ट्रेंडिंग:

>> भदौ २३ को घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छ : गगन थापा >> निर्वाचन तयारीबारे आयोगले आज प्रधानमन्त्री र दलहरूसँग छलफल गर्दै >> डढेलो विरुद्ध पूर्व तयारीमा जुट्ने समय >> आज माइतीघरबाट ‘शान्तिपूर्ण आन्दोलन’ थाल्दै जेनजी मिराज ढुंगानाको समूह >> गण्डक नदी बलियो कि, ‘परक्यूपाइन’ कमजोर ? >> सिद्धबाबा सुरुङमार्गको काम ६५ प्रतिशत सकियो, मन्त्री घिसिङद्वारा छिटो सक्न निर्देशन >> निर्वाचन गराउने कुरामा खुट्टा नकमाऊ >> मानव–वन्यजन्तु द्वन्द्वले त्रासमा मान्छे र वन्यजन्तु  >> तेजपत्ता–दालचिनी चुरेका गाउँको प्रमुख आम्दानी >> तराईमा हुस्सु र कुहिरोको प्रभाव रहने >> रवि छुटेको दुई दिनपछि तीन करोड धरौटी बुझाएर छुटे छविलाल >> प्रधानमन्त्रीसँग लामिछानेको आग्रहः जेनजीसँगको सम्झौता कार्यान्वयन गरौँ, निर्वाचनमा दायाँबायाँ नगरौँ >> शिक्षा सुधार बहसः भौतिक संरचना र गुणस्तरमा जोड >> फोटो प्रदर्शनीमा अवलोकनकर्ताको चासो, स्वदेशी उद्योगका उत्पादनप्रति बढ्दै ध्यान >> जंगलबिचको स्वर्ग : बाह्रकुने दह >> पत्रकार महासंघ बाँकेमा ३० जनाद्वारा रक्तदान, शतक रक्तदाता जयसवाल सम्मानित >> विद्यार्थीको अध्ययनमा सहजता ल्याउन एनआईएमबी बैंकको जुत्ता–मोजा >> अज्ञात समूहद्वारा उपकुलपतिमाथि अभद्र व्यवहार >> प्रधानमन्त्रीलाई भेट्न रवि लामिछाने बालुवाटार जाँदै >> हुस्सु र शितलहरले बाँकेको जनजीवन प्रभावित >> विश्व ध्यान दिवसका अवसरमा नेपालगञ्जमा ध्यानको सन्देश >> कांग्रेसका शीर्ष बाहेकका ६५ निवर्तमान सांसदले गरे पुनर्स्थापनाको पक्षमा हस्ताक्षर >> कर्णाली प्रदेश अस्पतालमा साढे २५ लाख हिनामिना, तीन जना दोषी ठहर >> राष्ट्रपतिको सल्लाहकारबाट राजीनामा दिएका सुनिल थापा राष्ट्रियसभाका उम्मेदवार सिफारिस >> संसद् पुनर्स्थापनाबारे षड्यन्त्रको आँखा नचम्काइयोस् : रवि लामिछाने >> रुपन्देहीमा स्थानीयले ईशान हत्याको अनुसन्धान नपुग्दा प्रहरी कार्यालय घेराउ >> ट्याक्टर दुर्घटनामा चालकको मृत्यु >> रवि लामिछानेलाई पार्टी कार्यालयमा बाजागाजासहित स्वागत >> नेप्से परिसूचक २६ सयमुनि झर्‍यो >> रास्वपाको केन्द्रीय समिति बैठक बस्दै >> शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज : बाघ गणना आरम्भ हुन लाग्यो >> रास्वपाले गुण्डुमा शुरु गर्‍यो घरदैलो अभियान >> सम्झौतापछि पनि रिहा नभएकाले सुदनले गरे गृहमन्त्रीको मोबाइल नम्बर सार्वजनिक >> फेसबुक ‘मनिटाइजेसन’ नीतिमा ठूलो परिवर्तन, नेपाली क्रिएटरलाई कस्तो असर पर्ला ? >> जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने घोषणा >> लुम्बिनीमा प्रथम हिमालयन रिम क्षेत्रीय फिल्म प्रदर्शनी सम्पन्न >> राष्ट्रिय सभाबाट सरकारलाई प्रश्न : निर्वाचन तोकिएको समयमा सम्पन्न हुन्छ कि हुँदैन ? >> सरकारी कार्यालयमा हप्तामा एक–दुई दिन परम्परागत पोसाक लगाउन सकिन्छ : प्रधानमन्त्री >> सभामुख घिमिरेसँग चिनियाँ राजदूत छन सोङको बिदाइ भेट >> सुनको भाउ घट्यो, चाँदीको अहिलेसम्मकै उच्च >> ८ सीडीओ सरुवा, ४ दिनसम्म जिल्लामा नेतृत्वविहीन अवस्था >> मार्क इन्टरनेसनल कलेजमा खेलकुद सप्ताह सुरु >> सार्वजनिक कार्यक्रममा नागरिकले गरे सुशासन, पारदर्शिता र नैतिकतामाथि प्रश्न >>  कृषकलाई ५० प्रतिशत अनुदानमा पम्पसेट वितरण >> जनताको गुनासो सुन्नबाट तीन वर्षदेखि टाढिँदै इस्मा >> घर र धाराको जिआइएस प्रणालीबाट अनुगमन सुरु >> दाउन्नेको काम चाँडो सक्न मन्त्री घिसिङको निर्देशन  >> विश्व ध्यान दिवसको औचित्य >> नगरपालिकाद्वारा निःशुल्क दाउरा वितरण >> बँदिया भाले: आम्दानीको स्रोत

नेपालका लागि म्यानमारका राजदूतद्वारा लुम्बिनी प्रदेशका मुख्यमन्त्रीसँग शिष्टाचार भेट

२१ फाल्गुन २०८१, बुधबार
२१ फाल्गुन २०८१, बुधबार

लमही ,२१ फागुन ।

नेपालका लागि म्यान्मारका राजदूत उ म्यो म्यिन्ट माउङले बुधबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यसँग शिष्टाचार भेट गरेका छन। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राप्ती उपत्यका ९देउखुरी०मा भएको उक्त भेटमा दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने, आपसी सहयोग आदानप्रदान गर्ने तथा सहकार्य विस्तार गर्ने विषयमा छलफल भयो।

मुख्यमन्त्री आचार्यले नेपाल–म्यान्मार विकास साझेदारीलाई मजबुत बनाउँदै दातृ निकायहरूसँग सहकार्य गरेर प्रदेशलाई समृद्ध बनाउन पहल भइरहेको जानकारी दिए। लुम्बिनी प्रदेशमा कृषि, पर्यटन, मौलिक कला तथा संस्कृतिको समृद्धि रहेको उल्लेख गर्दै उनले यी क्षेत्रहरूको प्रवर्द्धन तथा विकासका लागि म्यान्मार सरकार तथा सम्बन्धित साझेदारहरूसँग सहकार्य गर्ने अपेक्षा व्यक्त गरे।

मुख्यमन्त्री आचार्यले नेपाल र म्यान्मारबीच ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा व्यापारिक सम्बन्ध रहेको बताउँदै म्यान्मार सरकारले लुम्बिनीमा चैत्य निर्माण गरी पु¥याएको योगदानप्रति आभार व्यक्त गरे। ‘नेपाल र म्यान्मारबीच धेरै आर्थिक, सामाजिक तथा सांस्कृतिक समानताहरू रहेका छन्, जसका आधारमा दुवै देशबीच विभिन्न क्षेत्रहरूमा सहकार्य प्रवर्द्धन गर्न सकिन्छ,’ उनले भन्नुभयो। ‘विशेष गरी, म्यान्मारका बौद्ध धर्मावलम्बीहरूलाई लुम्बिनीमा सहज रूपमा आउन प्रेरित गर्न तथा दुवै देशबीच व्यापार र आर्थिक गतिविधि वृद्धि गर्न हवाई सम्पर्क स्थापना गर्नु आवश्यक छ।’

नेपाल र म्यान्मारबीच १९६० को मार्च १९ मा औपचारिक कूटनीतिक सम्बन्ध स्थापना भएपछि आपसी मित्रता र सहकार्य निरन्तर सुदृढ हुँदै आएको छ। बौद्ध धर्मावलम्बी बहुल राष्ट्र म्यान्मार र गौतम बुद्धको जन्मस्थल नेपालबीच धार्मिक, सांस्कृतिक तथा व्यापारिक सम्बन्ध गहिरो रहेको छ।

भेटमा कृषि, खाद्य सुरक्षा, पर्यटन र सांस्कृतिक क्षेत्रमा आपसी सहयोग विस्तार गर्ने पर्याप्त अवसरहरूबारे छलफल भयो। मुख्यमन्त्री आचार्यले कृषि तथा पर्यटन क्षेत्रमा अध्ययन र अनुसन्धान साझेदारी गर्दै दुवै देशलाई लाभान्वित गर्न सकिने बताए।

राजदूत उ म्यो म्यिन्ट माउङले नेपाल र म्यान्मार सांस्कृतिक तथा धार्मिक सम्बन्धले जोडिएको उल्लेख गर्दै जनस्तरमा समेत सम्बन्ध विस्तार गर्न सकिने धारणा राखे। उनले गौतम बुद्धको जन्मस्थल लुम्बिनीले नेपाल–म्यान्मार सम्बन्धलाई अझ प्रगाढ बनाउने विश्वास व्यक्त गरे। साथै, म्यान्मार सरकार लुम्बिनी प्रदेश सरकारसँग साझेदारी गर्न इच्छुक रहेको जानकारी गराए।

भेटको क्रममा मुख्यमन्त्री आचार्यले लुम्बिनीको पहिचानस्वरूप ‘ढाका टोपी’ राजदूत म्यिन्ट माउङ र उहाँको कार्यदलका सदस्यहरूलाई लगाइदिनुभयो भने गौतम बुद्धको मूर्ति समेत हस्तान्तरण गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?