर्षमा जङ्गली जनावरको आक्रमणबाट १४ जना घाइते भएका छन्। गैंडाको आक्रमणबाट १२ र हात्तीको आक्रमणबाट २ जना घाइते भएका छन्।

निकुञ्जले मृतकका परिवारलाई १० लाख रुपैयाँ राहत र घाइतेलाई उपचारका लागि २ लाख रुपैयाँसम्म सरकारी अस्पतालको खर्च बेहोर्ने व्यवस्था गरेको छ। अहिलेसम्म ९४ लाख ६१ हजार ९ सय ३१ रुपैयाँ राहतस्वरूप प्रदान गरिएको जानकारी प्राप्त भएको छ।सूचना अधिकारी थापामगरले भने, “मानव र वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरण गर्न अझै धेरै काम गर्नुपर्नेछ। यदि निकुञ्जभित्रको वन्यजन्तुको वासस्थानलाई व्यवस्थित गर्न सकेमा मात्र यस द्वन्द्वलाई कम गर्न सकिन्छ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?