ट्रेंडिंग:

>> चिसोका बाबजुद औद्योगिक प्रदर्शनीमा अवलोकनकर्ताको भीड >> भलिवल र कबड्डीका सेमिफाइनल खेल सकिए >> जेलबाट छुटेपछि रविले भने- मेरो न्यायको लडाइँ बाँकी नै छ >> अदालतमा पौने ४ करोड बुझाएसँगै रिहा भए रवि >> धानखोला–लमही सडक चार लेनमा स्तरोन्नतिको माग  >> रास्वपाका सभापति रवि लामिछाने तत्काल पार्टीको मूल जिम्मेवारीमा फर्कने >> महामन्त्री गगन थापा ६ स्थानबाट प्रतिनिधिसभा उम्मेदवार सिफारिस >> १ सय ३४ बालबालिकाको निःशुल्क आँखा परीक्षण  >> रास्वपाको सङ्घीय नेतृत्व मञ्चमा १७ जना मनोनीत (सूचीसहित) >> एमालेले केन्द्रीय कमिटीबाट बिदा भएकालाई समेटेर सल्लाहकार परिषद् गठन गर्ने >> एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक पुस २७ देखि २९ सम्म बस्ने >> अमेरिकाले ७५ नेपालीलाई फेरि डिपोर्ट गर्‍यो >> रुपन्देहीमा १७ वर्षीय किशोरको हत्या, नालीमा शव फेला >> एएफसीद्वारा एन्फालाई २ हजार अमेरिकी डलर जरिवाना >> के पी ओलीले भने – एमाले राष्ट्रिय झन्डा ओढेर सिंहदरबार जलाउने पार्टी होइन >> चितवन पुगे रवि लामिछाने >> हुस्सु र घट्दो दृश्यताका कारण आधा दर्जन विमानस्थल बन्द >> ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो >> मेडिकल काउन्सिलको निर्वाचन : लुम्बिनी प्रादेशिक अस्पतालमा मतदान जारी >> उपमहासचिव पदमा पराजित रिमालले भने– मेरो हार स्वाभाविक हो >> रवि लामिछाने सवार जहाज काठमाडौँबाट भरतपुरतर्फ उड्यो >> जिप ठक्करमा ५ वर्षीय बालकको मृत्यु, मोटरसाइकल दुर्घटनामा वृद्धको ज्यान गयो >> खुला प्रतियोगिताबाट सशस्त्र प्रहरीमा विभिन्न पदमा भर्ना खुला >> जेनजी आन्दोलनका घाइतेलाई मासिक निर्वाह भत्ता, अति गम्भीरलाई १८ हजार >> सुन मूल्य तोलामा २ हजार रुपैयाँले घट्यो >> मौसमका कारण उडान प्रभावित, रवि लामिछाने भरतपुरसम्म जहाज र त्यसपछि गाडीमा आउँदै >> केपी ओली निकट नेता टीकाराम पुरीले छाडे एमाले >> चिकित्सकीय कमजोरी स्वीकार्दै भेरी अस्पतालले माग्यो माफी >> जेलबाट छुटे लगत्तै रवि चितवन जाने, २४ कोठीमा विशेष सम्बोधन >> हिसानको खेल सप्ताह सुरु >> निःशुल्क शिक्षा कार्यान्वयन नगर्ने पालिका >> ‘प्रदर्शनीले बढाउँदै औद्योगिक जागरण’  >> इट्टा व्यवसायीद्वारा बोर्डको निर्णय उल्लङ्घन >> लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा आंशिक बदली >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दै >> रवि लामिछानेलाई आज रुपन्देही ल्याइने, अदालतमा उपस्थित गराएपछि मात्रै रिहा हुने >> पत्रकारितामा समान अनुभूतिको सिद्धान्त आत्मसात गर्नुपर्छः अध्यक्ष डा. आचार्य >> प्रलेस दाङको ३३ औं स्थापना दिवसमा साहित्यकार पुरस्कृत >> निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु होः अर्थमन्त्री खनाल >> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार सय शैया सञ्चालन गर्ने तयारी >> ओलीको चेतावनी- हामीमाथि हात हाले देश ठप्प पार्छौँ, सरकार ढाल्छौँ >> बुटवलमा प्रदेशस्तरीय फिडे चेस सुरु, प्रदेशका एक सय विद्यार्थीहरू सहभागी >> रवि लामिछाने रिहा भए पनि अदालतले अघि सा-यो यी ५ महत्वपूर्ण सर्त >> रवि लामिछाने धरौटीमा रिहा भएपछि रास्वपाको प्रतिक्रिया : राजनीतिक प्रतिशोध खारेज >> रविलाई रिहा गर्न आदेश >> नेप्से १० अंकले घट्यो, तर कारोबार बढ्यो >> सरकार र जेनजीबिचको सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता, शुक्रबार पेसी >> रवि र छविको मुद्दामा बहस सकियो >> अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारीको शपथ तयारी >> पृथ्वीसुब्बा गुरुङले पदाधिकारी चुनावमा जिते सबैभन्दा बढी मत

कांग्रेसले दियो देशभरका क्षेत्रीय सभापतिलाई प्रशिक्षण, प्रशिक्षणले नेतृत्वमा निखारता ल्याएको दाबी

२१ फाल्गुन २०८१, बुधबार
२१ फाल्गुन २०८१, बुधबार

भैरहवा, २१ फागुन ।
नेपाली कांग्रेसले देशभरी रहेका प्रतिनिधिसभा क्षेत्रीय सभापति तथा क्षेत्रीय प्रशिक्षण शाखा प्रमुखहरुलाई दिएको प्रशिक्षणले आफूहरुमा निखारता ल्याएको सहभागीहरुले बताएका छन् ।दुई दिनसम्म रुपन्देहीको भैरहवामा सञ्चालन गरिएको प्रशिक्षण कार्यक्रमले आफूहरुसहित पार्टीलाई नयाँ उर्जा प्रदान गरेको सहभागीहरुले प्रतिक्रिया दिएका छन् ।

उदयपुरका केस बहादुर मगरले प्रशिक्षण कार्यक्रमले आफुहरुलाई बल्ल नेता बनाएको प्रतिक्रिया दिए । ‘देशको नेता बन्न पहिला आफूबाट सुधार गर्नुपर्छ, आफु जुन पार्टीमा उभिएको छ सबैभन्दा पहिला त्यसको नीति र विधि मानेर आफू अनुशासित भएर हिंडियो भने मात्र पार्टीको सच्चा कार्यकर्ता बनिन्छ’ मगरले भने–कार्यक्रमले हाम्रो इच्छाशक्ति बढाएको छ । यसले हाम्रो जिल्ला र क्षेत्रमा गएर पार्टीका नीति र विधान अनुसार आफू संयमित भएर फेरी उठ्न सक्छौ भन्ने विश्वास जागेको छ ।’

त्यस्तै नुवाकोट क्षेत्र नम्बर १ का रामजी पौडेलले प्रशिक्षण कार्यक्रम अत्यन्तै उपलब्धीमूलक भएको बताए । ‘पार्टी सञ्चालनको सम्बन्धमा हामीले गर्नुपर्ने दैनिक काम देखि लिएर नयाँ आएको परिस्थिति, प्रविधिको प्रयोगदेखि राष्ट्रिय राजनीतिक मुद्दाहरुलाई जनस्तरका कसरी लैजान सक्छौं भन्ने सिकाई भएको छ ।’ उनले भने–‘पार्टी संयन्त्रलाई त्यसमा कसरी व्यवस्थित रुपमा परिचालित गर्न सक्छौं भन्ने कुराहरु गहन रुपमा छलफल भएको छ र प्रशिक्षणले हामीलाई बल्ल साँच्चिकै नेता बनेको महसुस बनाएको छ ।’

रुपन्देहीको देवदह नगरपालिकाका निवर्तमान नगरप्रमुख समेत रहेका कांग्रेस क्षेत्र नम्बर १ का सभापति हिरा बहादुर खत्रीले सबै पुस्तालाई मिलाएर लिएर जाने कार्यभार कांग्रेसले बोक्ने र यो प्रशिक्षणले मागदर्शन र सन्देश दिएको बताए । उनले कांग्रेस देश र जनता तथा राजनीतिक परिवर्तनका लागि धेरै संघर्ष गरेको पार्टी भएको बताए ।

त्यस्तै कांग्रेस रौतहट क्षेत्र नम्बर १ का सभापति श्रीराम यादवले प्रशिक्षणले आफ्नो जिम्मेवारी र अरुलाई दिइने जिम्मेवारीबारे विस्तृत रुपमा जानकारी भएको बताए । उनले राम्रो व्यवस्थापनसहित प्रशिक्षण कार्यक्रम सञ्चालन भएको भन्दै खुसी व्यक्त गरे ।
प्रशिक्षण कार्यक्रममा पार्टीसँग जोडिएका विषयहरु, पार्टीका महत्वपूर्ण कामहरु, २०४६ सालपछि कांग्रेस सरकारमा हुँदा गरेका नीतिगत सुधारका कामहरु, मुलुकको संविधान, संघीयताको कार्यान्वयन, नेपाली कांग्रेसको क्रियाशील सदस्यताको अभियान, पार्टी संगठनसँग जोडिएका विषयहरु र पार्टीको केन्द्र, प्रदेश, जिल्ला हुँदै निर्वाचन क्षेत्रहरुसँग जोडिएका अन्तरसम्बन्धका विषयहरुबारे प्रशिक्षण दिइएको कांग्रेस उपसभापति तथा केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख पूर्ण बहादुर खड्काले बताए ।

समसामायिक विषयवस्तुहरुसँग जोडिएका गरी विभिन्न ६ वटा विषयमा प्रस्तुतीकरण गरी छलफल गरिएको र यसलाई ७ वटा समूह विभाजन गरी सहभागीहरुले आफ्नो क्षेत्रको अनुभव, नेपाली कांग्रेस पार्टी सञ्चालनमा रहेका समस्या लगायतका बारे गहन छलफल गरी सुझाव प्रदान गरेका थिए ।

कांग्रेस केन्द्रिय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा भएको प्रशिक्षण कार्यक्रममा देशैभरीका प्रतिनिधिसभा अन्र्तगतका १३० जना क्षेत्रीय सभापति सोही संख्यामा क्षेत्रीय प्रशिक्षण शाखा प्रमुखहरु तथा एक वटा मात्र निर्वाचन क्षेत्र रहेका ३५ जिल्लाबाट प्रदेश सभा अन्र्तगतका क्षेत्रिय सभापति ७० जना गरी ३३० जनाको सहभागीता थियो ।

प्रशिक्षण कार्यक्रममा कांग्रेसका महामन्त्री गगन कुमार थापाले क्षेत्रीय कार्यसमितिहरुको काम कर्तव्य र अधिकारसहित पार्टीका संरचनाबारे सहजीकरण गरेका थिए । अर्का महामन्त्री विश्वप्रकाश शर्माले संगठन र समुन्नतिका लागि समय, संयम, सम्प्रेषण र सहकार्य तथा डा।जगदीश चन्द्र पोखरेलले लोकतान्त्रिक समाजवाद, नेपाली कांग्रेसको आर्थिक नीति र अभ्यासको विषयमा सहजीकरण गरेका थिए ।

सहभागीहरुले सरकार सञ्चालनमा विषयमा पनि कुराहरु उठाएका थिए । जसलाई कांग्रेसकातर्फबाट सरकारमा सहभागी उपप्रधान एवं शहरी विकास मन्त्री प्रकाशमान सिंह, परराष्ट्रमन्त्री आरजु राणा देउवा र गृहमन्त्री रमेश लेखकले जवाफ दिएका थिए ।कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजना तथा कांग्रेस रुपन्देही क्षेत्र नम्बर ३ क्षेत्रीय समिति, रुपन्देहीको आतिथ्यमा सम्पन्न भएको थियो । कार्यक्रममा वातावरणीय संरक्षणमा पनि योगदान गर्ने उद्देश्यले माला र खादाको प्रयोग नगरिएको क्षेत्रीय सभापति सुशील गुरुङले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?