© २०२३
बुटवल, २० फागुन ।
लायन्स क्लब अफ बुटवल स्टार्सले गुल्मीको एक विद्यालयलाई स्टेशनरी सामग्री र विद्यार्थीहरूलाई ड्रेस सहयोग गरेको छ। लायन्स ईन्टरनेशनलको ‘स्वार्थ भन्दा माथि सेवा’ भन्ने मुल नारासहित स्थापना भएको तथा ग्लोबल कज अन्तर्गत युथ शीर्षकमा क्लबले गुल्मीको धु्रर्कोट गाउँपालिका वडा नम्बर ३ हाडहाडेमा रहेको सोमर भोमर माध्यमिक विद्यालयमा स्टेशनरी २ सय विद्यार्थीहरूलाई स्कुल ड्रेस, स्वीटर र स्पोर्ट्स सामग्री सहयोग गरेको हो।
सोमबार एक कार्यक्रमको आयोजना गरी लायन्स क्लब अफ बुटवल स्टार्सका अध्यक्ष भुपेन्द्र अर्यालले गाउँपालिका अध्यक्ष भुपाल पोखरेल र वडा अध्यक्ष पदम बहादुर बिष्टलाई सामग्री हस्तान्तरण गरेका थिए।
कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष पोख्रेलले सामाजिक संस्था स्टार्सले समाजमा गरेका मानवीय सेवाका कार्य अनुकरणीय रहेको बताउँदै सहकार्य गरेर अघि बढ्न तयार रहेको बताए। स्टार्स क्लबले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेर प्रशंसनीय कार्य गरेकोमा धन्यवाद व्यक्त गरेका थिए। कार्यक्रमका लायन्स ईन्टरनेशनल ३२५ पी का जीएसटी कोऑर्डिनेटर आशिष कृष्ण श्रेष्ठले विगतबाट नै विकट क्षेत्रका विद्यालयहरूलाई सहयोग अभियान चलाउँदै आएको बताए। सानो सहयोगबाट विद्यार्थीहरूलाई पढाइमा हौसला मिल्ने उनले दाबी गरे।

क्लब अध्यक्ष अर्यालले न्यूनतम आवश्यकताको अभावमा विद्यालय जानबाट वञ्चित बालबालिकाको सहारा बनेको क्लबले विभिन्न स्थानमा न्यूनतम आवश्यकताको अभावमा विद्यालय जानबाट वञ्चित बालबालिकालाई विद्यालय पुग्ने वातावरण तयार गर्नुका साथै बाल अधिकार संरक्षण र प्रवर्धन तथा वातावरण संरक्षणमा समर्पित हुँदै विभिन्न कार्यक्रम गर्दै आएको बताए।
त्यस्तै, कार्यक्रममा निबर्तमान अध्यक्ष रिन्कु लिगल, सदस्य हरि पोखरेल केसी, वडा सदस्य चक्र सुन्दर काउचा, विद्यालय व्यवस्थापन समिती अध्यक्ष भुपेन्द्र बहादुर काउचा, प्रअ कृष्ण बहादुर काउचा लगायतले बोलेका थिए। संयोजक कमलेश कसौधले वार्षिक कार्ययोजना अनुरुप सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत ड्रेस तथा स्टेशनरी सामग्री वितरण गरिएको र विद्यालय तथा विद्यार्थीहरूलाई करिब रु २ लाख बराबरको सामग्री वितरण गरेको जानकारी दिए।
