Butwal Today

ढाला परिवर्तन गर्ने टिपरमाथि कडाइका साथ कारबाही,४२ वटा टिपर नियन्त्रणमा

२० फाल्गुन २०८१, मंगलवार
अ+
अ-

काठमाडौं, २० फागुन

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहा पथले स्वरूप र ढाला परिवर्तन गरेर सञ्चालन भइरहेका टिपरमाथि कडाइका साथ कारबाही सुरु गरेको छ।अभियान अन्तर्गत, १८ फागुनको रातिबाट ४२ वटा टिपरलाई नियन्त्रणमा लिइयो। ट्राफिक प्रहरी कार्यालयका एसएसपी विनोद घिमिरेका अनुसार, यी टिपरहरू नियम विपरीत चलाइरहेका थिए।

नियन्त्रणमा लिइएका टिपरमध्ये २७ वटा ढाला थपघट गरेर स्वरूप परिवर्तन गरेका, १० वटा ओभरलोड रहेका र ५ वटा कागजपत्र बिना चलाइएका थिए। ट्राफिक प्रहरीले अब यी टिपरहरूको ढाला हटाउने र ओभरलोड मिलाएर मात्र छाड्ने जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?