Butwal Today

सुनको मुल्य ९०० ले बढ्यो, कति छ आज कारोबार मूल्य ?

२१ फाल्गुन २०८१, बुधबार
अ+
अ-

काठमाडौं, २१ फागुन ।
नेपाली बजारमा बुधबार सुनको भाउ तोलामा ९०० रुपैयाँले बढेको छ ।नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ९०० सय रुपैयाँले बढेर १ लाख ७० हजार ४०० रुपैयाँ कायम भएको छ । यसअघि मंगलबार छापावाल सुनको मूल्य १ लाख ६९ हजार ५०० रुपैयाँ कायम रहेको थियो ।

यता, आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढेर १९ सय ५० रुपैयाँ कायम भएको छ । यसअघि मंगलबार चाँदीको भाउ प्रतितोला १९ सय ४० रुपैयाँ कायम रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?