ट्रेंडिंग:

>> अर्घाखाँची सिमेन्टको गुणस्तरमा गम्भीर त्रुटि >> उम्मेदवार सिफारिसमा ‘एकलौटी निर्णय’ : कांग्रेसभित्रै उर्लियो असन्तोष >> लोकसेवाले जोड्यो नाता : एउटै कार्यालयमा गुरु–चेलाको संगत >> कालिका कलेजको १२ औं वार्षिकोत्सव सम्पन्न >> नवलपरासी काङ्ग्रेसमा समीकरण फेरिने संकेत, चौधरीको नाम सिफारिस नगर्न सन्तुको अडान >> काठमाण्डु गोर्खाजलाई हराउँदै लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा प्रवेश >> मैले कुनै झोकमा उम्मेदवारी घोषणा गरेको छैन: ईश्वर पोखरेल >> काठमान्डु गोर्खा लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै >> सेयर बजार २६०६ अंकमा झर्‍यो >> विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्थामा संशोधन हुने : प्रधानमन्त्री कार्की >> भ्रष्टाचार अन्त्य र सुशासनका लागि सरकारको विशेष ध्यान छ : सञ्चारमन्त्री खरेल >> भन्सार विभाग र एजेन्टबिच सहमति, देशभरका भन्सार कार्यालय खुल्ने >> सहकारी सञ्चालकहरूलाई दोहोरो पद तत्काल छाड्न विभागको निर्देशन >> इन्डोनेसियाको जाकार्तामा कार्यालय भवनमा आगलागी, २२ जनाको मृत्यु >> एमाले राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरुको टुंगो लाग्यो >> सरकारले जेन–जी आन्दोलनको लक्ष्यअनुसार काम गरिरहेको छ : स्वास्थ्यमन्त्री गौतम >> आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्यो >> डीएसपी मधु नेपाल बहुविवाहको कसुरमा पक्राउ >> मनोज सिलवाल भन्छन्– ७८ दिन जिम्मेवार भएर काम गरेँ >> मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की >> राष्ट्रिय महाधिवेशनमा नीतिगत बहस गर्नु उपयुक्त होइन- प्रदीप ज्ञवाली >> हितेन्द्र भन्छन् – अबको साढे तीन वर्ष सरकारसँग मिलेर काम गर्छु >> आज पनि देशभरका भन्सार कार्यालय बन्द >> प्राधिकरण फर्किए हितेन्द्रदेव शाक्य >> काठमाडौं–४ बाट कांग्रेसका महामन्त्री गगन थापाको नाम एकल सिफारिस >> रुपन्देही-३ बाट बालकृष्ण खाँणको नाम सर्वसम्मत सिफारिस >> कांग्रेसको सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा >> अक्षय थारु बाख्रा गोठालो देखि ‘स्टेज स्टारसम्म’ >> ‘मानव अधिकार अझै चिन्ताजनक’  >> भन्सार एजेन्टद्वारा ‘पेन डाउन’ को घोषणा >> स्वास्थ्य बिमामा सुविधा भन्दा ‘सास्ती’ बढी >> अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू >> विशेष अदालतमा प्रदीप अधिकारीको बयान: पोखरा विमानस्थलको लागत बढाउन मेरो भूमिका छैन >> एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने >> नयाँ वर्षको स्वागत सहित जलजला समाज कतारको शुभकामना आदान–प्रदान  >> पेशा संकटमा परेपछि अश्वपालक महिलाहरू सिलाइ–कटाइतर्फ >> एक वर्षमा १७४ नयाँ कुष्ठरोगीः बाँके–बर्दियामा जोखिम अझै कायम >> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड

आशादेवीलाई पिडैपीडाः मृगौला समस्यामाथि क्यान्सर

२१ फाल्गुन २०८१, बुधबार
२१ फाल्गुन २०८१, बुधबार

गुल्मी, २१ फागुन ।
समाजमा एउटा उक्ति छ ‘‘जहाँ होँचो त्यँहि घोँचो’ यो उक्ति यतिबेला गुल्मी धुर्कोट गाउँपालिका –१ नयाँगाउँ मैदान निवासी ६५ बर्षीया आशादेवी दर्जीको जीवनसँग मेल खाएको छ । बिगत १५/२० बर्षदेखि उच्च रक्तचापको समस्या झेल्दै आएकी दर्जीले नियमित रूपमा औषधीको भरमा बसेकी थिईन । पछि उनलाई बिस्तारै खाना मिठो नहुने र हातखुट्टा सुन्निने समस्या देखिन थालेपछि गुल्मी अस्पताल तम्घासमा स्वास्थ्य परिक्षण गर्दा उनको दुवै मृगौला फेल भएको पत्ता लाग्यो ।

आर्थिक अवस्था अत्यन्तै कमजोर बनेकी आशादेवी ०७९ सालदेखि मृगौला पीडित छन् । मृगौला प्रत्यारोपणको संभावना थिएन् । गौतम बुद्ध सामुदायिक मुटु अस्पतालमा २ बर्षसम्म डाइलासिस गरिएको उनका छोरा राजुले बताए । पछिल्लो एक बर्षदेखि तम्घासमा तीनदिन शुक्रबार, आइतबार बुधबार डाइलासिस हुन्छ । पछि पायल्सको समस्या बल्झियो । ‘जहाँ होँचो त्यँहि घोँचो’ भन्ने नेपाली उखान जस्तै आशादेविलाई दुई महिनादेखि क्यान्सर समेत थपिएको छ । राजुले गाउँबाट आउ–जाउ सम्भव नभएपछि सदरमुकामै कोठा भाडामा लिएर आमालाई डाइलासिस गर्दै आएका छन् । ‘आमालाई अक्सिजन बिना राख्न सकिदैन, सातामा तीन दिन घरबाट अस्पताल पुग्न अप्ठ्यारो बन्यो,’ दर्जीले भने,‘कोठा भाडामा खोजेर अक्सिजनसहित उपचार गरिरहेको छु ।’ दलित विपन्न परिवारमा चोटमाथि चोट परिरहेको छ । राजुका दाजुको केही समय पहिले भारतमा मृत्यु भयो । बुबा बितेका आठ बर्ष भए । होटलमा काम गरेर परिवारको जोहो गरेका आफू आमाको कारण काममा फर्किन पाएनन् । जीवनभर कमाएको करिब २० लाख आमाको उपचारमा सकिएपछि ओठमुख सुकेको राजुले गुनासो गरे ।

अहिले पनि मासिक १५ देखि २० हजार आमाको उपचार खर्च छ । गाउँको बारीले ६ महिना खान पुग्दैन । आमालाई फर्काएर घर लैजान पनि राजुको मनले मान्दैन् । तर, उपचार र परिवार व्यवस्थापनको उपाय सवै बन्द हुँदै गए । ‘आमालाई रोगमाथि रोग बल्झिएपछि तातो दुध निल्नु न उकेल्नु भइरहेको छ । उपचार गर्ने उपायहरू सवै बन्द हुँदै गए,’ उनले भने,‘उपचारमा सम्पती सकिएपनि बचाउने आशा अझै मरिरहेको छैन ।’ उनले सबैसंग सहयोगको याचना गरे ।
आफ्नो कमाई आमाको उपचारमा सकेका राजुले बाँचुञ्जेल उपचार गर्नुपर्ने भएकाले औषधी किन्न पनि निकै समस्या परेको बताए । सहयोगको लागि लक्ष्मी सनराईज बैंकमा पीडित आशा देवी दर्जीको खाता नं ११२१३७५७४९२०५००१ मा सहयोग गर्न सकिने बताईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?