© २०२३
काठमाडौँ ।
नेपाली कांग्रेसले बुधबार बस्ने संसद बैठकमा आफ्ना सांसदलाई अनिवार्य रूपमा उपस्थित हुन ह्वीप जारी गरेको छ।सत्तारुढ दलका प्रमुख सचेतक श्याम घिमिरेले संसदको बैठकमा सरकारद्वारा प्रस्तुत गरिएका अध्यादेशहरूको स्वीकृतिका लागि कांग्रेसका सांसदहरूको उपस्थिति अनिवार्य हुने बताउँदै ह्वीप जारी गरेका हुन्।
सरकारले जारी गरेका ६ अध्यादेशमध्ये भूमि सम्बन्धी अध्यादेश बाहेक अन्य ५ अध्यादेशलाई अघि बढाउन सत्तारुढ दलहरू बीच सहमति बनिसकेको छ।