ट्रेंडिंग:

>> किसानको माग सम्बोधनमा किन उदासीन ?  >> भूकम्पबाट १ हजार २ सय ११ घरमा क्षति  >> गृहिणीबाट सफल उद्यमी बनेकी सुस्मा >> पृथ्वीचन्द्र अस्पतालको अनियमितताबारे अख्तियारको चासो  >> प्लाइउड उद्योगमा किन गोदाम गरिन्छ युरिया मल ? >> ११ केन्द्रीय सदस्यसहित अनुशासन र लेखा आयोग पदाधिकारी निर्विरोध निर्वाचित >> एमाले महाधिवेशनमा आज मतदान, ओली-पोखरेल समूहबीच प्रतिस्पर्धा >> मुक्त कमलरीहरु अधिकारका लागि एकजुट हुनुपर्ने >> औद्योगिक प्रदर्शनीको सुरक्षामा विशेष ध्यान दिन सरोकारवालाको आग्रह >> घरआँगनमै स्वास्थ्य सेवा : नरैनापुरमा बदलिँदै स्वास्थ्य चेतना >> मधेसमा दुई मन्त्री थपिए, मन्त्रिपरिषद् ६ सदस्यीय (सूचीसहित) >> एमाले महाधिवेशन : उम्मेदवारी दर्ताको समय सकियो >> सरकारसँग वार्ता गर्न दुर्गा प्रसाईंले बनाए वार्ता समिति >> ओलीको प्रस्तावकमा रामबहादुर ‘बादल’, समर्थक विष्णु पौडेल >> यू–१९ एशिया कपमा नेपाल लगातार दोस्रो खेलमा पराजित >> ४ महिनामा ६ खर्ब ८७ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३० खर्ब ५५ अर्ब नाघ्यो >> यी हुन् ईश्वर पोखरेलको टिमका समावेश पदाधिकारी >> ओलीको उम्मेदवार सूचीमा विद्या भट्टराईको नाम छैन >> नेपालगन्ज उपमहानगरपालिकाले अवैध अटो रिक्सा नियन्त्रणमा लिँदै >> एमाले अध्यक्षको उम्मेदवारी दर्ता शुल्क १५ हजार, पदाधिकारीको १० हजार >> भिजिट भिसा प्रकरणमा अनुसन्धानपछि म्याग्दीका सीडीओ तिवारी फिर्ता बोलाइए >> यू–१९ एसिया कप : नेपाल १ सय ३० रनमा अलआउट >> ओली समूहमा असन्तुष्टिपछि लेखराज भट्ट उपमहासचिव उम्मदेवार बन्ने तय >> पार्टीलाई ठीक ढंगले चलाउन अध्यक्षमा उम्मेदवारी दिएको हुँ : ईश्वर पोखरेल >> ओली पक्षबाट केन्द्रीय सदस्यको उम्मेदवारको सूचीमा डंगोलको नाम >> मधेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदै >> उपाध्यायको निधनमा भोलि पार्टी कार्यालय बन्द गर्ने कांग्रेसको निर्णय >> रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु >> मैले गल्ती गरेँ, साथ दिनुस् भन्दै हिँडेकी छु : रामकुमारी झाँक्री >> एक दर्जनभन्दा बढी बैंकले घटाए ब्याजदर >> एमाले महाधिवेशनको मेन्युमा ब्रेड, फलफूल र मासुभात >> ओली समूहले पनि टुंग्यायो पदाधिकारीको नाम >> एमाले महाधिवेशन : ३०१ पदका लागि १४ सयभन्दा बढी फारम वितरण >> सरकार निर्वाचन गराउन दृढ भएर लागेको छ : गृहमन्त्री अर्याल >> एमाले महाधिवेशनको चुनावी प्रक्रिया सुरु >> सुनको मूल्य तोलामा २ लाख ६० हजार पुग्यो >> निर्वाचन क्षेत्र सार्ने बहसमा विष्णु पौडेलः रणनीति कि बाध्यता ? >> बढ्दै सामाजिक सञ्जालको दुरुपयोग  >> हुलाकी सडक आयो, सीमा खुलेन  >> स्थानीय तहमा ‘पेस्की आतङ्क’ अध्यक्षकै मनोमानी, अन्यायमा कर्मचारी >> चौथो आशिष् कप ब्याडमिन्टन हुने  >> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब

अध्यागमन कार्यालय देशको ऐना भएकाले, पर्यटकलाई राम्रो व्यवहार गर्न गृहमन्त्री लेखकको निर्देशन

२० फाल्गुन २०८१, मंगलवार
२० फाल्गुन २०८१, मंगलवार

रूपन्देही, २० फागुन ।

गृहमन्त्री रमेश लेखकले अध्यागमन कार्यालय देशको ऐना भएकाले पर्यटकलाई राम्रो व्यवहार गर्न कर्मचारीलाई निर्देशन दिएका छन्।रूपन्देही जिल्लाको अध्यागमन कार्यालय बेलहियाको उद्घाटन गर्दै गृहमन्त्री लेखकले अध्यागमन कार्यालय भनेको देशको ऐना भएको यहाँ काम गर्ने कर्मचारी सभ्य र मिलनसार हुनु पर्ने बताएका हुन्।

कर्मचारीले जस्तो व्यवहार पर्यटकले त्यसैगरी बुझ्छ। त्यसैले अध्यागमन कार्यालय देशकै ऐना हो। गृहमन्त्री लेखकले भने, “बोल्दा बिनम्र हुनुपर्छ। हाम्रा पर्यटक अतिथी हुन्, नेपालीलाई पनि, बिदेशीलाई पनि हामीले सेवा पुर्याउँदा दिक्क मान्न हुन्न। सभ्यता र विनम्रता पूर्वक ढंगले सेवा दिने हो। कागज नमिले रिसाएर होइन, विनम्रता पूर्वक सेवा दिनुपर्छ, हामी नागरिकका सेवक हौं। सेवाको भावनाले काम गर्नुपर्छ। रिसाउन गलत व्यवहार गर्न कसैलाई छुट छैन।”

अध्यागमन कार्यालयले पहिलो पर्यटकको स्वागत गर्दा राम्रो व्यवहार गर्न कर्मचारीलाई गृहमन्त्रीले निर्देशन समेत दिएका छन्। “तपाईंलाई हेरेर नेपाल बुझ्ने भएकाले राम्रो व्यवहार गर्नुहोस्, १ जनाले सुख पाए २० जनालाई राम्रो भन्छ, नराम्रो भने १ जनाले २० जनालाई नराम्रो प्रभाव पार्छ, त्यसैले पर्यटनको विकास गर्न पनि सबैलाई राम्रो र असल व्यवहार गरौं।” गृहमन्त्री लेखकले भने।

रूपन्देहीको बेलहिया नाका देशकै ठूलो नाका स्थापित भएको बताए। नेपालमा १३ ठाउंबाट बिदेश जाने नाका रहेका छन्। भारत तर्फका ती प्रायः कोरोनाको समयमा बन्द थिए, हाल सुरु भएका गृहमन्त्री रमेश लेखकले बताए। अहिले दक्षिण तिरका नाका सुरु भएका छन्। सबै भन्दा ठूलो नाका हो धार्मिक नाका समेत हो यसको सम्भावना छ। गृहमन्त्री लेखकले भने, “बुद्ध जन्म भूमि भएकाले धेरै मानिस आइरहनुभएको छ। बढी पर्यटक भित्र्याउँछौ। त्यसले मुलुकको आर्थिक विकासमा सहयोग गर्छ।”

अध्यागमन विभागका सहायक निर्देशक टिकाराम ढकालले हालसम्म अध्यागमन विभागले १३ करोड भन्दा बढी राजस्व संकलन गरेको बताउँदै त्रिभुवन विमान स्थल पछि बढी राजस्व संकलन गर्ने कार्यालय अध्यागमन कार्यालय बेलहिया भएको बताए।

सिद्धार्थनगर नगरपालिकाका मेयर इस्तियाक अहमद खांनले लुम्बिनी विकासले पुरै देशको विकास हुने बताए। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको दिल्ली दैनिक उडान भएमा यस क्षेत्रले र देशले नै आर्थिक र पर्यटन विकासले फड्को मार्ने बताए।
अध्यागमन कार्यालय बेलहियाको भूकम्प प्रतिरोधात्मक ६ तल्ले भवनको गृहमन्त्री लेखकले अनुगमन समेत गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?