Butwal Today

विराट गोल्डकप सुरू : कोलकातालाई पराजित गर्दै मोरङको संघर्षपूर्ण जित

२० फाल्गुन २०८१, मंगलवार
अ+
अ-

विराटनगर ।

विराटनगरस्थित शहीद मैदानमा जारी रात्रिकालीन विराट गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा आयोजक मोरङले संघर्षपूर्ण जित निकालेको छ।सोमबार बेलुका राति भएको खेलमा भारतको साउथर्न समिति फुटबल क्लब कोलकातालाई ३-२ गोल अन्तरले पराजित गर्दै मोरङ अन्तिम आठमा प्रवेश गरेको हो।

खेलको ११औं मिनेटमा मोरङका अभिषेक गुरुङले गोल गर्दै टिमलाई अग्रता दिलाए।तर, त्यसको चार मिनेटमै कोलकाताका सुदिप्त हाल्डेनले बराबरी गोल फर्काए। ३८औं मिनेटमा कोलकाताका अनिमेसले हेडमार्फत् गोल गर्दै टिमलाई २-१ को अग्रता दिलाए।

मोरङ पहिलो हाफमा पछि परे पनि अतिरिक्त १२औं मिनेटमा दोर्जे तामाङले पेनाल्टीमार्फत गोल गर्दै खेललाई २-२ को बराबरीमा ल्याए।खेल सकिन एक मिनेट बाँकी रहँदा मोरङका मौसम लिम्बूले निर्णायक गोल गर्दै टिमलाई जित दिलाए। उत्कृष्ट प्रदर्शन गरेपछि उनलाई प्लेयर अफ द म्याच घोषित गरियो।

विराट गोल्डकपमा विजेता टिमलाई नगद ११ लाख रुपैयाँ र ट्रफी दिइनेछ भने उपविजेता टिमलाई नगद ५ लाख रुपैयाँ पुरस्कार रहनेछ।मंगलबार हुने खेलमा सुभेदा दिल्ली फुटबल क्लब र सशस्त्र प्रहरी बलबीच प्रतिस्पर्धा हुने छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?