Butwal Today

कार्यव्यवस्था समितिको बैठक जारी

२० फाल्गुन २०८१, मंगलवार
अ+
अ-

काठमाडौँ ।

सभामुख देवराज घिमिरेले बोलाएको कार्यव्यवस्था समितिको बैठक जारी रहेको छ । सिंहदरबारस्थित कानुन समितिको हलमा जारी बैठकमा प्रतिनिधिसभाको बुधबारको बैठकका लागि कार्यसूची बारे छलफल भइरहेको छ ।

बुधबारको बैठकमा सरकारले यस अघि जारी गरेका पाँच अध्यादेश पेश गर्दै छ । सत्तारुढ दलकै विरोधका कारण सरकारले संसदको यस अधिवेशनको पहिलो बैठकबाटै स्वीकृत गराउने भनेका अध्यादेश अहिलेसम्म ल्याएको थिएन । सोमबार बसेको सत्ता पक्षका दलहरुको बैठकले भुमीसम्बन्धि अध्यादेश बाहेक अन्य अध्यादेश संसदबाट स्वीकृत गराउन सहमति गरेका थिए ।